• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विपद्‍मा तीन तहका सरकार : सहकार्य कम, उपदेश बढी
64x64
महेश न्यौपाने बुधबार, जेठ ७, २०७७  ०७:११
1140x725

रोल्पा- संघीय सरकारले काठमाडौंमा रहेका नागरिकहरुलाई आ-आफ्नो घर फर्कन पाउने गरी दुई दिन समय छुट्याएको घोषणा गर्‍यो। विभिन्न कामको सिलसिलामा काठमाडौं आएर लकडाउनमा फसेका उनीहरु घर फर्कन नसकेको भन्दै संघीय सरकारले यस्तो निर्णय गरेको थियो। संघीय सरकारको यस्तो निर्णयमाथि प्रदेश सरकारले औंला ठड्याए। फलस्वरुप संघीय सरकार आफैंले गरेको निर्णयबाट पछि हट्नु पर्‍यो।

प्रदेश ५ सरकारको  सामाजिक विकास मन्त्रालयले विद्यालयहरुमा विद्यार्थी भर्ना लिन पाउने गरी निर्णय गर्‍यो। प्रदेश सरकारको उक्त निर्णय सबै स्थानीय तहसम्म पुग्यो। प्रदेश सरकारको निर्णय कार्यान्वयन नहुदै संघीय सरकारको शिक्षा मन्त्रालयले विद्यालयमा भर्ना नलिनु भन्ने परिपत्र गर्‍यो। संघीय सरकारको यो निर्णयले प्रदेश ५ सरकारको योजना कार्यान्वयन हुन पाएन।

संघीय सरकार र प्रदेश सरकारबीच तादम्यता नमिलेका निर्णयका उदाहरण हुन्, यी। संघीय सरकार र प्रदेश सरकारका यस्ता थुप्रै विरोधाभाष निर्णय भएका छन्, जसको प्रत्यक्ष मारमा उनीहरु होइन, जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय तहहरु परे। संघ र प्रदेश सरकारका यस्ता विरोधाभास निर्णयबाट हैरान भएका रोल्पाका स्थानीय तहले उनीहरुको गलत रवैयाको खुलेर आलोचना गर्न थालेका छन्।

'प्रदेश र संघीय सरकारले नीति बनाउने र स्थानीय तहलाई जबर्जस्त घोक्रेठ्याक लगाउने काम गरेका छन्', रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले भने, 'गाली खाने पनि हामी, काँध थाप्ने पनि हामी भएका छौं। संघ र प्रदेशको भूमिका देखिएन।'

बजेट भएर पनि सामान खरिद गर्न नमिल्ने नीतिले कोरोनाको संत्रासमा समेत स्थानीय तहले कानुनी अड्चन भोग्दै आएको नगर प्रमुख केसी बताउँछन्। कोरोनासँग सम्बन्धित विषयको सबै खर्च स्थानीय तहले गर्दै आएको बताउँदै उनले प्रदेश र संघीय सरकारले संकलन गरेको ठूलो बजेट कहाँ खर्च हुन्छ भन्दै प्रश्न गरे।

संघ र प्रदेश सरकारको तादम्यता नमिल्दा स्थानीय तहले दुःख पाएको बुझाई छ, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनको पनि। कोरोनको संकटको बेला संघ र प्रदेश सरकारको भूमिका सन्तोषजनक नभएको उनी बताउँछन्। हातेमालो गर्नुपर्ने संकटको बेला संघ र प्रदेशले उपदेश दिने काम मात्रै गरेको उनको अनुभव छ।

विदेशमा कोरोनाको त्रास फैलिँदै गर्दा नेपालमा त्यसको रोकथामका लागि तयारी गर्ने समय प्रशस्तै भए पनि संघ र प्रदेश सरकारले त्यस्तो अवसर र समय गुमाएको परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीको भनाई छ। 'संघ र प्रदेश सरकारले जनता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मन जित्न सकेनन्', उनी भन्छन्।

मन्त्रीले सस्तो लोकप्रियताका लागि काठमाडौंबाट मान्छे पठाइदिने तर स्रोत भने नपठाउने कार्यले स्थानीय तह मर्कामा परेका छन्। 'सबै भार स्थानीय तहलाई दिएर प्रदेश र संघीय सरकारले के गरिरहेका छन्?', त्रिवेणी  गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गुनासो छ।

Ncell 2
Ncell 2

संघीय सरकारका मन्त्रीले मान्छे पठाउने र स्थानीय सरकारले पाल्नुपर्ने बाध्यता भएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको बताउँछन्। बजेट र जनशक्तिको अभाव व्यहोर्दै भगवान भरोसामा स्थानीय तहले काम गरिरहेको उनी बताउँछन्। संघ र प्रदेशको व्यवस्थित योजना नभएका कारण स्थानीय तहले दुःख पाएको उनको आरोप छ।

कतिपय स्थानीय तहले सबै समस्या आफूहरुमा मात्रै ठोकिएको अनुभव गरेका छन्। माडी गाउँपालिकाअध्यक्ष नन्दबहादुर पुनका अनुसार, देशका विभिन्न जिल्लामा रहेका आफ्ना जनतालाई ल्याउने काम निरन्तर चलिरहेको बेला भारत र तेस्रो मुलुकबाट समेत थप मान्छे ल्याउने कुराले स्थानीय तहहरु धान्नै नसक्ने खर्चमा परिरहेका छन्। स्थानीय तहलाई संघ र प्रदेशले सहयोग गर्नुपर्ने उनको सुझाब छ।

प्रदेश सरकारबाट प्रत्येक स्थानीय तहका लागि १०/१० लाख बजेट  पठाउने बाहेक अन्य कुनै सहयोग नहुनु दुःखद् भएको स्थानीय सरकारहरुको भनाई छ। कोरोना कोषका लागि छुट्याइएको बजेट खर्च भइसकेको बताउँदै आगामी दिनमा कसरी खर्च धान्ने भन्ने कुराले चिन्तित बनाउने गरेको उनीहरु बताउँछन्।

कोरोनासँग जुध्नका लागि प्रदेश र संघीय सरकारले वैज्ञानिक योजना बनाउनुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको भनाइ छ। कोरोनासँग लड्नका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक भूमिकाले मात्रै कोरोना महामारीबाट लड्ने शक्ति पैदा हुने प्रमुख बुढाको भनाई छ। कोरोना संक्रमणका विरुद्ध लड्न अहिलेसम्म स्थानीय तहले खेलेको भूमिका प्रशंसनीय रहेको बुढा बताउँछन्।

रोल्पामा १ नगरपालिका सहित १० स्थानीय तह छन्। आन्तरिक आय निकै कम भएका उनीहरुको वार्षिक बजेटको ठूलो हिस्सा संघ  र प्रदेश सरकारको अनुदानले धानेको छ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०७:११
  • #स्थानीय_सरकार
  • #तीन_तहका_सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीय... बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले  उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रालयमा सञ्ज... बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्