• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओली 'स्टन्ट' हो कि फुटकै संघारमा पुग्यो नेकपा?
64x64
डिबी खड्का आइतबार, कात्तिक १६, २०७७  १९:१३
1140x725

काठमाडौं- नेकपा महासचिव विष्णु पौडेल पार्टीभित्रको अन्तर्संघर्षलाई स्वभाविक रूपमा लिने नेतामा पर्छन्। केही महिनाअघि नेकपाको विवाद उत्कर्षमा थियो। त्यो समयमा उनले नेपाल लाइभसँग भनेका थिए, ‘फरक पृष्ठभूमिबाट एकठाउँ आइपुगेका हामीसँग आ–आफ्नौ अनुभव छन्। आ–आफ्नै यात्राका शृंखला छन्। एकताबद्ध भएर अघि बढ्दा कठिनाइ र जटिला देखिनु स्वभाविक हो।’

आम कार्यकर्तामाझ पार्टी फुटको संघारमा पुगेको सन्देश प्रवाह भइसकेको समयलाई स्वभाविक रुपमा लिएका महासचिव पौडेलले नेकपाको वर्तमान अवस्थालाई चाहिँ संकटका रुपमा अर्थ्याए। उनले आइतबार दिउसो फेसबुकमा लेखे, ‘आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ।’ 

पार्टीभित्र र बाहिर उनको यो भाष्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यही बीच प्रचण्डले आफूनिकटको भेला बोलाएर प्रधानमन्त्री ओलीले 'अलग–अलग पार्टी चलाउन प्रस्ताव गरेको' ब्रिफिङ गरेका छन्। ओलीपक्षीय नेता पौडेलको स्टाटस र प्रचण्डको ब्रिफिङले नेकपा कार्यकर्तामा पार्टी फुटकै संघारमा पुगेको त होइन? भन्ने सन्देह पैदा भएको छ।

फुटकै संघारमा पुगेको हो नेकपा?
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच रहेको अन्तर्संघर्षको आगो लामो समयदेखि बल्दै र निभ्दै गरिरहेको छ। कहिले दन्केर पार्टी एकतामै आगलागी होला जस्तो हुन्छ त कहिले खरानीसमेत नदेखिने गरी चिसो। यतिबेला फेरि असमझदारी बढेको देखिन्छ। कारण अनेक छन्। केही पुरानै तुष बाँकी छन्। केही विषय नयाँ छन्। यसले केही दिन संवादहीनताको अवस्थामा समेत आयो। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू निकटस्थ चारजना नेताहरुलाई लगालग दूत बनाएर पठाए। यसले अध्यक्षद्वयको संवादहीनताको अन्त्य भयो। शनिबार दुई नेताबीच बालुवाटारमा भेटवार्ता भयो। 

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन तयार रहेको बताएका छन्। भेटका विषयमा आफू निकट नेताहरुसँग गरेको छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने संकेत गरेको प्रचण्डले बताएका छन्। यसको पुष्टि नेकपा प्रवक्ता नारायणकाजी गरेका छन्। 

भेटका क्रममा भएको कुरालाई लिएर प्रचण्डले खुमलटारमा आइतबार बिहान आफूनिकट नेताहरुलाई भेला गरेका थिए। प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘तपाईं बहुमतको निर्णय भन्नुहुन्छ। के भन्नुहुन्छ। त्यो गर्न सकिएन। अब अलग-अलग पार्टी चलाऔं। सँगै बसेर काम गर्न सकिएन।’

खुमलटारको छलफलमा ९ जना सचिवालय सदस्यमध्ये ६ जना बिहान ११ बजे नै खुमलटार पुगेका थिए। छलफलमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासमेत सहभागी थिए। 

दुई नेताको भेटवार्ताको पृष्ठभूमि निर्माणमा सक्रिय भएर लागेका नेतामध्य एक नेकपा महासचिव समेत रहेका अर्थमन्त्री पौडेल हुन्। उनले एकदिन प्रचण्डनिवास खुमलटार पुगेरै भेटे भने अन्य दिनमा पनि निरन्तर सम्पर्क गरिरहेको उनी निकट नेकपाका एक नेता बताउँछन्। ती नेताको भनाई छ, ‘उहाँले अध्यक्षद्वयको बुझाइ, विमति र वर्तमान अवस्थालाई राम्ररी केलाउनुभएको छ। त्यही अनुसारको निष्कर्ष सार्वजनिक गर्नुभएको हो।’ त्यसैले महासचिव पौडेलको उक्त विषयलाई एउटा सामान्य अभिव्यक्तिका रुपमा नलिएर नेकपा कता जाँदैछ भन्ने कुराको संकेतका रुपमा बुझ्नुपर्ने उनी बताउँछन्। 

