• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
रुकुम घटना : म पुग्दा वडाध्यक्षले मान्छे कुटिरहेका थिए [सुरुमा घटनास्थल पुग्ने प्रहरीको बयान]
64x64
नारायण अधिकारी सोमबार, असार १, २०७७  १९:५२
1140x725

काठमाडौं– रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ ज्यान जाने गरी भएको घटनामा ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
सोतीकी मल्ल थरकी एक युवतीसँग भएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भन्दै गत जेठ १० जाजरकोटका नवराज विकसहित १९ जना सोती पुगेका मध्ये ६ जनाको हत्या भएको थियो। सोही घटनाका ३४ अभियुक्तविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दा दायर गरेको छ। 

यस घटनाका बारेमा प्रहरीले कसरी थाहा पायो? घटनास्थल पुग्ने पहिलो प्रहरी के भन्छन्? यसबारे सबैभन्दा पहिला घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक सन्तोष लामिछानेले यस्तो बयान दिएका छन्।

मिति २०७७।०२।१० गते दिनभर म कार्यरत ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमको कार्यालयमा नै थिए। सोही समयमा कार्यालयमा जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँमा जाजरकोटबाट केटाहरु आएका छन्।

झगडा हुनेवाला छ भनी सोही वडाका वडा अध्यक्ष डम्बर बहादुर मल्लले मोबाईल बाट कार्यालयको लेन्डलाईन नं ०८८–४०११०० मा सोही दिनको अ १७ ः १५ बजेतिर सुचना दिए पछि तत्कालै मोटरसाईकलमा साथमा मैले प्रहरी जवान श्यामजंग शाहलाई लिई कार्यालयबाट करीब ७ किमी उत्तर पुर्व पर्ने उक्त सोती गाउँमा पुग्नै लाग्दा मानिस कोही देखिन। त्यससपछि मैले सञ्चार सेटमार्फत हामी अघी भनेको स्थानमा पुगौं, यहाँ त मानिस कोही छैन, कहाँ हो भनी सोधेपछि कार्यालयबाट कुनै जानकारी आउनु भन्दा अगाडी बाटोमा एक जना स्वयम् सेवक भाईलाई देखेपछि यहाँ झगडा भएको भनी हाम्रो कार्यालयमा सुचना गएको छ कुन ठाउँमा हो? झगडा भएको भनी सोधपुछ गयौं। 

उनले यहाँ होईन झगडा भएको तपाईलाई कस्ले गलत सूचना दिएछ तल जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ८ औल जिउँला मध्य पहाडी लोक राजमार्ग भेरी नदी बगर स्थित सोती गाउँका मानिसहरु दौडिदै लखट्दै गएका छन्  र केही केटाहरु भाग्दै छन् भनेपछि उक्त स्थानमा पुग्दा थुप्रै मानिसहरु सडक बाटो तथा भेरी नदी बगरमा भेला जम्मा भएको देखेँ। 

१ जना केटालाई सडक बाटोमा केही व्यक्तिहरुले कुटपिट गरी रहेका थिए। अर्को १ जना केटालाई भेरी नदी किनारबाट केही व्यक्तिहरुले पिट्दै सडक बाटो तर्फ धकेल्दै हान्दै तान्दै ल्याउदै गरेका थिए। 

अन्य थुप्रै मानिसहरुले भेरी नदी बगरमा केही केटाहरुलाई कुटपिट गरिरहेको देखेपछि मैले के को झगडा हो ? किन मानिसलाई कुटपिट गरेको भनी हप्काई मेरो साथमा गएको प्र.ज. श्यामजंग शाहलाई सडक नजिक छोडी यी घाईते र कुटपिट गर्नेहरुलाई राम्रोसँग हेर्नु कसैलाई कुटपिट गर्न र भाग्न नदिनु भनी म सिधै नदी बगरमा पुग्दा ५ जना केटाहरुलाई केही व्यक्तिहरुले निर्घात कुटपिट गरिरहेका थिए। 

म पुग्दा निज व्यक्तिहरुले कुटपिट गर्न छाडे र घाईते मध्येका सुदिप खड्कालाई कसले तिमीहरुलाई कुटपिट गर्‍यो भनी सोधपुछ् गर्दा सोही स्थानमा रहेका सन्तोष मल्ल, टोप बहादुर मल्ल, परिवर्तित नाम ५६ रुकुम पश्चिम ३६(३) समेतका व्यक्तिहरुले म समेतका साथीहरुलाई लखेट्दै ढुङगा, मुढा, लाठी समेतले प्रहार गर्दै यहाँसम्म ल्याई निर्घात कुटपिट गरेका हुन भन्दै थिए। 

