काठमाडौं- गायक सन्तोष लामा नयाँ गीत लिएर आएका छन्। 'कोन्ज्योसोमको कसम' बोलको गीतमा पहिलो पटक सन्तोषले आफैं संगीत कम्पोज गरेका हुन्। उनकै शब्द रहेको गीतको संगीत संयोजन भने चाँद सिंहले गरेका हुन्।
बुद्ध धर्ममा तीन शक्तिशाली भगवान्को नाममा खाइने कसमलाई लिएर लामाले कोन्ज्योसोम शब्द भरेका छन्। लामो समयदेखि गीतबाट हराए भन्ने आरोप खेपिरहेका नेपाली तारा दोस्रोका विजेता लामाले भने, 'व्यावसायिक गीतहरु धेरै गाउन छाडेको थिएँ। कहिलेकाहीँ यस्ता गीत पनि गाउनुपर्ने हुँदो रहेछ।’
गीतको भिडियो पनि युट्युबबाट सार्वजनिक भएको छ।
भिडियोमा छुल्ठिम गुरुङ, विशाल लामा, कुमार मोक्तान, अनिता गोले लगायतको अभिनय छ। भिडियोलाई सुमन सिंग्दान लामाले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।