आफूहरु सक्रिय हुँदा मात्रै संकट टार्न सकिने अवस्था कमजोर भएपछि पौडेलले कार्यकर्तालाई सम्भावित संकटको संकेत दिएको र खबरदारीका लागि जुट्न आह्वान गरेको उनी बताउँछन्। पौडेलले भनेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन। तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।’

नेकपा वरिष्ठ नेता माधव नेपाल निकट नेता विष्णु रिजाल पनि महासचिवको अभिव्यक्तिले आफूहरुलाई झस्काएको बताउँछन्। उनले भने,  ‘उहाँ सामान्य अवस्थामा यस्तो अभिव्यक्ति दिन रुचाउने व्यक्ति होइन। त्यसैले उहाँले दिएको यो संकेतलाई सहज रुपमा लिन सकिँदैन।’

दिउँसो यस्तो अभिव्यक्ति दिएका नेता पौडेल बेलुकी अर्का नेता वर्षमान पुनसहित प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। त्यहाँ पुगेर आफूहरूले प्रचण्डलाई पार्टी एकता जोगाउन आग्रह गरेको नेता पुनले बताएका छन्। 

कि ओलीको स्टन्ट मात्र हो? 
नेकपाभित्र अर्को एउटा समूह छ, जसले यसलाई प्रधानमन्त्री ओलीको ‘स्टन्ट’का रुपमा बुझेको छ। आफूलाई अप्ठ्यारो परेका बेला गम्भीर अवस्था आएको सन्देश प्रवाह गरेर विषयान्तर गर्ने ओलीको पुरानै स्वभाव रहेको उनीहरुको ठम्याइ छ। केही समयअघि पनि हस्ताक्षर संकलन गर्ने तथा फुटको हल्ला चलाउने काम उक्त समूहले गरेको दृष्टान्त अघि सार्छन् ती नेताहरू। 

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डनिकट नेता मातृका यादव पनि यसलाई 'स्टन्ट' मात्र ठान्छन्। उनी भन्छन्, ‘पार्टीमा समस्या छन्। सबैलाई थाहा छ। तर, यो स्तरको संकट आइसकेको जस्तो लाग्दैन। उहाँहरु एउटा स्टन्ट निकाल्नुहुन्छ। त्यसैको प्रचारबाजी गर्नुहुन्छ।’

केन्द्रमा नेकपाका अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको गठजोडलाई निरन्तर पेलिरहेका छन्। पेलाईविरुद्ध केन्द्रमा भए/गरेका सबै प्रयास प्रधानमन्त्री ओलीले निस्तेज पारिरहेका छन्। 

केन्द्रमा निरन्तर संकटमा परेर चिप्लिरहेको प्रचण्ड–माधव गठजोडले यतिबेला खुट्टा टेक्ने ठाउँ पाएको छ। त्यो हो कर्णाली प्रदेश। केन्द्रका शीर्ष नेताहरुमा कलह रहेकै बेला कर्णालीमा प्रधानमन्त्री केपी ओली पक्षले गरेको विद्रोह आत्मघाती हुने संकेत देखिएको छ। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वास प्रस्तावबाट हटाउने कदमले यतिबेला कर्णालीमा ओलीगुट आफैं अप्ठ्यारोमा छ। पूर्व माओवादी केन्द्र निकट मुख्यमन्त्री शाहीलाई पूर्व एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहले साथ दिएको छ। त्यही बलमा ओलीनिकट मन्त्रीहरु बर्खास्त गर्ने तयारीमा मुख्यमन्त्री शाही लागेका छन्। जुन ओलीगुटका लागि सह्य विषय हुन सक्दैन। त्यसैले उनले प्रचण्डसँगको भेटमा 'तपाईंहरु बहुमतको निर्णय भन्नुहुन्छ। जुन मान्न जरुरी ठान्दिनँ' भनेका हुन्। 

