• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
सरकार ठेगानमा नआए कांग्रेस सडकमै
64x64
गगन थापा सोमबार, मंसिर २९, २०७७  १७:०८
1140x725
फाइल तस्बिर

सरकारले भन्यो–घर भित्रै बसिदिनुस्, म कोरोना महाव्याधीको नियन्त्रणमा लागें। सरकारको आग्रहलाई हामी सबैले मान्यौं। सरकारलाई मद्दत गर्न हामी महिनौंसम्म आफ्नो घरभित्रै  बस्यौं। सरकारले भनेका सबै कुराहरु मान्यौं। सरकारलाई सहयोग पनि गर्‍यौं।

त्यसपछाडि  पनि सरकारले प्रतिबन्धलाई केही खुकुलोमात्रै गर्‍यो। त्यसलाई पनि हामीले मान्यौं। संसद बोलाइयो। संसदमा पुगेर पनि कुरा राख्यौं। सरकारविरुद्ध कांग्रेस सडकमा आउनुपर्ने थियो। तर, आएन। नजानेर कांग्रेस सडकमा नआएको होइन। आउन नसकेर होइन। सरकारलाई मद्दत गर्न र आफ्नो जिम्मेवारी बुझेर नआएको हो।

सडकमा आउँदै गर्दा धेरै खुसी लागेको छैन। कोरोना महामारी नियन्त्रणमा आइसकेको छैन। अगाडीका दिनहरु कस्तो हुन्छन्? हामी कसैले पनि भन्न सक्दैनौं। तर पनि सडकमा आउन बाध्य भएका छौं। सरकार संसदबाट भाग्यो। बालुवाटारको दुलोभित्र लुकेको सरकार र बढारिएको सरकारलाई ललकार्नका लागि कांग्रेस सडकमा आएको छ। सडकमा आएको कांग्रेस अब घर फर्केर जाँदैन।

जबसम्म सरकार ठेगानमा आउँदैन तबसम्म कांग्रेस सडकमै रहन्छ। सडकमा आउन सरकारले बाध्य पार्‍यो। सडकमा आउँदा सबै सतर्कता अपनाउँछौं,त्यसका बाबजुद कुनै क्षति भए त्यसको क्षतिपुर्ति सरकारले व्यहोनुपर्छ। 

संसदमा नेकपाको करिब दुई तिहाइ छ। सातमध्ये छ वटामा नेकपाको सरकार छ। चार सय बढी स्थानीय तहका नेकपाको सरकार छ। सरकार शक्तिशाली छ,तर जनतालाई शक्तिशाली बनाउनका निम्ति एउटा पनि काम गर्न सकेको छैन। नालायक सरकार मुर्दावाद। देश र जनताको आकांक्षा प्रति कत्तिपनि सरकारको संवेदना छैन। व्यक्ति पुजामा सरकार लागेको छ।

सरकार तत्कालै गर्नुपर्ने काम गर्दैन। कहिल्यै पुरा नहुने हावादारी कुरामा देश र जनतालाई यो सरकार झुक्याँउछ। हावादारी सरकार मुर्दावाद। सरकारले मुखले भ्रष्टाचार गर्दिन भन्छ। भ्रष्टचार सहन्न पनि भन्छ। तर, वाइडबडी खप्लक्कै खान्छ। बालुवाटारको जग्गा खर्लप्पै खान्छ। यति ग्रुपसँग साठगाँठ गर्छ। राजस्वको दर यसरी बढाउँदैछु भनी बजेट भाषणअघि भन्छ। व्यापारीलाई पोस्ने काम गर्छ। अख्तियारले दोषी फैसला गर्नुअघि निर्दोष हो भन्दै सरकारले घोषणा गर्दै हिँड्छ। भ्रष्टचारको संरक्षण गर्ने र भ्रष्टाचारीको प्रोत्साहन गर्ने सरकार- मुर्दावाद।

हामीलाई महिनौंसम्म घरभित्रै बस्न भन्यो। श्रमजिवी मजदुरहरु त्यत्रो लामो यात्रा हिँडेर आए। स्वदेश फर्कन चाहनेहरुको टिकटमा पनि यो सरकारले कमिसन खायो। मेडिकल सामग्री खरिदमा भ्रष्टाचार गरेर विश्वमा नेपालको शिर झुकायो। अर्कमण्य सरकार- मुर्दावाद।

भारतले नेपाली भूमि लिम्पियाधुरा खायो। संसदले आदेश दियो- नक्सा सार्वजनिक गर। बाध्य भएर नक्सा सार्वजनिक गर्‍यो। गैरजिम्मेवारपूर्वक प्रधानमन्त्रीले भारत मेरोविरुद्धमा नेकपाकै नेता उचालेको अभिव्यक्ति दिनुभयो। गैरजिम्मेवार सरकार- मुर्दावाद।

सत्य निरुपण तथा मेलामिलाप र बेपत्ता छानबिन आयोगका कामलाई सक्नुपर्ने बेलामा पार्टीभित्रको झगडामा द्वन्द्वमा खेल्न खोज्ने षड्यन्त्रकारी सरकार- मुर्दावाद।

