काठमाडौं- जेसिबी ब्रान्डका हेभि इक्विपमेन्टको नेपालका लागि आधिकारी विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत आफ्नो नयाँ एक्साभेटर जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ।
कोभिड–१९ ले निम्त्याएको जोखिमलाई ध्यानमा राखेर गरिएको भर्चुअल लन्चलाई जेसिबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको थियो। नयाँ एक्साभेटर नेपालको कठोर भू-बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभल फिचर’हरु रहेको कम्पनीको दाबी छ।
नयाँ जेसिबी एनएक्सटी २२१ एलसी २१.५ टनको शक्तिशाली एक्साभेटर हो जसले १३०० आरपिएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ। पावर बुस्ट विशेषतासहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ। बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ।
साथै, यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ। बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पुर्याउँछ। यसमा ७ इन्चको एलसिडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट लगायत जानकारी दिन्छ।
नयाँ एक्साभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभलिङ्क जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ। यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुल्ला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोल जस्ता विशेषता छन्।
३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थ भएको यो मेसिन बढी ‘स्टेबल’ छ। हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ। फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ। साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ, जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिक एक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिटजस्ता सूचना दिन्छ।
यो मेसिन विशेषगरी नेपाली एक्साभेटर बजारलाई लक्षित गरी निर्माण गरिएको भएकाले यसले मेसिनको उत्पादकत्व, फ्युल इफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। देश निर्माण कार्यमा यो नयाँ एक्साभेटरले ‘गेम चेन्जर’ सावित हुने विश्वास कम्पनीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।