• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
आन्तरिक असन्तुष्टि र सीमाका विषय फरक रुपमा बुझ्नुपर्छ : शिवमाया तुम्बाहाङ्फे [अन्तर्वार्ता]
64x64
डिबी खड्का मंगलबार, जेठ २०, २०७७  ११:३२
1140x725
मन्त्री शिवमाया तुम्बाहाङ्फे

सरकारले प्रचलित नक्सामा छुटेका नेपालका भू-भागलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सालाई थप वैधानिक बनाउन संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ। संविधानमा रहेको निशान छापभित्रको नक्सामा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेट्न संविधान संशोधन प्रक्रिया थालिएको हो। अर्कोतिर, लामो समयदेखि संविधानका विभिन्न प्रावधानलाई लिएर असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित दलले छुट्टै संशोधन प्रस्ताव दर्ता गराएका छन्। यही सेरोफेरोमा कानुन, न्याय तथा संघीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेसँग डिबी खड्काले गरेको संवादः

नेपालले भर्खर जारी गरेको नक्सा समेट्न सविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेश भएको छ। कहिलेसम्म संशोधन भइसक्ला त? 
सरकारका तर्फबाट संविधान सशोधन प्रतिनिधिसभामा पेश भइसकेको छ। संविधान संशोधन विधेयक पेश ३० दिनभित्र सर्वसाधारणमा जानकारीका लागि सार्वजनिक गर्नुपर्छ। यो संवैधानिक व्यवस्था हो। यसलाई पालना गर्नका लागि आइतवार हामीले राजपत्रमा प्रकाशन गर्न पठाइएको थियो। प्रकाशित भइसकेको छ। पत्रपत्रिकामा प्रकाशन गर्ने प्रक्रिया पनि सोमबार भएको छ। यी सबै प्रक्रिया पूरा भएका छन्। अब यो संशोधन परिपक्व हुन एक साता लाग्छ। 

संशोधन प्रक्रिया अघि बढाउन दुवै सदनका आ-आफ्नै नियमावली रहेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनका लागि आ-आफ्नै नियमावली छन्। यी नियमावलीको प्रक्रिया यो संशोधनले पनि पूरा गर्नुपर्ने हुन्छ। यो संशोधन प्रतिनिधिसभामा रहेको छ। प्रतिनिधिसभाको नियमावलीले पनि परिपक्व हुन सात दिन लाग्ने उल्लेख  छ। अब केही दिनमा परिपक्क हुन्छ। त्यसपछि ७२ घन्टा संशोधनका लागि समय हुन्। हामी अहिले ७२ घन्टा घटाएर चाँडो टुंग्याउने कि भन्ने छलफलमा छौं। संविधान संशोधन चाँडो गर्दा प्रतिनिधिसभाका केही नियम निलम्बन गर्नुपर्ने हुन्छ। कार्य व्यवस्था परामर्श समितिले यसमा सल्लाह दिएपछि यसलाई घटाउन सकिन्छ। छलफल अघि बढाउने कुरा भएको छ।

यो प्रक्रिया पार गरेपछि संविधानको  धारा ९ को अनुसूची ३को नक्सामात्र परिर्वतन हुने छ । जुन नक्सा प्रचलनमा रहेको थियो। अब त्यो परिर्वतन भई लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा हुनेछ। यो भागमात्र चलाउने हो अन्य कुरा यसमा चलाइँदैन। त्यहाँभित्र धेरै कुरा छन्। अरु सबै यथावत हुने छन्। नियम निलम्बन गरेर अघि बढेर चाँडै संविधानमा अहिलेको नक्सा भेटिनेछ।

नक्सा सच्चाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत सबै दलहरुका बीचमा सहमति भएको देखिन्छ। यो सहमति हुन सरकारले अतिरिक्त मेहनत गर्न पर्‍यो कि परेन?
यो विषयमा सरकारलाई धेरै मेहनत गर्नुपरेन। किनकी यो सबैको साझा मुद्दा थियो। ती भूमि हाम्रो हो भन्ने कुरामा सबै दलहरु सचेत नै थिए। यो राष्ट्रियता र भूमिको सवाल थियो। नेपालीहरु आफ्नो भूमिका लागि एक ठाउँमा हुन्छन् भन्ने भावनाको आधारमै सरकारले एक ठाउँमा भएको सोचेर अघि बढेको थियो। यही अनुसार सबै पार्टीले एकमत देखिनुभएको छ।

