काठमाडौं- केही भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली सेनाले एक विज्ञप्तिमार्फत भारतीय सञ्चार माध्यम हिन्दूस्तानटाइम्सडटकम र टिएफआईडटकममा प्रकाशित दुई सामाग्रीलाई उद्धृत गर्दै भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार भएको बताएको हो।
‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ’, सेनाले भनेको छ।
राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न सेनाले आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।