काठमाडौं- लकडाउनयता रोकिएको सवारी चालक अनुमतिपत्रको काम प्रदेशले आवश्यकता अनुसार खुल्ला गर्ने भएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जनाएको हो।
प्रदेश सरकारले आवश्यकताअनुसार खुल्ला गर्ने भएकाले सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयल सूचना अधिकारीलाई सम्पर्क गर्न भनिएको छ।
विभागले प्रकाशित गरेको सूचनामा ७ वटै प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारिकको नाम र सम्पर्क नम्बर दिइएको छ।
उक्त सूचनामा सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्स अन्तर्गतका यातायात कार्यालयहरुको माग बमोजिम खोलिने हुँदा सोकको जानकारीका लागि सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गर्न भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।