• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
मृत्युदण्ड : अपराध न्यूनीकरणको गलत उपचार
64x64
भानु बोखिम मंगलबार, असोज २७, २०७७  ०८:१०
1140x725

पछिल्लो समयका एसिड आक्रमण र बलात्कारको घटनासँगै अपराधीलाई मृत्युदण्डको चर्चा बढेको छ। मृत्युदण्डको माग गर्नेमा सांसददेखि प्रदेश २ का मुख्यमन्त्रीसम्म देखिएका छन्। निश्चय नै अपराधीलाई कडा सजाय दिनुपर्छ। तर कडा सजायले नै अपराध घटाउँछ त? 

अपराध न्यूनीकरणका लागि कडा सजाय पनि आवश्यक छ। निश्चय नै अपराध विकृत आवेगको परिणाम हो। तर कडा सजायले मात्र अपराध घटाउँदैन। आवेगका बेला कोही पनि कानुनी व्यवस्था र सजाय मात्र सम्झेर बस्दैन। तर मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्छ भन्नेहरु मर्ने डरमा मानिसले अपराध गर्दैनन् भनेर बुझेका छन्। मर्न मात्र किन? जेल जानकै निम्ति पनि मानिसले डराउनु पर्ने हो नि। जेल त हाम्रो कानुनले पठाउँछ नै।

तै पनि समाजमा अपराध र कुकर्म रोकिएको छैन। यसको अर्थ हो कि कानुनले अपराधलाई नियन्त्रण गर्छ तर कानुनले मात्र अपराध नियन्त्रण गर्दैन। अपराध नियन्त्रणका लागि राज्यले कानुन बनाएर मात्र सुख पाउदैन। अपराधका कारणहरुलाई पनि सम्बोधन गर्नुपर्छ, जो राज्यले गरिरहेको छैन। 

अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेका कारण पनि हामीले मृत्युदण्डको व्यवस्था गर्न सक्दैनौँ। कानुनमा २०४७ सालपछि हामी अग्रगामी कदम चाल्छौँ भन्दै आएका छौँ। विश्वमा धेरै देशले मृत्यदण्डको व्यवस्था हटाउँदै लगिरहेका बेला मृत्युदण्डको माग पश्चगामी कदम हो। यो छलफल बहसको पाटो होला तर मृत्यदण्डको कानुनी व्यवस्था गर्नुपर्छ भन्दै गर्दा, कानुनबारे पुरानो र विश्वव्यापी मान्यता र त्यसका सीमालाई मध्यनजर गर्नैपर्छ। कानुनले सय जना अपराधी छुटोस् तर एकजना पनि निर्दोष नपरोस् भन्छ। तर न्याय सम्पादनका आफ्नै सीमाहरु छन्। 

अपराध नियन्त्रणका लागि राज्यले कानुन बनाएर मात्र सुख पाउदैन। अपराधका कारणहरुलाई पनि सम्बोधन गर्नुपर्छ, जो राज्यले गरिरहेको छैन। 

विश्वका अदालतले न्याय सम्पादन गर्ने क्रममा धेरै निर्दोषलाई दोषी करार गरेका छन्। कतिले नखाएको बिष आफ्नो शरीरमा बोकेर बाँचेका छन्। कतिले अदालती प्रकृयाबाटै  वर्षौपछि पुनः न्याय पाएका छन्। यसरी न्याय पाउँदा पनि कतिले फेरि बाह्य संसार देख्न पाएका छैनन्। कारण सम्बन्धित देशले गरेको मृत्युदण्डको व्यवस्था हो। संसारमा त्यस्ता निर्दोषहरु धेरै छन् जसलाई अपराधी करार गरेर फासीको फन्दामा पुर्‍याइयाे। उनीहरु पुन: निर्दोष साबित भएको दिन उनीहरुको प्राण फर्काउन सकिएको थिएन। तसर्थ कानुनी निर्णयमा त्रुटी हुन सक्छ। कानुनी त्रुटी सच्याउने कानुनसम्मत विधि तथा अदालती प्रकृयाबाटै हो। तर निर्णय सच्याएर खोसिएको प्राण भने फिर्ता आउँदैन। 

