• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नागरिकता विधेयक : संशोधन र थप भए यी १५ व्यवस्था
64x64
डिबी खड्का आइतबार, असार ७, २०७७  २१:२६
1140x725

काठमाडौं- नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको छ। २०७५ भदौ ५ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको विधेयक आइतबार बहुमतबाट पारित भएको हो।

नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा राष्ट्रिय सहमति खोज्नमा मात्रै समितिले एक वर्ष खर्च गर्‍यो। तर, सहमति हुन नसकेपछि नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीको असहमतिका बाबजुद बहुमतबाट पारित भएको छ। 

संविधान अनुकुल र समय सापेक्ष बनाउन सरकारले ल्याएको विधेयकमा ६९ सांसदले एक सय दुई संशोधन प्रस्ताव दर्ता गराएका थिए। त्यसमध्ये विवाहित अंगीकृतको विषय पनि एक थियो। अन्य विषयमा सहमति भएपनि यसमा सहमति जुटाउन समितिलाई सकस पर्‍यो। समितिको सचिवालयले ल्याएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विषयमा सत्तारुढ दल नेकपाले सहमति जनाएपछि बहुमतले पारित भयो। कांग्रेस र जसपा भने नेपाल नागरिकता ऐन, २०६३ कै प्रावधानका पक्षमा उभिए। जहाँ महिलालाई वैवाहिक अंगीकृत नागरिकता लिन कुनै समयावधि तोकिएको छैन। 

नागरिकता विधेयकमा यसबाहेक पनि विभिन्न संशोधन भएका छन्। केही प्रावधान नागरिकता ऐन, २०६३ भन्दा फरक समेत थपिएका छन्। 

नागरिकता विधेयकका १५ नयाँ व्यवस्था
वैवाहिक अंगीकृत नागरिकताको विषय सबैभन्दा बढी विवादित भयो र विवाद टुंग्याउन समितिले लामो समय खर्च समेत गर्‍यो। समिति र संसदमा बहुमत भएको नेकपाले समर्थन गरेका कारण ७ वर्षसम्म नेपाली नागरिसँग विवाह गरेर आएकी विदेशी महिलालाई नागरिकता नदिने व्यवस्था नयाँ नेपाल नागरिकता ऐनमा पाइनेछ। नागरिकता विकल्पमा राजनीतिक अधिकार नभएको आवासीय कार्डको व्यवस्था गरिएको छ। 

तर, उक्त विधेयकमा अन्य १४ नयाँ व्यवस्था संशोधन गरेर थपिएका छन्। अन्य १४ प्रावधानमा भने सबै दल एकमत छन्। त्यसैले ऐनमा यी विषय नै रहने पक्कापक्की जस्तै छ। 

मूल ऐन (नागरिकता ऐन २०६३) को दफा ३ मा संशोधन गरी उपदफा ४, ५, ६, ७ र ८ थपिएका छन्। जसमध्ये उपदफा ४ मा २०६५ साल मंसिर ९ गतेभित्र निवेदन दिई नेपालको संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ। 

यसैगरी उपदफा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ तर बाबु विदेशी नागरिक भएको व्यक्तिले अंगीकृत नागरिकता प्राप्त गर्ने सहमति समितिले जुटाएको छ। 

उपदफा ५ बमोजिम नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी रहेको ठहर भएमा उसले वंशजका आधारमा लिएको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ। निजले बाबुको नागरिकताका आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा उक्त नागरिकतालाई अंगीकृत नागरिकतामा परिणत गरिने प्रावधान राखिएको छ। 

नेपालभित्र फेला परेको तर पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिले वंशजको आधारमा नागरिकता लिने व्यवस्था छ। बाबु वा आमा पत्ता लागेपछि यदि वंशजको आधारमा नागरिकता दिन सकिने भएमा कायम राख्ने, अंगीकृत हुने भएमा अंगीकृत बनाउने र नेपाली नागरिक नै नहुने अवस्था भएमा रद्द गर्ने सहमति भएको छ। 

यसैगरी बाबुको पहिचान नभएको व्यहोरा उल्लेख भएकामा त्यस्तो नागरिकता प्राप्त गर्ने व्यक्तिको बाबुको नाम रहेको महलमा कुनै व्यहोरा उल्लेख नगरी नागरिकताको प्रमाणपत्र लिन सकिने व्यवस्था गरिएको छ। 