Ncell 2
Ncell 2

निजको नाक मुखबाट रगत समेत वगिरहेको थियो। निज रुदै थिए। नदी पारी पनि थुप्रै मानिसहरुको भेला जम्मा थियो। नदी तरेर गएका केटाहरुलाई समेत कुटपिट गरिरहेका थिए। मैले त्यहीं नजिकका व्यक्तिहरुलाई हप्काई नियन्त्रणमा लिएं र नदी पारीको भिडलाई नियन्त्रण गर्नका लागि मैले जिप्रका जाजरकोटलाई खबर गरिदिनु भनी संचार सेट मार्फत मेरो कार्यालयमा खबर गरे। 

त्यसको केही समय पछि अस्थायी प्रहरी पोष्ट होलु जाजरकोटबाट प्रहरीहरु आई तिनीहरुलाई नियन्त्रणमा लियौं। मैले नदीको बिच बगरमा भएका  घाइते ५ जना केटाहरुलाई सडकमा ल्याएपछि वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई देखेँ। मैले निजलाई तपाई जनप्रतिनिधी जस्तो मान्छे भएर पहिला मान्छे कुट्ने अनि प्रहरीलाई खबर गर्ने भनी घाईतेहरु मध्ये एक जनाको कपडा (भेष्ट) खोली लागेको निलडाम समेत देखाई दिएपछि निज वडा अध्यक्ष केही बोलेनन्। 
सडक बाटोमा घाईते अवस्थामा रहेका महेश कार्की समेतले हामीहरुलाई कुटपिट गर्ने उहाँ नै हो भनी वडा अध्यक्ष डम्बर बहादुर मल्ल समेतका केही व्यक्तिहरुलाई भन्दै थिए। 

सोही समयमा इलाका प्रहरी कार्यालय चौरजहारीको प्रहरी भ्यान समेत आई पुग्यो र उक्त भ्यानलाई जाजरकोट साइडमा रहेका घाईतेहरुलाई लिन कालेगाउँ पुल नजिक पठाई चाइना बगर साइडबाट चौरजहारीतर्फ आउँदै गरेको भौतिक पुर्वाधारको गाडीमा भेरी नदीको बिच बगरमा फेला परेका ५ जना घाइते र सडक बाटो नजिक रहेका २ जना गरी ७ जना घाईतेलाई सोही गाडीमा राखी मैले उपचारको लागि मानव बिकास सामुदायिक अस्पताल चौरजहारी पुर्‍याएँ।

उपचार तथा सोधपुर्छ गर्दा जाजरकोटबाट सोती गाउँमा नवराज बिक समेत १८ जना केटाहरु आएको अवस्थामा गाउँलेहरुले ढुङ्गा मुढा समेतले प्रहार गरी लखेट्दै भेरी नदीमा पुर्‍याई निर्घात कुटपिट समेत गरी केही साथीहरु बेपत्ता भएका छन् भनेका थिए।

सोही दिनको राती अन्दाजी ८÷९ बजेको समयमा सोही भेरी नदीमा नवराज बिकको लाश फेला परेको थाहा पाएको हुँ। अन्य ५ जना बेपत्ता भएको र भेरी नदी तरी पारी गएका ५ जना केटाहरुलाई जाजरकोटबाट आएको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि ईप्रका चौरजहारीको गाडीमा पठाएपछि जम्मा घाइते १२ जना भएको थाहा पाएको हुँ। 

घटना बारेमा बुझ्दा जाजरकोटबाट आएका नवराज बिक समेतका १८ जना केटाहरुलाई सोती गाउँका मानिसहरुले ढुङ्गा मुढा समेतले प्रहार गर्दै छेका हाली भेरी नदीमा पुर्‍याई कुटपिट समेत गरी घाइते मध्येका केही साथीहरु भेरी नदीमा मृत अवस्थामा फेला परेको थाहा पाएको हुँ। 

घटनाको सूचना दिने व्यक्तिले सही स्थान पहिचान नगरी सूचना दिएकोले वास्तविक घटनास्थलमा पुग्न नै करिब १२÷१५ मिनेट भन्दा बढी ढिलो भएकोले ६ जना व्यक्तिहरुको ज्यानै गएको र १२ जना घाइते भएका हुन् भन्ने समेत व्यहोराको कागज।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:५२
  • #रुकुम_हत्याकाण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ प्युठानमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार... शनिबार, जेठ २४, २०८२
आगलागीबाट ३० पसल जलेर नष्ट, पीडितलाई राहत उपलब्ध गराउन माग बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका... शनिबार, जेठ २४, २०८२
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ ।... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्