• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपामा प्रचण्डको राजनीतिक फन्को : कुर्सीमा केपीसँग, सडकमा माधवसँग
64x64
डिबी खड्का सोमबार, पुस १३, २०७७  ०९:००
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्ता र सडक दुवै कब्जा गरेको छ। सडकमा पुगेको नेकपाका 'अध्यक्षद्वय' पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको तस्बिर यत्रतत्र बनेको छ। त्यो एउटा तस्बिर मात्रै होइन, राजनीतिको वास्तविक अनुहार पनि हो। प्रचण्डले दोहोर्‍याइरहने 'जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास' सायद यसैलाई भनिन्छ।

एकीकृत नेकपाका तीन पात्रको एकीकरणपछिको प्रवृत्ति केलाउँदा दुईथरी चित्र देखिन्छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली जहाँको त्यहीँ छन्। उनी सुरुदेखि नै आफ्नै प्रभाव, सौर्य र चातुर्यताले नेकपाले देशको ठूलो पार्टी बनेको ठान्थे र अहिले पनि त्यही सोचाइ राख्छन्। ‍त्यसैले निर्णय र नियुक्तिमा अग्राधिकार आफूलाई रहेको ठान्छन्। सत्ता र शक्तिको केन्द्रमा उनी छन्। उनको लवज पनि सोही अनुसार छ।

आफ्नो प्रवृतिगत निरन्तरतामा रहेका अर्का नेता हुन्, माधव नेपाल। पार्टी सत्तामा भए पनि उनी त सुरुदेखि नै उनकै लवजअनुसार 'आन्दोलनको मैदान'मा थिए। उनले पार्टीभित्रैको सडक रोजेको एकताको ६ महिनामै हो।

विगत तीन वर्षमा 'हस्तिनापुरको राजदेखि चपरीमुनिको बास'सम्मको वृत्ताकार यात्रा भने प्रचण्डले मात्रै गरेका हुन्।

माधव नेपाललाई सडक यात्राको ढोका खोल्ने काममा ओलीसँग प्रचण्डले पनि साझेदारी गरे। त्यही ढोकाबाट अहिले प्रचण्ड आफू पनि सडकमा आइपुगेका छन्।

माधव नेपाल सुरुदेखि नै सरकार सञ्चालनदेखि नियुक्तिसम्ममा पार्टीको निर्णय जरुरी रहेको बताउँथे। जसले सुरुदेखि नै विधी र पद्धति कुरा गर्थे। दुई अध्यक्ष 'चोचोमोचो'बाट होइन, पार्टी कमिटीको बैठकबाट निर्णय लिनुपर्ने बताउँथे।

त्यो समय प्रचण्डलाई विधि र पद्धतिले छोएन। किनभने ओली उनीसँग थिए। अध्यक्षद्वयको प्रेम पार्टी निर्णयदेखि नियुक्तसम्ममा झल्किन्थ्यो। अध्यक्षद्वयमा त्यो प्रेम सत्ता र पार्टीमा पद उचित हिस्सेदारीका कारण बनेको थियो।

यहाँनेर २०७६ वैशाख ९ गतेको दृष्य स्मरण गर्नुपर्ने हुन्छ। मञ्चको अग्रभागमा दुईटा कुर्सी थिए, मञ्चको दायाँतर्फ प्रचण्ड र बायाँतर्फ ओलीको तस्बिर राखिएको थियो। पार्टीको एकता विस्तारको घोषणा कार्यक्रम पनि थियो। राष्ट्रिय सभागृहमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको उक्त दिन वरिष्ठ नेता नेपाल बीचमै उठेर हिँडे। अध्यक्षद्वयको मात्रै फोटो राखिएको र बोल्ने वक्तामा समेत दुईजना मात्रै रहेकोप्रति उनको असन्तुष्टि थियो।

तर मूलकारक त्यो दिनको माहोल मात्रै होइन। त्यसअघिका घटना क्रम थिए। २०७५ असोज ५ मा सत्तारुढ दल नेकपाको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयन गर्‍यो। अफ्रिकी देश घाना भ्रमणमा रहेका कारण सचिवालय सदस्य नेपाल बैठकमा अनुपस्थित थिए। भ्रमणमा जानुअघि उनले भनेका थिए, महत्त्वपूर्ण निर्णय आफ्नो अनुपस्थितमा नगर्नू। अध्यक्ष ओलीले आश्वासन पनि दिएका थिए। तर  उनको उपस्थिति बिना नै निर्णय भयो।