सार्कबाहेकका देशमा बसोबास गरेको र विगतमा वंशज र जन्मका आधारमा बाबु वा आमा वा बाजेबज्यैले नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक, अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

मूल ऐनको दफा ७ (क) र विधेयकको दफा ५ मा रहेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्थामा उपदफा ३ थप्ने भनिएको छ। यो प्रावधानअनुसार नागरिकता पाउने व्यक्तिले नेपालमा बोलिने कुनै मातृभाषा बोल्न जानेको हुनुपर्ने उल्लेख छ। 

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा बाबु र आमा नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था छ। समितिले उपनाम वा आफ्नो समुदायभित्रको कुनै थर राखेरसमेत नागरिकता लिन पाउने व्यवस्था पनि भएको छ। 

नागरिकतामा भएको त्रुटीमा उमेर सच्याउन चाहनेले नागरिकता जारी भएको एक वर्षभित्र एकपटकका लागि सच्याउन सक्नेछ भने अन्य विवरण पनि एकपटक सच्याउन सकिने गरी विधेयक संशोधन भएको छ। विधेयकमा नागरिकताको लिङ्ग उल्लेख भएको महलमा महिला, पुरुष वा अन्य मात्रै उल्लेख हुनुपर्ने कुरामा संशोधन गरी तेस्रो लिङ्गीको लैङ्गिक पहिचान समेत खुलाउनुपर्ने व्यवस्था समितिले गरेको छ। 

अब विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गरी माइतीकै थर, वतन वा अन्य विवरण राख्न पाइने भएको छ। पहिलेको नागरिकता झिकेर नयाँ दिइने व्यवस्था गरिएको छ। 

विदेशी नागरिकसँग विवाह गरेको नेपाली नागरिकका हकमा पति वा पत्नीको देशको नागरिकतासरहको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएका भए वा त्याग गरेको प्रमाणको आधारमा नागरिकता पाउने व्यवस्था थपिएको छ। 

नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको आमाले स्वघोषणा गरेपछि छोराछोरीले नागरिकता पाउने, आमाको पनि मृत्यु भइसकेको वा होस ठेगाना नभएको अवस्थामा नागरिकता लिने व्यक्तिले स्वघोषणा गरेका आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ। 

बालमन्दिर, अनाथालयजस्ता सरकारबाट मान्ता प्राप्त संस्थामा हुर्केकालाई त्यस्तो संस्था सिफारिस र सोको आधारमा स्थानीय तहले गरेको सिफारिसमा नागरिकता दिइने व्यवस्था पनि संशोधनबाट गरिएको छ। 

छलफलमै सीमित ‘ज्वाइँ नागरिक’
नेपाली महिलासँग विवाह गरेर आएका विदेशी पुरुषलाई नागरिकता दिने वा नदिने भन्ने विषयमा धेरै छलफल भयो। यो विषयलाई लिएर महिला अधिकार क्षेत्रमा काम गर्नेहरुले धेरै बहस गरे। समिति सचिवालयले समेत उक्त विषयलाई कानुनमा समेट्ने प्रयास अन्तिम समयमसम्म गर्‍यो। 

तर, समितिका केही सदस्यहरुको तीव्र विरोध र कानुनविदहरुले संविधानले नै ‘ज्वाइँ नचिन्ने’ भन्ने सल्लाह दिएपछि हटाइएको छ। त्यसअघि समितिले तयार पारेको प्रतिवेदनमा भने ‘नेपाली महिला नागरिकसँग विवाह गरेका विदेशी नागरिकले सबै शर्त र अवस्थामा पूरा गरेमा निजलाई तोकिए बमोजिम अंगीकृत नागरिकता प्रदान गर्न सकिने’ प्रस्ताव ल्याएको थियो। 

मुख्य विवादलाई बहुमतबाट पारित गरेर भएपनि अघि बढाइएको विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी गराइन्। विधेयक पास नहुँदा संविधानअनुसार नागरिकता प्राप्त गर्ने व्यक्तिले समेत नागरिकता नपाएको गुनासो बढेको छ। नागरिकता नपाउँदा उनीहरुको आर्थिक र शैक्षिक प्रगतिसमेत रोकिएको भन्दै चाँडो भन्दा चाँडो विधेयक अघि बढाउने दबाब समितिमाथि थियो। 

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २१:२६
  • #नागरिकता
  • #वैवाहिक-अंगीकृत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्