• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सडकमा युवा : अति भएपछि यति त हुन्छ नै
64x64
डिबी खड्का शुक्रबार, जेठ ३०, २०७७  १८:०१
1140x725

काठमाडौं- सरकारको विरोध कसले गर्छ? धेरैले दिने सिधा उत्तर हो, विरोधी पार्टीले। प्रतिपक्षी दलले। तर, काठमाडौंको बालुवाटारलगायत देशका विभिन्न भागमा एकसाथ भइरहेका आन्दोलनलाई नियालेर हेर्नुभयो? सायद हामीले देखेभोगेको आन्दोलन संस्कृतिभन्दा पृथक भेटिन्छ। 

‘ब्रान्ड’ बनाउन खोजिरहेको जस्ता देखिन्थे, यसअघिका आन्दोलन। त्यसैले निश्चित चिह्न भएका झन्डा र ब्यानर अग्रभागमा भेटिन्थे। तर, यसपल्ट भइरहेको छ, झन्डारहित आन्दोलन! ब्यानररहित आन्दोलन!

त्यसपछि आन्दोलनकारीको अनुहार हेर्नुभयो? के देख्नुभयो? तपाईंहरुले पनि त्यही देख्नुभयो होला, जे हामीले देख्यौं। आन्दोलनकारीका अनुहारमा यो देशको भविष्य देखिन्थ्यो। यो देशको भविष्यले वर्तमान बर्बाद हुनबाट जोगाउन खोजिरहेको जस्तो महसस हुन्थ्यो। 

न कुनै आव्हान, न कुनै निर्णय र न कुनै प्रचार, न कुनै प्रचार सामग्री। उही आवेग, उही उमेर। उनीहरुसँग कुनै राजनीतिक एजेन्डा छैन, जसको राजनीतिक सौदाबाजी हुन्छ। उनीहरुमध्येका कसैले पनि आन्दोलनलाई नेता हुने भर्‍याङ बनाउन चाहेनन्। आन्दोलनकारी भन्दामाथि उभिएर कोही भाषण गरिरहेकोे देखिएन। कसैले विद्वता छाँटिरहेको भेटिएन। 

देखियो के त? अनि भेटियो के? कोरोना विरुद्ध सरकारले गरिरहेको लापरबाहीको विरोध। अविश्वासी आरडिटी होइन, भरपर्दो पिसिआर परीक्षणको माग। क्वारेन्टाइन यातनागृह होइन, सम्भावित संक्रमित सुस्ताउने थलो बनोस्। बिर्सिन नहुने कुरा धेरैजना आन्दोलनकारीमा राजनीतिप्रति घृणा देखिन्छ। पछिल्लो १४ वर्षलाई उनीहरुले नजिकबाट नियालेका छन्। आफ्नो हुर्काइसँगै नेपालमा हुर्किरहेको राजनीतिक विकृतिले आफ्नो भविष्य बर्बाद पार्ने डर उनीहरुले देखेका छन्। त्यसैले उनीहरु यतिबेला भनिरहेका छन्, ‘अत्ति भयो भनेपछि अत्ति भयो!’

यो पुस्ताले झेलेको यो तेस्रो संकट हो। पहिलो संकट भूकम्प थियो। त्यो समय यो पुस्ता स्वयंसेवकका रुपमा मैदानमा उत्रिएको थियो। यसले उद्धार गर्‍यो, राहत बाँड्यो र पुनःनिर्माणमा समेत सघायो। सरकारलाई गाली नगरी सहयोग गर्‍यो।

त्यसपछि नाकाबन्दी झेल्यो। त्यतिबेला पनि यो पुस्ता सिर्जनशील भएर सरकारलाई नै सघाइरह्यो। अपरिचितलाई लिफ्ट दिनेदेखि अन्य सरसहयोगका सिर्जनशील तौरतरिका त्योबेला देखिए। 

यतिबेला उनीहरु भूमिकाविहीन थिए। किनभने परिस्थिति नै त्यस्तै थियो। सरकारले नै सबथोक गर्नुपर्ने हुन्छ। सबैलाई लकडाउनमा राखेर सरकारले कोरोना भाइरस विरुद्ध लड्न आफ्नो सम्पूर्ण शक्ति लगाउला भन्ने अपेक्षा थियो। सुरुवाती चरणमा सरकारमाथि भरोसा नै थियो। 

भरोसा त्यतिबेला टुट्दै गयो, जब सरकार एकपछि अर्को गल्ती गर्दै जान थाल्यो। 

क्वारेन्टाइनमा एक व्यक्तिको मृत्यु हुन्छ। मृत्युअघि न उसले उपचार पाउँछ, न उसको कोरोना परीक्षण हुन्छ। यसले युवा मुटु चरक्क पारेको छ र त उसले एकाएक सरकारविरुद्ध सडकमा उत्रिने निर्णय गरी अपेक्षाकृत ठूलो सफलता पाएको छ। 

सरकारले मेडिकल सामग्री खरिद गर्छ, त्यसमा विवाद हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको बोली छानबिन गर्नेतर्फ होइन, विवादितलाई चोख्याउनतर्फ उद्यत हुन्छ। युवाहरुलाई शंका लाग्छ र उनीहरु हिसाब खोज्न थाल्छन्। 

एकजुट भएर कोरोना विरुद्ध लाग्नुपर्ने बेला विभिन्न अध्यादेश ल्याएर अर्को पार्टी फुटाउन सरकार लागिपर्छ। जनजीवन र जिविकाका विषय प्राथमिकताको सूचीमा तल परिरहेको महशुस हुन थालेपछि उनीहरुको तातो रगत उम्लिन थाल्छ।

आरडिटी परीक्षणलाई न विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ, न नेपालका विज्ञहरुले भरपर्दो ठान्छन्। तर, सरकारले आरडिटी नै परीक्षण गरिरहन्छ र निजी स्वास्थ्य संस्थालाई पनि गर्न प्रोत्साहित गर्छ। यसबाट कोरोना संकट पार लाग्ने जानेबुझेका युवाले देख्दैनन्, त्यसकारण उनीहरु सडकमा आउने निर्णय लिन्छन्। 

उनीहरुका नारा यिनै कुराहरु वरिपरि छन्। उनीहरु सडकमै उत्रेर भनिरहेका छन्, ‘खर्च होइन, उपलब्धि देखाऊ, न पारदर्शिता न दुरदर्शिता, सधैँ कस्तो लाचारिता, क्वारेन्टाइन कि कालघर?’ 

