काठमाडौं- डा गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएकाे छ। सरकार डा केसीको माग र जीवनरक्षाप्रति उदासिन देखिएको भन्दै प्रदर्शन आयोजना गरिएको हो।
माइतीघरमा जारी प्रदर्शनमा 'माफियाको समाजवाद, यती ओम्नी मार्सी भात', 'सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन', 'डा केसीको माग पूरा गर', 'डा केसीको जीवन रक्षा गर', 'दूरदराजमा मेडिकल शिक्षा खै?', 'लुटतन्त्र बन्द गर' लगायतका नारा लगाइएका छन्।
सरकार र डा केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो। बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाइ छ।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।