नेपालको यथार्थमा पनि निर्दोषहरु फसेका कैयौं समाचार छन्। निर्दोष दुई तरिकाले फसेको देखिन्छ। एक कानुन र विधीको पहरेदारले नै कसैलाई जोगाउन निरीह मान्छेलाई दोष करार गर्छन्। शक्ति र सत्ताको आडमा अपराधीलाई जोगाउन अपराधको श्रृंखला चल्नु हामीजस्तो तेश्रो विश्वको विशेषता नै हो। अर्कोतिर अपराध अनुसन्धान र निर्णय प्रकृया कुनै यान्त्रिक काम हैन। कुनै सूत्रद्वारा पुरा हुने क्रियाकलाप पनि हैन। मानिसकै ज्ञान, अनुभव, खुबी र विवेकले गर्ने काम हो, जो सधै सही र सफल हुन्छ भन्ने हुँदैन। यस्तो बेला निर्दोषहरु फस्ने सम्भावना छ।

केही वर्ष अघि पूर्वी नेपालको भोजपुर वा खोटांगतिरको एउटा समाचार आएको थियो। त्यहाँ कोही मान्छे हरायो। परिवारले हराएको आफन्तको हत्या भएको आशंका गरे। अनि केही मान्छेलाई हत्याराको आरोप लगाए। प्रहरीले ती मानिसलाई गिरफ्तार गर्‍यो। गिरफ्तार गरिएकाले आफ्नो अपराध पनि कबुल गरे। केही समयपछि हत्या भयो भनिएको मानिस गाउँमै देखिए। त्यसपछि अपराध कबुल गरेकाहरु स्वतः निर्दोष सावित भएर बाहिर आए। बाहिर आएपछि उनीहरुले प्रहरीको यातना खप्न नसकेर नमारे पनि मारेको भनेर कबुल गरेको बताएका थिए।

प्रहरीले अनुसन्धान कसरी गर्ने? वा अनुसन्धानको क्रममा यातना दिन पाइँदैन भन्ने छ। तर व्यवहारमा सधैं लागू हुन्छ भन्न सकिँदैन। प्रहरीको अनुसन्धान पद्धति, निर्णय प्रक्रियामा हुने त्रुटिका कारण पनि मृत्युदण्ड ठीक छैन। गलत निर्णय प्रक्रियाका कारण कोही निर्दोषले ज्यान गुमाए फेरि फर्काउन सकिदैन। 

बलात्कारीलाई मृत्यदण्डको व्यवस्था गर्दैमा बलात्कार घट्दैन। समाजमा बलात्कार बढ्नुमा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक पक्षको भूमिका हुन्छ।

अर्कोतिर मृत्युदण्डले अपराध घटाउँदैन भन्ने उदाहरण हाम्रै वरिपरी छ। निश्चय नै मृत्युदण्डको कानुनी व्यवस्था हाम्रो संविधानले परिकल्पना गरेको छैन। २०१९ सालको संविधानले पनि मृत्युदण्डको परिकल्पना गरेको थिएन। तर पञ्चायतमा धेरैलाई मृत्यदण्ड दिईयो । ४७ साल पछिको कुनै पनि संविधानले मृत्युदण्डको परिकल्पना त गरेको छैन। तर धेरै अपराधीहरु प्रहरी ईन्काउन्टरमा मारिएका छन्। बालक अपहरणकारीको नाममा ईन्काउन्टर गरिएको छ। केही गुन्डाहरु मारिएका छन्। तर त्यसरी मारिँदैमा गुन्डागर्दी रोकिएको छैन। गुन्डागर्दी नरोकिनुको कारण त्यसको निम्ति अनुकुल माहाेल तथा वातावरण नै हो। 

बलात्कारीलाई मृत्यदण्डको व्यवस्था गर्दैमा बलात्कार घट्दैन। समाजमा बलात्कार बढ्नुमा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक पक्षको भूमिका हुन्छ। यी पक्षहरुले माहाेल सृजना गरिरहेका हुन्छन्। जस्तो माहाेल वा वातावरण निर्माण हुन्छन्, त्यही अनुरुपका घटना समाज तथा समुदायमा घट्छन्। तसर्थ, हामीले समाजमा त्यो माहाेल स्थापित गर्न जरुरी छ, जसको कारण मानिसमा सकारात्मक सोचको विकास हुन्छ। आपराधिक मनोवृत्ति घट्दै जान्छ। यसका लागि कुनै पनि आपराधिक घटनाको पछाडि लुकेको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक पक्षलाई केलाउन जरुरी छ। 

