काठमाडौं–काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि नवरात्रीमा पनि यहाँका शक्तिपीठ सुनसान देखिएका छन्।
उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन्। विगतमा यी शक्तिपीठमा आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गथ्र्यो। यिनमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ। तर कोरोना भाइरसका कारण शक्तिपीठहरु सर्वसाधारणका लागि बन्द गरिएका छन्। यिनमा पुजारीले नित्य पूजा एवं आरती गर्नेछन्।
अधिकांश शक्तिपीठमा सुरक्षाकर्मी तैनाथ गरिएका छन्। उनीहरुले भक्तजनहरुलाई मन्दिर प्रवेश गर्न दिएका छैनन्। अधिकांश बाहिरबाट बन्द गरिएका छन्। भद्रकालीमा भने श्रद्धालुहरुको लाइन देखिएको छ। यद्यपि त्यहाँ मूल मन्दिर भने बन्द गरिएको छ।











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।