• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस्
प्रदीप गिरि आइतबार, जेठ ४, २०७७  २१:४८
1140x725

सोह्रै आना यस्तै नभएपनि लगभग यस्तै सदनमा ३० वर्षदेखि बोल्दै आएको छु। राष्ट्रपतिको सन्देशका नाममा औपचारिक रुपमा पेस गरिएको यस्तो दस्तावेजमा सधैं बोलेको छु। तर, यसपटक जस्तो व्यर्थता र निरर्थताको अनुभूति कहिल्यै भएको थिएन।

२०३२ साल तिर कमरेड केपी शर्मा ओलीसँग भद्रगोल जेलमा देखादेख भएको थियो। गोलगरमा म थिएँ। नजिकबाट कुरा गर्न पनि गाह्रो थियो। कति वर्ष बितेछ त? राष्ट्रपतिको नीति तथा कार्यक्रम सम्बोधन पढ्दा यतिका वर्ष हामीले के गरेछौं त भन्ने लाग्यो। नीति तथा कार्यक्रम सरकारको किंकर्तव्यविमूढताको ठोस प्रस्ताव छ। त्यो दिशाविहीनताले म पनि संकल्पित भएजस्तो भएको छ। कस्को विरोध गर्ने? देश परिवर्तन गर्न हिँडेकालाई हाँसो उडाउने वा कुन पक्षको समर्थन गर्ने? हामीले ३०/४० वर्षदेखि बनाएका सरकार उस्तै भएनौं त?

विगत ४० वर्षले हामीलाई सत्ताको हस्तान्तरण मात्रै गरेछ, सत्ताको रुपान्तरण गरेनछ। फलस्वरुप भ्रष्टाचारमा देश डुबेको छ। सुशासन शब्द जिब्रोमा अड्केको छ। फगत कुशासन छ। कुशासन र भ्रष्टाचारलाई लकडाउनले ठोस रूपमा छाम्न सकिने, बुझ्न सकिने, तौल गर्न सकिने रूपमा गाउँगाउँमा देखाइदिएको छ।

लकडाउनको सुरु हुनुभन्दा दुई दिनअघिसम्म म गाउँमा थिएँ। जन्मथलोमै म लकडाउनमा परें। व्यक्तिगत रूपमा कसैलाई केही भन्नु छैन। चाहेमा भन्न सक्छु तर कसैको नाम लिएर भन्नु छैन। यत्रो अशंवेदनशीलता? यत्रो अमानवीयता? प्रतिनिधिमूलक पात्रको यत्रो अभाव? आम नागरिकको अवस्था के होला? नागरिकले कसरी लकडाउन खेपिरहेका होलान्? कति दिन खेप्लान्? सिडिओ हस्याङफस्याङ छन्। डिआइजीलाई सवारी चलाउँदैमा फुर्सद छैन। दोष कसैलाई दिनू? 

किंकर्तव्यविमूढता नीति तथा कार्यक्रममा पनि देखिएको छ। 'सुशासनलाई लागू अवश्य गरिनेछ'। अर्को थप कुरा कसैलाई भोकै रहन नदिने र मर्न नदिने विषय नीति तथा कार्यक्रममा समावेश छ। म चेतावनी दिन चाहन्छु, भोकले नै मर्ने अवस्था आउँदैछ। कतिपय कुरा संवेदनशील मानिस र संवेदनशील नेताहरुले भनिसके। रोगभन्दा पनि भोकले मर्ने अवस्था नेपालमा आउँदैछ। 

सरकारको संयन्त्र त्यसप्रति पूर्ण उदासीन छ। भनिन्छ– रक्सीको नशा खाएपछि मात्र लाग्छ। पैसाको नशा पाएपछि लाग्छ। तर, सत्ताको नशा कसैले गाइदिएपछि लाग्ने रहेछ। ‘ओहो तपाई| त कति ठूलो मान्छे’, ‘यो देश बनाउन तपाईँको जन्म भएको’ भनिदिएपछि सत्ताको नशा लाग्ने रहेछ। हाम्रो सत्ताधारी दलका नेतालाई मुलुकको जानकारी भएजस्तो लाग्दैन।

द्वितीय विश्वयुद्धपछि मानव इतिहासमा 'एटम बम'ले ल्याएको खतराभन्दा कोरोना खतरा हो। नीति तथा कार्यक्रममा ‘यो गरिनेछ’,‘त्यो गरिनेछ’ छ। बाफ्रे! 'गरिनेछ'को लिस्ट! ३० वर्षको मेरो संसदीय अनभुवमा यति बढी ‘गरिनेछ’ मात्र भएको कुनै नीति कार्यक्रममा थिएन। यसैगरी 'गरिनेछ, गरिनेछ' मात्र लेख्ने हो भने केही दिनमा गरिनेछको ठाउँमा ‘मरिनेछ’ लेख्नुपर्छ। 'मरिने'को खतरा हटाएर 'गरिनेछ' लेख्नुपर्नेमा नीति तथा कार्यक्रम पूर्ण मौन छ। जिम्मेदारीबाट पन्छिनका लागि नाम मात्रको सशासनको कुरा उल्लेख छ।