पछिल्लो समय चर्चामा आएका बझांग र सप्तरीका दुई घटनालाई नियालौ। बझांगमा एक दलित बालिकाको बलात्कारपछि हत्या भयो। बलात्कारीले पहिले पनि त्यस्तै अपराध गरेको थियो। तर समाजले नै थोरै रकम जरिवाना गराएर घटनालाई रफादफा गर्‍याे। परिणामत: अपराधीले पुनः अपराध दोहोर्‍यायाे र १२ वर्षीया बालिकाले जीवन गुमाइन्। सप्तरीमा चार किशोरले एक किशोरीको बलात्कार गरे। किशोरीले समाजमा कुरा राखिन्, तर समाजले कानुनी उपचार खोज्ने भन्दा पनि गाउँमै मिलाउने प्रयत्न गर्‍याे। परिणामत: बलात्कृत किशोरीले आत्महत्या गरिन्।

हाम्रो समाजले अझै पनि बलात्कार वा कुनै पनि आपराधिक घटनालाई अपराधभन्दा बढी समाजको ईज्जतसँग जोड्छ। अनि समाजमै गुपचुप मिलाउन खोज्छ। यसले समाजमा रहेका जो सुकैको आपराधिक मनोवृत्तिलाई मलजल गर्छ।

यी घटनाबाट सिंगो समाजले नै अपराधलाई मलजल गरिरहेको देखिन्छ। हाम्रो समाजले अझै पनि बलात्कार वा कुनै पनि आपराधिक घटनालाई अपराधभन्दा बढी समाजको ईज्जतसँग जोड्छ। अनि समाजमै गुपचुप मिलाउन खोज्छ। यसले समाजमा रहेका जो सुकैको आपराधिक मनोवृत्तिलाई मलजल गर्छ। यी कुराहरु हाम्रा सामाजिक र साँस्कृतिक पक्ष हुन्। अझ बलात्कारको केशमा गल्ती पुरुषको हुन्छ तर जीवन महिलालाई लगाउने गरिन्छ। यही डरका कारण महिला तथा महिलाको परिवार कानुनी उपचार खोज्न असमर्थ हुन्छन्।

आर्थिक र राजनीतिक कारणले पनि यस्ता अपराध भइरहेका छन्। पैसा हुने र राजनीतिक पँहुच हुनेले यस्तो घटना भित्रभित्रै रफादफा गरिदिन्छु भन्ने विस्वासमा छन्। त्यसैले हामीले मृत्युदण्ड भनेर उफ्रिँदै गर्दा, हाम्रो समाजको चेतनास्तर साथै, यसका विभिन्न पक्षलाई नियाल्नु जरुरी छ। हाम्रो समाज विवेक कम आवेग र सनकमा बढी चल्ने समाज हो। हाम्रो समाज आफूलाई नै श्रेष्ठ ठान्ने र सहअस्तित्वलाई नस्वीकार्ने समाज हो। हाम्रो समाजमा लिंगको आधारमा समानता छैन। समुदायको सँस्कृतिमा पुनरावलोकन जरुरी देखिन्छ। धर्म र सँस्कृतिको आडमा उचनीचको विभेद कायम छ। जबसम्म सहअस्तित्व र समानताको भावना हुँदैन, त्यस्तो समाजमा विवेक बन्धक रहन पुग्छ। आवेग र सनक प्रस्फुटित हुने समाजमा अपराध घट्नु नौलो कार्य हैन। 

आपराधिक घटना अधिक हुनु भनेको समाज सभ्य र विवेकी छैन भन्ने प्रमाण हो। सभ्यपन र विवेक कुनै विश्वविद्यालयको प्रमाणपत्रले मात्र दिँदैन। यसका लागि सिंगो समाज, समुदाय र राज्यको प्रयास चाहिन्छ। समानता र सहअस्तित्वकाे बोधले मात्र सभ्य समाज निर्माण हुन्छ, कडा कानुनले मात्र हुँदैन। 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडितस गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
मधेस प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित आइतबार, असार २२, २०८२
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद आइतबार, असार २२, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडितस गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडितस गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्