काठमाडौं- बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिनका लागि ५ सय रूपैयाँ शुल्क तोकेको छ। सबै वर्गका लाइसेन्सको आवेदनका लागि सेवाग्राहीले ५ सय रूपैयाँ बुझाउनुपर्ने भएको छ।
त्यस्तै प्रदेश सरकारले आर्थिक ऐन २०७७ मा वर्गअनुसार लाइसेन्सको नवीकरण शुल्क र वर्ग थपका लागि लाग्ने दस्तुर तय गरेको छ। वर्गअनुसार नवीकरणका लागि १५ सयदेखि ३ हजार रूपैयाँसम्म लाग्नेछ।
त्यसैगरी वर्ग थप गर्न चाहले लाइसेन्सवाहकले थप गर्ने वर्गअनुसार ५ सयदेखि १ हजार रूपैयाँसम्म शुल्क लाग्ने व्यवस्था बागमती प्रदेश सरकारले गरेको छ। यो व्यवस्था बिहीबारदेखि कार्यान्वयनमा आउनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।