काठमाडौं– सरकारले लामो दूरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यकाबाट बाहिरिने नाकामा चहलपहल हुन थालेको छ। कलंकी, कोटेश्वरलगायतका क्षेत्रबाट लामो दूरीका गाडी चल्न थालेका हुन्। यद्यपि यात्रुहरुको उपस्थिति भने न्यून छ।
बुधबार यातायात व्यवसायी, मजदूर युनियन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको छलफलपछि व्यवसायीहरु लामो दूरीका बस चलाउन तयार भएका थिए।
मन्त्रालयले यातायात व्यवस्था विभागलाई स्वास्थ्य मापदण्ड र भाडा लगायतको विषयमा मापदण्ड बनाउन जिम्मा दिएको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।