काठमाडौं–रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको छ। २०७२ काे भूकम्पका कारण क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको मन्दिरमा धार्मिक विधिअनुसार गजुर प्रतिस्थापन गरिएको हो। २३ केजी तामा प्रयोग गरेर बनाएको गजुरमा करिब ३३ तोला सुनको जलप लगाइएको छ। गजुरको उचाइ करिब ७ फिट छ।
विवादका कारण रानीपोखरी पुनर्निर्माण लामो समयदेखि अलपत्र हुँदै आएको थियो। पोखरीमा कंक्रिट प्रयोग भएपछि पुरातात्विक शैलीबाट निर्माण हुनुपर्ने भन्दै लामो समय पुनर्निर्माण रोकिएको थियो। महानगरले व्यापारिक प्रयोजनका लागि रानीपोखरी प्रयोग गर्न खोज्दा धेरै विवाद भएको थियो।
तिहारको भाइटीकाको दिनमात्र खुल्ने बालगोपालेश्वर मन्दिर पनि चार वर्षदेखि अलपत्र थियो। यसलाई पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्ने पक्षमा पुरातत्वविदहरु रहेका थिए। त्यसपछि पूरानै शैलीमा यसको पुनर्निर्माण गरिएको हो। अब मन्दिर तिहारको भाइटीकाका दिन खुल्न सक्ने देखिएको छ।















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।