त्यसलाई बेवास्ता गर्दै पार्टी नेतृत्वले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव नियुक्त गरेको थियो। नेपाल फर्केपछि नेता नेपालले सो निर्णयका विरुद्ध १२ असोजमा आफ्नो असहमतिपत्र केन्द्रीय कार्यालयमा दर्ता गराए। त्यसमा मुख्यतः उनले पार्टीमा विधि र प्रक्रिया मिचिएको तथा नेताहरुको सहमतिविपरीत निर्णय गरिएको आरोप लगाए।

वैशाख २० गते बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीचको ‘अपारदर्शी मिलेमतो' भन्दै असन्तुष्टि जनाए। सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘दुई जनाको चोचोमोचो मानिन्‍न।’

पार्टीमा सहमति, विधि र पद्धतिको बहस सुरु गर्दै उनले भने, 'एउटै व्यक्ति पार्टीको प्रदेश इन्चार्ज र प्रदेश सरकार प्रमुखको भूमिका कसरी निर्वाह गर्न सक्छ? कसैलाई दोहोरो तेहोरो जिम्मेवारी दिने, कसैलाई कामविहीन बनाउने हुन्छ?'

त्यो बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश प्रमुख शंकर पोखरेललाई प्रदेश इन्चार्ज बनाइएको थियो।

त्यसपछि २०७६ भदौ ३ गते वरियता घटुवा र जनवर्गीय संगठन र विभागको नेतृत्व चयनका विषयमा असहमति राखे। २०७६ कात्तिक १८ मा प्रदेश प्रमुख चयनका विषयमा पनि ओली र प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाए। ओलीले सुन्ने कुरा भएन। प्रचण्डले समेत नेपालले राखेका असहमतिलाई वास्तै गरेनन्। किनभने ओलीसँग सहकार्य गर्दा उनलाई आफ्नो भागहिस्सा प्राप्त भइरहेको थियो।

दुई पाइलटले चाहेअनुसारको दिशामा नेकपाको विमान उडिरह्यो। 'सही मार्ग'मा लैजान विधि र पद्धति अनुशरण गर्नुपर्छ भनेर बताउने यात्रुहरुको कुरा सुन्ने फुर्सद उनीहरुसँग थिएन।

२०७६ असोजमा प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो। उनले सभामुखबाट राजीनामा दिए। नयाँ सभामुखको खोजी भयो। प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकट नेता सुवास नेम्वाङलाई  सभामुख बनाउन चाहन्थे। उनले पार्टी एकता भइसकेकाले पूर्वएमाले र पूर्वमाओवादी भन्ने मनोविज्ञान तोड्नुपर्छ भन्ने तर्क गरेका थिए। तर अर्का अध्यक्ष प्रचण्डले पार्टी एकीकरणताका शक्ति सन्तुलन मिलाउँदा तत्कालीन माओवादी केन्द्रको भागमा परेकाले नछाड्ने अडान लिए। आफू निकट नेता अग्नि सापकोटालाई अघि सारे।

यसअघि दुई अध्यक्षले 'चोचोमोचो' मिलाउँदा कुरा मिल्थ्यो। तर दुई अध्यक्ष बीच रहेको अजब प्रेमको गजब कहानी यहीँनेर अन्त्य भयो। दुई अध्यक्ष एक हुँदा कमजोर ठानेर किनारतिर धकेलिएका नेपाल काम आए। पार्टीमा अवसर चाहेका तर नपाएका वामदेव गौतमलाई अवसर मिल्यो। यसले नेकपा सचिवालयमा 'भैंसेपाटी गठबन्धन' जन्मायो।

२०७६ पुस २३ मा गौतम निवास भैंसेपाटीमा सचिवालयका नौमध्ये प्रचण्डसहित पाँच जना नेताहरूले छुट्टै भेला गरे । ‘टाउको गनेर’ आफूमाथि दबाब दिन खोजेको भन्दै ओलीले असहमति जनाए । तर भैंसेपाटी गठबन्धन सभामुख चयनका सन्दर्भमा पछि नहट्ने संकेत देखेपछि ओली सापकोटालाई सभामुख स्वीकार्न बाध्य भए।

