बुटवल –भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित उनको घरमा ल्याइएको छ ।
उनको शव सुनौली नाका हुँदै बिहीबार बिहान घरमा ल्याइएको हो । सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउसम्म हवाई जहाजमा ल्याइएको थियो । लखनउबाट नेपाल भारत सुनौलीसम्म र सुनौलीबाट घरसम्म नेपालको एम्बुलेन्समा ल्याइएको हो ।
उनको पार्थिव शरीर बिहीबार (आज) नै अन्त्येष्टि गर्ने तयारी छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ घर भए पनि उनी बुटवल ११ मा बस्दै आएका थिए ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीर गएका बुटवलका युवा सुदीप न्यौपानेको आतंककारी हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् । हमलामा उनी सहित अन्य २६ जनाको मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।