जति मैले सुनाएँ। यो प्रचण्डकै प्रतिवेदनमा लेखिएका कुरा हुन्। लेख्ने को को? माधव नेपाल, झलनाथ खनाल कमरेड वामदेव गौतम। वाह! नेपाल कम्युनिस्ट पार्टी। आफ्नो प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुले भनेको कुरा पढेर सुनाए। हामीलाई उहाँहरुको नाटक हेरेर बस्नुपरेको छ। प्रतिवेदनमा लेखिएको हिसाब किताब अब हामीलाई चाहिन्छ। हामी हिसाबकिताब राख्छौं। कि,पूर्वप्रधानमन्त्रीहरुले बेसुरमा लेखिएको भन्नुस्। होइन भने लेखेको कुराको जिम्मा लिनुस्।

तपाईंहरुले भन्नुभएको प्रधानमन्त्री भ्रष्ट, राष्ट्रघाती, अयोग्य, अर्कमण्य‚ जसले प्रधानमन्त्री बनाउनुभयो, उसैले यस्तो भनेपछि हामीले प्रधानमन्त्रीलाई बोकेर हिँड्नुपर्ने?

वैशाख १७ मा कांग्रेस बैठकले यस्तो महाव्याधीको समयमा भ्रष्टचार गर्ने सरकार अपराधी हो भन्यो। सामान्य नागरिकले कल्पना पनि गर्न नसक्ने बेलामा सरकारले भ्रष्टाचार गर्‍यो। सरकारले शासन गर्ने वैधानिकता र नैतिकता गुमाएको छ। हामीले वैशाखमै भनेका थियौं। 

२०६० सालमा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कैलाली आएको बेला माओवादीले कांग्रेसले हत्या गरेको थियो। उहाँले कार्यकर्तालाई झण्डा ओढाउन जान्छु भन्नुभयो। प्रशासनले जान दिएन। हिंसाको आहालबाट मुलुकलाई बाहिर निकाल्ने अठोट गर्नुभयो। हामी कस्तो त्रासमा बाँचेका थियौं। डर त्रासमा रहेको मुलुकलाई हिंसाबाट मुक्त गर्ने संकल्प गिरीजाप्रसाद कोइरालाले गर्नुभयो। त्यहि संकल्पको जगमा २०६२/०६३ को जनआन्दोलन भयो।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन भयो। कांग्रेस हार्न तयार भयो। तर, देशलाई हार्न दिएन। यो पार्टी सधैं चुनाव जित्नेछ र सिंहदरबार र बालुवाटारमा बस्नेछ भनि बनाएको पार्टी होइन। एउटा चुनाव हार्‍यौं केही फरक पर्दैन। अर्को चुनाव जित्ने आशा राखेका छौं। हारेपनि केहि फरक पर्दैन। हामी हार्दा हार्दै पनि संविधान निर्माण गरेका छौं। चुनावमा भाग नलिने दललाई भाग लिने बनाएका छौं।

नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार केपी ओलीको बन्यो। संसदमा उठेर धन्यवाद मैले दिएँ। पाँच वर्ष कांग्रेसले सरकारलाई साथ दिने संसदमा भने। जनता परिवर्तनका पक्षमा छन्,अब सहन जनताले सक्दैनन्। त्यो तपाईंले दिनुपर्छ मैले प्रधानमन्त्रीलाई भनें। 

सरकारको तीन वर्ष पुग्न लागेको छ। कोरोना अघिको समय सरकारले सबैभन्दा अनुकुलको समय पाएको थियो। संघीयता कार्यान्वयन गर्ने मौका सरकारले पायो। संघीयता जिन्दावाद भन्नुपर्ने अवस्था हुनुपर्ने हो। गणतन्त्र जिन्दावाद भनी तमाम युवा सडकमा आउनुपर्ने बेला हो। कोही आयो? आएका छैनन्। समावेशी अनुहार संसद देखि अन्य निकायमा देखिनुपर्ने अवस्था आउनुपर्ने हो । त्यस्तो भयो? भएको छैन।

केपी ओलीका पक्षमा सामाजिक सञ्जालमा लेख्न पाइन्छ। विरुद्धमा लेखियो भने सात वर्ष जेल बस्नुपर्ने विधेयक सरकारले ल्याएको छ। यो कानुन संसदमा प्रस्तावित छ। जिल्ला प्रशासनको आदेश लिएर फेसबुकमै लेखेको आधारमा प्रहरी नागरिकको घरमा आइपुग्नसक्छ। अब प्रचण्ड वा माधव नेपाल जिन्दावाद भन्नेको घरमा पनि यो अवस्था आउनसक्छ। भन्न सक्छन्– कि केपी ओली जिन्दावाद लेख्। होइन भने किन मुर्दावाद लेखिस्।

(सरकारका विरुद्धमा कांग्रेसले कैलालीमा गरेको विरोध सभामा नेता थापाले राखेको विचारमा आधारित)

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्