उनीहरुलाई थाहा छ, दूरी कायम गर्नुपर्छ। उनीहरुलाई थाहा छ, भीडभाड कोरोना संक्रमणको जोखिम हो। तर, जब त्योभन्दा ठूलो संकटले घेर्छ, नागरिकले ज्यान हत्केलामा लिएर हिँड्छ नै। तीन वटा डर छन् कोरोना, गर्मी र प्रहरीको लाठी। तर, डर जितेर उनीहरू किन सडकमा छन्? २००७ साल, २०४६ साल, २०६३ साल झेलेका नेताहरुलाई यो सम्झाइरहनु नपर्ला। कोरोनाले विस्तारै मार्छ तर गोलीले त तुरुन्तै। गोलीको प्रवाह नगरेर सडकमा उत्रिनेहरुले फेरि एकपल्ट महसुस गर्नुपर्‍यो किन मान्छे ज्यानको माया मार्छ?

सत्ताधारी नेता र कार्यकर्ताले कसैको उक्साहटमा उनीहरु सडकमा पुगेको विचार राखिरहेका छन्। उनीहरुको अनुहार र विचार नजिकबाट नियाल्दा घरमै बसेर वक्र नजरबाट उत्पादित यी विचारभन्दा फरक तस्बिर देखिन्छ। आफूसँग एकथान विवेकसमेत भएको मान्छेहरु हुन्। त्यसैले आज सडकमा जो देखिरहेका छन्, उनीहरु कसैको उक्साहटमा त्यहाँ पुगिरेहका छैनन्। उक्साएको छ त उनीहरुकै मनले। उनीहरु कुनै पार्टीको निर्णय बमोजिम त्यहाँ नारा लगाउन आएका होइनन्, आफ्नै मनको निणर्यले त्यहाँ पुगिरहेका छन्। 

उनीहरु यतिमै रोकिने छाँट किन देखिदैन किनभने कसैले परिचालन गरेको होइन। उनीहरुले लकडाउनको यो साढे दुई महिनामा देश चिनेका छन्। अरु बेला भए आफ्नो पढाइ र करियरका विषयमा तनाव लिएर उनीहरुलाई फुर्सद हुँदैनथ्यो। परीक्षा तयारी गर्नुपर्थ्याे। विदेश पढ्ने कि नेपाल? परामर्श केन्द्र धाउनुपर्थ्याे। त्यसैले देशका विषयमा र अझ त्यसका शासकका विषयमा उनीहरु त्यति चासो राख्दैनथे। तर, सबथोक बन्द भएको यो समयमा उनीहरुको तेस्रो आँखा खुलेको छ। उनीहरुलाई यही तरिकाले देश आफ्नो पालामा पनि ‘गएगुज्रेकै’ रहेको कुराले झस्काएको छ। 

उन्नत देश बनाउन उनीहरुलाई शासन गर्नेको सोचमा परिवर्तन हुन जरुरी लागेको छ। व्यवस्था आफैंमा केही होइन, यति त्यो व्यवस्थित हुन सकेन भन्ने उनीहरुलाई महसुस भएको छ। 

त्यसैले नक्सा पास गराइरहेको समयमा भनेर कुतर्क गरेर सत्तासीनहरु पन्छिन नखोज। अरुले उक्साएको भनेर आरोपित गरेर आफ्नै नागरिकलाई ‘भेंडा’ भन्दै नहियाऊ। यिनीहरु र यिनीहरुको जस्तैको मतले दुईतिहाइ निकट भन्दै छाती फुलाउन पाइएको हो भन्ने बुझ र ठूलो छाति बनाऊ। उनीहरुले उठाएका माग सम्बोधन गर्ने प्रयास गर। 

जब जनतालाई आफ्नै मनले परिचालन गर्छ। त्यसपछि जस्तो दमन पनि उनीहरु सहन्छन्। तर, आफ्नो आवाज दबाउँदैनन्। त्यसैले सरकारले बेलैमा सोच्नुपर्छ। कार्यशैली बदल्नुपर्छ। जनताको आवाज सुन्नुपर्छ। किनभने जनता त बोल्न थालेपछि बोलिरहन्छन्।

सांसदले प्रश्न गर्दा त ‘मैले भनेको भर्खरै’ भन्दै ओठे जवाफ दिँदा चुप लाग्छन्। तर, जनतालाई चुप लगाउने चाहिँ काम नै चाहिन्छ। सरकारले कामै गरिरहेको होला। तर, बुझ्नुपर्छ जनता सन्तुष्ट हुनेगरी काम भएको छैन। 

देशको भविष्यले वर्तमान उठाएको यो आवाजको मूल्य राज्यले महसुस गरोस्। गरेन भने त शासक आफैंले महंगो मूल्य चुकाउनु परेको उदाहरण सम्झाइरहनु पर्ला र?

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:०१
  • #सडक-आन्दोलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्