रुपन्देही –भारतको काश्मीरमा मङ्गलवार भएको आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आज बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मीरगएका बुटवलका युवा सुदीप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।
सुदीपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याउन लागिएको हो । परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै बिहान ७ः३० बजेसम्म बुटवलको कालिकानगरस्थित निवासमा ल्याइनेछ । आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।
अहिले सुदीपका काका तथा वडा अध्यक्ष दधिराम न्यौपानेसहित परिवारका अन्य सदस्यहरू शव बुझ्नका लागि सुनौली पुगेका छन् । घटना विवरण संकलन गर्न नेपाल प्रहरी तथा सम्बन्धित निकायहरूले समन्वय गरिरहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।