काठमाडौँ– जबरजस्ती करणी गरेको अभियोगमा प्युठान र धादिङमा दुई जना पक्राउ परेका छन्।
प्युठानमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यता, धादिङमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।