अध्यक्ष ओली आफू निकटस्थ र आफ्नो गुटका नेता कार्यकर्ताविरुद्ध चालिने कुनै पनि कदमलाई सामान्य रुपमा लिँदैनन्। त्यसैले कर्णालीमा हुन लागेको यो राजनीतिक जोडघटाउलाई केन्द्रमा ल्याएर हिसाब मिलान गर्न खोजेको हुन सक्ने बुझाइ केही नेताको छ। महासचिव पौडेलले पनि त्यतातिर संकेत गरेको हुनसक्ने ओलीगुटकै एक नेता बताउँछन्। 

प्रचण्डनिकट नेता यादवले बुझे जस्तै यो स्टन्ट थियो भने ओली गुटलाई त्यसले केही दिनका लागि काम पनि गरेको छ। कर्णाली प्रदेशका ओली निकट दुई मन्त्री आइतबार नै हुने बर्खास्तीबाट जोगिएका छन्। पार्टीभित्र जटिलता उत्पन्न भएकाले उक्त कदम चाल्न कार्यकारी अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाहीलाई रोकेको प्रवक्ता श्रेष्ठ बताउँछन्। 

अविश्वास प्रस्तावको हल्ला र सक्रिय ओली समूह

नेकपा सहज अवस्थामा छैन भन्ने बुझाउने अन्य केही विषयहरु छन्। यतिबेला ओली समूहका प्रभावशाली नेताहरु काठमाडौं केन्द्रीत छन्। निरन्तर छलफलमा सहभागी भइरहेका छन्। ओली गुटका प्रभावशाली नेताहरुमा पर्ने तर काठमाडौं बाहिर कार्यस्थल भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका पृथ्वीसुब्बा गुरुङ काठमाडौंमै छन्। निरन्तर बालुवाटार ओहोरदोहोर गरिरहेका छन्। उनीहरुको सक्रियताले पनि नेकपामा समस्या उत्पन्न भएको छ। त्यसको समाधानको खोजी प्रधानमन्त्री ओलीले गरिरहेको बुझिएको छ।

यसैगरी नेकपा नेता कार्यकर्तामाझ भित्रभित्रै अर्को विषय भुसको आगो जस्तै फैलिरहेको छ। त्यो हो, प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी प्रचण्ड–माधव समूहले गरिरहेको छ। शनिबारदेखि त्यही हल्ला एक कदम अघि बढेको छ। ओली पक्षका नेताकार्यकर्तामा उक्त समूहले हस्ताक्षर संकलन नै थालिसकेको सन्देश प्रवाह हुन थालेको छ। ओली समूहका एक नेता भन्छन्, ‘बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेर राख्ने तयारी उहाँहरुले गर्नुभएको छ। त्यही देखाएर प्रधानमन्त्रीलाई तर्साइरहने उक्त गुटको योजना छ।’ 

यो विषयको आधिकारिता भने पुष्टि भइसकेको छैन। प्रधानमन्त्री ओलीले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण कार्यकारी अध्यक्ष प्रचण्ड आजित छन्। त्यसैले प्रधानमन्त्री ओलीलाई आफूसँग भएका सहमति कार्यान्वयन गराइछाड्ने विभिन्न उपायका विषयमा उनले छलफल पनि गरिरहेकै छन्। त्योमध्ये एउटा बहुमत सांसद आफ्नो पक्षमा पार्नु पनि हुन सक्ने प्रचण्डनिकट एक नेता बताउँछन्। उनको भनाइ छ, ‘उक्त विषय कार्यान्वयनकै तहमा अघि बढिसकेको चाहिँ नहुन पनि सक्छ तर छलफलका क्रममा खोजिएका अनेक उपायमध्य कसैले यो पनि सुझायो होला।’

शनिबारको भेटमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीसँग प्रधानमन्त्री पद मागेको पनि चर्चा चलेको छ। प्रचण्डलाई प्रधानमन्त्री सुम्पिन नसकिने भएकाले सम्भावित नतिजाका लागि तयारी गर्न आफूनिकट नेताहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएको ओली पक्षका नेताहरु बताउँछन्। ओली पक्षका ती नेताका दाबी छ,  'भेटमा प्रचण्डले सहजै प्रधानमन्त्री नछाडे बहुमतबाट हटाउन सकिने संकेत गर्नुभएको छ। जुन सह्य हुन सक्दैन।'

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्