प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले के गर्ने? अवस्था यस्तो छ भन्न पाइँदैन। कुनै घरमा गार्ड राखिएको छ। चोरी भयो भने सबैभन्दा पहिले चोर खोजिँदैन। गार्डसँग स्पष्टीकरण सोधिन्छ। त्यसैले यो सरकारसँग पहिलोपटक स्पष्टीकरण माग्दैछु। विरोधका लागि विरोध गर्ने, अत्तो थाप्ने म सांसद होइन। यो सरकारको अर्कमर्ण्यता, असक्षमता लगभग द्वितीय विश्वयुद्ध बेलाका बेलायतका प्रधानमन्त्री नेभिल च्याम्बल जस्तै छ। उनलाई हटाउन उनकै पार्टीका लर्ड एनरीले उठेर भन्नुपरेको थियो- ‘इनफ, इनफ’ हामी माथि दया गर, त्यो कुर्ची छोडिदेऊ। त्यो दृश्य दोहोर्‍याउन चाहन्नँ। प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा शंका छैन। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिअनुसार देशभक्ति हो भने प्रचण्डसँग हात मिलाएर भारत र चीनलाई लालसेना बनाएर सबक सिकाउन पनि बेर छैन। तर, समस्या छ, आज भोकमरीको। 

नेपालीहरु कुनै दिन बलियो भए भने अमरसिंह थापाले जस्तै हतियार चलाएर सतलज पुगौँला। अहिलेका लागि आवश्यक मात्रामा क्वारेन्टाइन बनाउनुस् प्रधानमन्त्रीजी। सीमामा हजारौं लाखौं नागरिक छन्, तिनलाई भित्र्याउनुस्। संगै बाचौँला, सँगै मरौँला। मलेसिया र मध्यपूर्वका नेपालीलाई ल्याउन आँट देखाउनुस्, जसका पैसाले हामी बाँचेका छौं,। उनीहरु त्यहाँ चाहेर गएका होइनन्। उनीहरूलाई कविताको भाषामा भन्नुस्– अर्काको देशमा गएर कसका लागि लड्दैछौं? कसका लागि कमाउँदैछौं? आऊ, आफ्नै देशमा। जोसँग लड्न छ, आफ्नै देशमा आएर लड। आफ्नै देशमा मर। आफ्नो मुलुकको भारी बिसाउन छोडेर अर्को मुलुकको भारी बोक्न जाने? कवितामै भन्नुस्।

राष्ट्रपतिलाई पनि म भन्न चाहन्छु। राष्ट्रपति कुनै पार्टीको सदस्य होइन। कोरोनाका बेला बेलायतकी महारानी एलिजावेथले सन्देश दिएजस्तै हैसियत नेपालको राष्ट्रपतिको पनि छ। सिंगो मूलुकको राष्ट्रपति हुन सिक्नुपर्छ। राष्ट्रपतिको सन्देश सबै दललाई हो। तर त्यस्तो ध्वनि यहाँ छैन।

भिडियो
कुनैपनि मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो। प्रधानमन्त्रीले भ्रष्टचारशून्य बनाउँछु भन्दा मानिसहरू तातेका थिए। दुई वर्षका अनेक काण्डको चर्चा गर्दिनँ। सञ्चारमन्त्रीदेखि विभिन्न मन्त्री दागी भएको दोहोर्‍याउन चाहन्नँ। उहाँले आफूले एक दिन सिद्ध गर्नुहोला। जिल्ला, गाउँ, घर, अदालतमा गएर वास्तविकता बुझ्न म प्रधानमन्त्रीलाई आग्रह गर्दछु। लडाकु जत्था बनाएर हिडेंको तपाईंहरु झुक्किएर भएपनि गाउँको अवस्था बुझ्नुस्। त्यो अवस्था बुझ्नु भनेको कोभिडको आतंक बुझ्नु हो। 

सबै कुरा आज चाहिएको छ, तर सबैभन्दा पहिले सहानुभूति चाहिएको छ। संवेदना चाहिएको छ। प्रेम र माया चाहिएको छ। दाजुभाई, छिमेकीलाई माया गर्न नसक्ने समाजवादी हुन सक्दैन। मार्क्स, एंगेल्सको ठेली बिर्सनुस्। समाजवादको मूल परिभाषा आम जनतालाई माया गर्ने हो। र, आफूलाई माया गर्ने हो। नीति तथा कार्यक्रममा सबैथोक देखें। तर,माया देखिनँ। त्यसैले यो नीति तथा कार्यक्रमको विपक्षमा बोल्दैछु। मतदान गर्न परे, विपक्षमा मतदान गर्छु।

सरकारले समस्या समाधान गर्नुपर्छ। सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस्। झुठो ललिपप दिने बेला यो होइन।

(नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा कांग्रेस नेता नेता गिरीले राखेको विचारको संम्पादित अंश)

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्