• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओलीका प्रतिप्रश्न : जसले अब जवाफ होइन, ‘एक्सन’ खोज्छन्
64x64
डिबी खड्का शनिबार, मंसिर १३, २०७७  २१:०५
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बहुप्रतिक्षित राजनीतिक प्रतिवेदन (सवालको जवाफ) सचिवालय बैठकमा पेश भएको छ। सवाल गर्दा वा जवाफ फर्काउँदा मुटु नै छेडिने भाषा प्रयोग गर्ने ओलीको जवाफी प्रतिवेदनको भाषा अनपेक्षित रुपमा सालिन छ, मनमा आँधी उठ्दा उठ्दै कोही मुस्कुराए जस्तो!

शब्द चयनमा सालिनता देखए पनि अर्थमा आवेग छ। जवाफभन्दा बढी प्रतिप्रश्न गरिएको प्रतिवेदनबाट ओलीले कोही मैदानमा आए आफू पछि नहट्ने स्पष्ट संकेत गरेका छन्। दुवै प्रतिवेदन, त्यसमा प्रयुक्त भाषा र उल्लेख गरिएका सन्दर्भले यो एक पार्टीको जीवन्तता र गतिशीलताका लागि आवश्यक स्वभाविक अन्तरविरोध जस्तो देखिँदैन। दुई अध्यक्षको व्यक्तित्वको टकराव, सत्ता प्राप्तीपछि मिल्न नसकेको लाभहानीको हिसाबकिताब र भावनाले भन्दा पनि गणितले बनेको सम्बन्धको पार्श्व असर जस्तो देखिन्छ।

सचिवालयमा पेश मात्रै भएका प्रतिवेदनमाथि आगामी बैठकमा छलफल गर्ने निर्णय शनिबार गरिएको छ। तर, छलफल गर्नु र कुनै निष्कर्षमा पुग्नुको अर्थ नेकपाकै केही नेताहरुले देखेका छैनन्। प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्नुको औचित्य नै नभएको उनले दर्शाइसकेका छन् । आफ्नो प्रतिवेदनमा ओलीले प्रचण्डको उक्त ‘प्रस्ताव’लाई उद्धरणभित्र राखेका छन्। उनले भनेका छन्, ‘त्यसले कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने थियो।’

ओलीले त्यस्ता प्रतिप्रश्न गरेका छन्, जसल जवाफभन्दा पनि ‘एक्सन’ खोज्छन्।  बुझ्दा प्रचण्डको सवालको ओलीले जवाफ दिएको बुझिए पनि यसले थप जवाफ मागेको छ। ती जवाफ अब भनाइमा मात्रै दिन सकिने खालका छैनन्, गराइमा दिनुपर्ने हुन्छ। गराइमा दिँदा दुई अध्यक्षको अब पार्टी एउटै नहुन सक्छ वा दुवै नेतृत्वमा नरहन पनि सक्छन्।

किनभने प्रचण्डले जहाँनेर ओलीबाट ‘अन्याय’ भएको महसुस गरेका छन्। त्यहीँनेर ओलीले स्वभाविक ठहर्‍याएका छन्। जहाँ प्रचण्डले गुमाएँ ठहर्‍याका छन्, त्यहीँ ओलीले बढी दिएको ठानेका छन्। पाँचै वर्ष ओलीलाई प्रधानमन्त्री चलाउन दिएर आफूले त्याग गरेको प्रचण्डको जवाफमा ओलीले ‘आधा–आधा प्रधानमन्त्री’ सहमति गर्न बाध्य पारिएको बताएका छन्। तत्कालीन एमालेसँग सरकार बनाउन १५ सिट मात्रै कम भएको स्मरण गराउँदै उनले आफूलाई प्रधानमन्त्री हुन नदिन प्रचण्डले प्रयास गरेको बताएका छन्।

ओलीले भनेका छन्, ‘निर्वाचन आयोगले ‘समानुपातिक तर्फको मतगणना गरेर राष्ट्रियसभाको निर्वाचन नहुञ्जेल प्रतिनिधिसभाको परिणाम घोषणा गर्न मिल्दैन’ भनेर निर्वाचन सकिएको झण्डै साढे दुई महिनासम्म परिणाम निकाल्न अस्वीकार गर्‍यो। आयोगमा तपाईंले सिफारिस गरेर पठाइएका साथीहरुको भूमिका यस सम्बन्धमा के थियो, दुनियाँलाई थाहा छ।’

यसबाट ओली सुरुदेखि नै प्रचण्डसँग वेखुस रहेको देखाउँछ। चुनावबाट तेस्रो पार्टीका रुपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि सत्तालिप्सा भनेर प्रश्न समेत उनले गरेका छन्। 