तर पनि सरकारले सर्वदलीय बैठक राखेको थियो। सबै एक ठाउँ छौं भन्ने सन्देश दिन उक्त बैठक  राखिएको हो। सर्वदलीय बैठककै क्रममा प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले केही दिन पर्खिन भनेका कारण सोमबार मात्रै हामीले संसदमा पेश गर्‍यौं।

त्यसअघि सम्भवावित कार्यसूचीमा राखेर पनि हटाउनुभयो। त्यसले आमजनमानसमा फरक खालको सन्देश गयो। भारतीय मिडियाहरुमा त नेपाल पछि हटेकोसम्मका समाचार देखिए। खासमा भएको के थियो?
संसदमा छलफल हुने सम्भावित विषयलाई लिएर अघिल्लो दिन नै कार्यसूची सार्वजनिक गर्ने अभ्यास छ। यो सामान्य प्रक्रिया हो । सम्भावना भएको कुरा राख्ने हो। तर, सबै सम्भावित विषय संसदमा परिहाल्छन् भन्ने होइन। कुनै विधेयकलाई पेश गर्ने भनेर सम्भावित सूचीमा राखिन्छ तर कार्य व्यवस्थामा छलफल भएपछि यसलाई समावेश नगर्न पनि सकिन्छ। तर, यही विषयलाई लिएर गलत सन्देश प्रवाह भयो। चर्चा परिचर्चा भयो। जुन कुरा अहिले झुटो साबित भएको छ।

संविधानमा हाम्रो कुरा परेनन् भनेर केहीले आवाज उठाइरहेका छन्। सोमबारमात्र मधेस केन्द्रित दल जनता समाजवादी पार्टीले संविधान संशोधनको अलग्गै गैरसरकारी विधेयक दर्ता गराएको छ। यसलाई पनि यही बेला सम्बोधन गर्न मिल्दैन थियो? 
यो सँगै लैजान मिल्दैन थियो। यी फरक फरक विषय हुन्। मेरो र सरकारको बुझाई यही हो। अहिले हामी नक्सा र सीमा रेखाको बारेमा बोलिरहेका छौं। राष्ट्रियताका विषयमा कुनै पनि नेपालीले यो मलाई चाहिँदैन, संशोधन गर्न हुँदैन भन्दैन। संविधानको  अन्य धारा चलाउँदा अरु नेपालीहरुको कुरा पनि आउलान्। राष्ट्रिय सहमति नजुट्लान्। जसलाई देशको सीमासँग जोड्न मिल्दैन। उहाँहरुले प्रदेशका सीमांकनदेखि संविधानका कतिपय धारा संशोधन गर्नुपर्ने भएकाले यो यसमा मिसाउन जरुरी थिएन।

संविधानलाई लिएर रहेको आन्तरिक असहमति पछि सम्बोधन गर्न सकिन्छ भन्नु खोज्नुभएको हो?
हाम्रो संविधान लचकदार छ। यो विषय आन्तरिक हो। आवश्यकताअनुसार संशोधन गरेर जाने भनैकै छौं। आन्तरिक कुराका बारेमा छलफल गर्न सकिन्छ। लचकदार संविधान हो, संशोधन गर्न सकिन्छ। तर, सीमाको कुरा अन्तर्राष्ट्रिय हो। यसलाई हामी बीचमा सहमति गरेर जहिले पनि गर्न सकिन्छ।  बसेर यसमा सहमति गर्न सकिन्छ। त्यसैले आन्तरिक असन्तुष्टि र सीमाका विषयलाई फरक रुपमा बुझ्नुपर्छ।

निशान छापभित्रको नेपालको नक्साका लागि संविधान संशोधन जरुरी छैन। यत्तिकै छापमा राखिदिए हुन्छ भनेर एकथरि संविधानविद्हरुले भनिरहेका थिए। कानुनी रुपमा संशोधन जरुरी रहेछ कि यसको अरु कुनै रणनीतिक अर्थ पनि छ ? 
यो संविधान संशोधन जरुरी नै परेर हो। निशान छापभित्र नेपालको नक्सा छ। त्यो सांकेतिक हो। डिटेलमा त देखिदैन, तर सांकेतिक भए पनि थोरै चुच्चो परेको देखिन्छ नै। आधिकारिक रुपमा संविधानले चिन्ने त्यहाँ राखेपछि हो।  संविधानले नचिनेपछि हामीले कसरी चिन्छौं? त्यसैले हामीले चिन्नका लागि संविधानले चिन्नुपर्छ। संविधानले चिन्ने बनाउनका लागि संशोधन जरुरी थियो।

विस्तृत अन्तर्वार्ता भिडिओमा हेर्नुहोस्ः

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ११:३२
  • #संविधान_संशोधन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्