• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
सुदूरपश्चिमले नेता फेर्ने कि आफ्नै शरीरमा आगो झोस्नुपर्ने नियति स्वीकार्ने?
64x64
डिबी खड्का मंगलबार, जेठ २७, २०७७  १४:४४
1140x725

अछामको बयालपाटा अस्पतालबाट निर्मम समाचार आयो- कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। जीवन बचाइमाग्न अरु जाने अस्पतालमा सोमबार आउजी आफ्नो जीवन त्याग्नका लागि पुगेका थिए। एउटा युवाले जागिरसँग ज्यानको बाजी लगाएको यो घटना, घटनामै सीमित रह्यो। विरक्तलाग्दो घटनाका गुथ्थीहरु केवल गाँठो परेर बसे।

घटनाको भोलिपल्टका अखबारका प्राथमिकतामा उनको मृत्यु परेन। सामान्यभन्दा सामान्य विषयलाई ‘राष्ट्रियकरण’ गर्न तत्पर सामाजिक सञ्जालका ‘जिरो सहनशीलता’वालाहरुले यसलाई सहजै पचाइदिए। एक युवाले गरेको यस्तो क्रुर निर्णय साँच्चै एउटा घटना मात्रै हो? 

ऊ सुदूरबासी थिएन भने यो एउटा घटना मात्रै हुँदैनथ्यो। आज संसदमा बहसको विषय बन्थ्यो र सामाजिक सञ्जालमा आक्रोशको 'इस्यु'। तर सुदूर कहिल्यै राज्यको मूल प्रवाह छैन। त्यहाँको विषय सजिलै मूलधारमा पुग्दैन।

सिद्धार्थ आउजी एक व्यक्ति होइन, सुदूरको प्रतिनिधि अनुहार हो। अधिकांश सुदूरपश्चिमेलीलाई जस्तै ऊसँग दुईटा विकल्प थिए- भोकले मर्ने कि अरु कुनै तरिकाले। उसले दोस्रो रोज्यो। मर्न त ऊ एकदिन यसै पनि मर्थ्यो। मर्नुको सत्य अगाडि त कसको के जोर चलेको छ र? मर्नुका धेरै आयाममध्ये सदुरजनको भागमा पर्ने जागिर नभएपछि खान नपाएर कुपोषित हुँदै रोगी भएर समयभन्दा अघि यही अस्पतालको बेडमा मर्ने सत्यभन्दा अलिक फरक उसले मृत्युका लागि अस्पतालको बेड होइन, गेट रोज्यो। 

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने सुन्दर नारा पो उसले सुनेको थियो कि! ‘भोकले मर्न नदिने’ शासक भएको देशमा उसलाई ‘भोकले मर्ने’ छुट हुँदैन भन्ने बुझ्यो कि? जे भए पनि उसले भोक लाग्नुअघि नै आत्मदाह गर्‍यो। अब सरकारी रेकर्डमा ‘आत्मदाहबाट मृत्यु’ उल्लेख हुनेछ तर यो मृत्यु भोकले थियो। तर वास्तवमा उसको मृत्यु भोकको भयले थियो।

सुदूरका जनतालाई यो देशका शासक र शक्तिपुञ्जले कहिल्यै समदूरीबाट हेरेनन्। राज्यको प्राथमिकता भन्दा ‘दूर–दूर’ उनीहरुले जीवन निर्वाहको विकल्प भारतको चौकीदारी बनाए। ठूलो संख्या भारत निर्भर छ। त्यो निर्भरता मूल्य यतिबेला सुदूरपश्चिमले नराम्ररी चुकाउँदैछ। त्यसको असर हरेकदिन हामीले हेर्दै र सुन्दै जानुपर्नेछ। 

भारतले सुदूरतर्फको कति नेपाली सीमा मिच्यो? आम चासोको विषय बनिरहेको समय छ। भारतमा कति सुदूरपश्चिमेली छन्? यो राज्यको शासकले त्यो गणना गर्न चाहँदैन। त्यो संख्याको कसैले हिसाबकिताब राख्न पनि चाहँदैन।

किनभने शासकलाई राष्ट्रवादी बन्नुछ। त्यसैले त सुदूरपश्चिमेलीहरुका तर्फबाट मेरो केही प्रश्न छन्- राष्ट्रियता भन्नु भूगोल मात्रै हो? कि त्यो भूगोलभित्रका नागरिक पनि? माटो बढी मूल्यवान हुन्छ कि जीवन? सायद राष्ट्रवादी मुकुन्डो भिरेर पदासीन हुने शासकका लागि माटो महत्वपूर्ण हो। त्यसैले सुदूरपश्चिमेलीको जीवन आगोले डढाओस् कि एचाआइभीले गलाओस्? भोकले सिध्याओस् कि रोगले? कुनै मतलब छैन, हुने छैन।