सचिवालयमा बहुमत सदस्य प्रचण्डतर्फ देखिन्छन्। त्यसैका आधारमा ओलीलाई अहिलेको बैठक राख्न उनले बाध्य पारेका हुन्। त्यही आडमा भिड्ने मुडमा पुगेका प्रचण्डलाई उनले तत्कालीन माओवादी केन्द्रको वास्तविक हैसियत देखाएका छन्। अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थालेको भन्दै आफूले त्यसो गरेको भए स्थिति अर्कै हुने बताएका छन्।

उनले भनेका छन्, ‘केन्द्रीय कमिटी बनाउँदा होस् या अन्य कमिटी, कहिल्यै निर्वाचनमा प्राप्त करिब ३२ लाख र १३ लाखको अंकलाई मैले सम्झना गरिनँ।’

सम्झना गरिनँ भन्दा भन्दै सम्झिएको यो प्रसंगले ‘पावर सेयरिङ’को माग गरिरहेका प्रचण्डलाई अप्ठ्यारोमा पार्नेछ। ‘सिंगल-सिंगल भिड्ने हो’ शैलीमा ओलीले पार्टीमा अंकगणित  नै हेर्ने हो भने चार महिनापछि हुन लागेको महाधिवेशनमा खुल्ला प्रतिस्पर्धा गर्न आव्हान गरेका छन्। 

परिस्थिति यस्तो बन्दै गएको छ कि यतिबेला ओली र प्रचण्ड एकअर्कालाई स्वीकार्ने अवस्थामा छैनन्। समान हैसियतको खोजी प्रचण्डको मुद्दा बनेको छ भने आफू ठूलो पार्टीको अध्यक्ष भएकाले त्यही अनुसारको व्यवहार हुनुपर्छ भन्ने मनोभाव ओलीको छ। दुई अध्यक्ष फरक बाटोबाट एकै ठाउँमा पुग्ने सम्भावना छैन। पार्टीलाई एकीकृत राखिराख्ने हो भने दुवै अध्यक्षले नेतृत्वबाट बिदा लिनुपर्ने हुन्छ।

ओली मानसिक रुपमै पाँच वर्षपछि ‘रिटायर्ड’ हुन तयार जस्तो देखिन्छन्। तर, ओलीपछि यो पार्टीको नेतृत्व एकछत्र गर्न चाहने प्रचण्डका लागि एम्बुस थापेजस्तै मध्यमार्गी प्रस्ताव छ, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौं। बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं। म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु। के तपाईं तयार हो?’

ओलीले आफूले अध्यक्षका रुपमा काम गरिरहेको कुरलाई स्वभाविक रुपमा लिन भनेका छन्। उनको तर्क छ, ‘के त्यो बैठकले मलाई अध्यक्ष पदबाटै निलम्बन या बर्खास्त गरेको थियो र? के सचिवालयले विधान संशोधन गरेर पार्टीमा एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष हुने व्यवस्था गरेको थियो र?’

सरकार र सरकारमा रहेका केही व्यक्तिमाथि लागेका अनियमितताका विषय प्रचण्डले उठाएका सवाल उनीतिरै सोझ्याइदिएका छन्। जसले दुई अध्यक्ष पार्टी सञ्चालनको बहस होइन, हिलो छ्यापाछ्यापमा बढी सन्तुष्ट हुने स्पष्ट पार्छ। उनले नियमित र वैध आम्दानीको स्रोत नभए पनि ‘कतिपय नेताहरु’को जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी रहेको बताएका छन्। उनले भनेका छन्, ‘म त यस विषयमा केही नबोलौंला, व्यक्तिगत विषय पनि नबनाउँला। तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु। तपाईं यसमा तयार हुनुहुन्छ?’

ओली कुनै पनि हालतमा पछि हट्ने छैनन्। त्यसलाई प्रष्ट भाषामा भनिसकेका पनि छन्। प्रचण्डले सुझाएको आत्मसमीक्षा वा आत्मालोचनाको बाटो त उनी बिराएर पनि हिँड्ने छैनन्। ओलीको उल्टो प्रचण्डलाई चुनौती छ, ‘यति ‘गम्भीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ– कि यी आरोपहरु पुष्टि गर्नुस्, होइन भने परिणामको जवाफदेही लिन तयार हुनुस्।’

‘पत्रयुद्ध’ पछिको यो प्रतिवेदन युद्धमा दुई अध्यक्षकै सिङ बुच्चिएको छ। पार्टीको आन्तरिक जीवनको कुरा होइन, ‘धन ठूलो कि विद्या’ भनेर ओली र प्रचण्डलाई भिडाउने हो भने पनि जित ओलीकै हुन्छ। आफूलाई दिइएको विषयमा तथ्य र तर्कको समिश्रण गर्ने सीप उनीसँग छ। उनीसँग भएकाहरुसँग पनि धेरथोर छ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्