निर्जन लिम्पियाधुरालाई प्रेम नगर भनिएको होइन। तर त्योभन्दा वर रोग, भोग र दुःखसहित जीवन जिउन अभिशप्त नागरिक छन् भन्ने नबिर्स। शासक नक्सा फेरेर सन्तुष्ट भइरहेका समयमा नियति फेर्न नसक्दा घट्ने घटनाको प्रतिनिधि पात्र सिद्धार्थ आउजी हुन्।

तर, कसले बोल्ने ती आफ्नै ज्यानमा आगो लगाइरहेका सिद्धार्थ आउजीहरुबारे?  अरुको आशा नगरौं, त्यही क्षेत्रमा जन्मेका केही थान व्यक्तित्वहरु सिंहदरबारदेखि सदनसम्म छन्। कसैले बोली दबेको होला तर ऊ पद र पहुँचले उच्च ओहोदामा छ। जो पदमा छैन, उसको टाठो बोली देशले सुनिरहेको हुन्छ। तर, उनीहरु कहाँ छन्? 

यहीँ छन्। तर, जसले उनीहरुलाई त्यहाँ पुर्‍याए,  उनीहरु ती नागरिकको कहिल्यै भएनन्। सुदूरपश्चिमका ती नेताहरुमध्ये कतिलाई एमसिसीले राष्ट्रियता डढाउला भन्ने पीर छ तर गरिबीको भुंग्रोमा रहेको एक युवाले जागिर गुमाउँदा ज्यान डढाएकोमा कुनै सन्देह देखिँदैन।

अर्काथरी पनि छन्, एमसिसी यही संसद् अधिवेशनबाट पास हुनुपर्छ भनेर संसद्मै उभिएर शासकमाथि औंलो तेर्स्याउने हैसियत राख्छन्, आफू प्रतिनिधित्व गर्ने भूगोलका विकासका सदा चुपचाप रहन्छन्। अर्काथरी पनि छन्, जसलाई भारतले सीमा मिचेको पिर छ तर सीमान्तकृतहरु भोकले पेट मिचिरहेको देख्दैनन्। सुदूरका त्यस्ता नेता पनि छन्, जो प्रधानमन्त्री केपी ओलीको पद गुम्ने डरमा दौडधुप पनि गर्छन् तर ज्यानै गुमाइरहेका सुदूरपश्चिमेलीबारे सोच्ने फुर्सदमा हुन्नन्।

कोरोना कहरले सबैभन्दा बढी आक्रान्त को होला? निःसन्देह सुदूरपश्चिमेली। तर कहिल्यै यसबारे संसद्मा कोही उँचो स्वरमा बोलेको सुन्नुभएको छ? कोरोना संकटपछि भारतबाट विस्थापित भएर गाउँ आइपुगेका उनीहरु कसरी जीवनयापन गर्लान्? प्रश्न छ तर उत्तर आउजीले दिएका छन्। आउजीको बाटो पछ्याउन अरुलाई अभिशप्त बनाउने डर बढेको छ। 

प्रतिपक्षका दलका नेता शेरबहादुर देउवा हुन् वा सत्तारुढ दलमै प्रतिपक्ष देखिने भीम रावल। उनीहरुका लागि सुदूरपश्चिम प्रतिनिधि सभामा पुग्ने एउटा भर्‍याङभन्दा बढी केही होइन। समयले यसलाई प्रमाणित गर्दै गइरहेको छ।

साँच्चै उनीहरु जनप्रतिनिधि हुँदा हुन् त रोजगारी गुम्दा एक युवाले आफ्नै ज्यान डढाइरहेको घटनाले मन भतभती पोल्नुपर्ने हो। त्यो घटनालाई ‘बहसको डढेलो’ बनाइनुपर्ने हो। तर, त्यो यत्तिकै निभ्यो। जसको अर्थ फेरि पनि थुप्रै आउजीहरुको ज्यानमा आगो सल्किएको हेर्न हामी अभिशप्त हुनुपर्ने छ। 

संवेदनाहीन बनिरहेका छन् शासक। सुदूरपश्चिमको नेतृत्व र नागरिक अघि जोडेर दुनो सोझ्याउन वर्ग र समूहहरु। कमसे कम सुदूरपश्चिमेलीलाई यतिबेला महसुस हुनुपर्छ- पहिले नेतृत्व फेरौं, नियति त्यसपछि फेरिन्छ!

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १४:४४
  • #बयलपाटा-अस्पताल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्