प्रचण्डसँगको साथ टुटेपछि ओलीले सरकार आफू अनुकुल चलाए। ओलीको विपक्षमा उभिइरहेको भैंसेपाटी गठबन्धन तोड्नतर्फ अघि बढे। बहुमत सचिवालय सदस्य भैंसेपाटी गठबन्धनसँग रहेकाले २०७६ फागुनमा राष्ट्रपतिबाट मनोनित हुने कोटामा गौतमलाई पठाउने निर्णय गर्‍यो। तर, तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने ओलीको चाहना थियो। उनले माधव नेपाललाई फोन गरेर आफूले उक्त निर्णय नमान्ने बताए। एकता भएपछि ओलीको चाहना विरुद्ध भएमध्यको यो दोस्रो निर्णय थियो।

पार्टी निर्णय समेत अस्वीकार गर्ने तथा सरकार सञ्चालनमा मनमौजी अघि बढ्ने ओली शैलीमा यो बहुमतले ब्रेक लगाउन भने सकेन। यही बीचमा ओलीले मिर्गौला प्रत्यारोपण गराए भने कोरोना भाइरस संक्रमणको प्रभाव पनि नेपालसम्म आइपुग्यो।

कोरोनाको सन्त्रासमै रहेका बेला वैशाख ८ गते  प्रधानमन्त्री ओलीले पार्टीमा निर्णय गराउनु परको कुरा थाहापत्तै नदिइ दुईवटा अध्यादेश ल्याए। एक अध्यादेश तत्कालीन समाजवादी पार्टी फुटाउनका लागि थियो। आफूनिकट नेता महेश बस्नेतलाई उक्त पार्टीका सांसद्लाई समेत 'अपहरण' गर्न लगाए। यसले पार्टीभित्र तीव्र विवाद सिर्जना भयो। अध्यादेश फिर्ता लिए। त्यसको कारण पार्टीभित्रको विवादभन्दा पनि उनको रणनीति विफल भएकाले थियो भन्ने कुरा प्रकारान्तले प्रमाणित गरेको छ।

वैशाख १७ को सचिवालय बैठकमा प्रचण्डलगायतका सचिवालय सदस्यले ओलीको राजीनामासमेत माग गरेका थिए। त्यसपछि ओलीले गौतमलाई संघीय संसद्‌मा लैजाने र कोरोनापछि आफूले राजीनामा दिई आफूपछिको प्रधानमन्त्री बनाउने प्रस्ताव पेश गरे। यो प्रस्ताव सचिवालयका सवै सदस्यका लागि अनपेक्षित थियो। प्रस्ताव राखिएको दिन सचिवालयका धेरै सदस्यले 'ओली उदारता'का रुपमा बुझे।

गौतमलाई प्रधानमन्त्रीका रुपमा गरिएको प्रस्तावको कार्यान्वयनमा कानुनी/वैधानिक धरातल थिएन। त्यो धरातल बनाउन असम्भवप्रायः थियो। पार्टीमा आफ्नो कार्यशैलीको विरोध गर्नेहरुलाई पद वा आश्वासन दिएर चुप लगाउने रणनीति यो पहिलो होइन। प्रचण्डलाई कार्यकारी अध्यक्षको पगरी यही शृंखलाको एउटा उपक्रम थियो। यसअघि उनको धुवाँदार विरोध गर्ने दुई प्रभावशाली नेकपा नेता घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाएर यसको सफल प्रयोग गरिसकेका थिए। त्यो बेला पनि उक्त अस्त्रले काम गर्‍यो।

तत्कालका लागि सफलता हात लागेपनि भैंसेपाटी गठबन्धन जुनुसकै बेला ब्युँतिन सक्ने हेक्का ओलीलाई थियो। उनले त्यही समयमा भनेका थिए, 'मेरो कुर्सी जाने अवस्था बनाइयो भने कसैले बस्न नमिल्न गरी भाँचिदिन्छु।' 

गठबन्धनसँग डराएर ओली आफ्नो कार्यशैली बदलेनन्। आफूले चाहेको नियुक्ति गरिरहे, चाहेका निर्णय गरिरहे।

ओलीले अनुमान गरेजस्तै भैंसेपाटी गठबन्धन फेरि एकजुट भयो। ओलीले नचाहेको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बोलाउन दबाब दिन थाल्यो। 'नझुक्ने तर भाँचिने' ओली स्वभावको नतिजा सबैसामू छ।

प्रचण्डलाई 'ओली संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको अतिक्रमणकारी' लाग्न आफैंले भोग्नुपर्‍यो। यदि नेपालले राखेका असहमतिलाई विधि, पद्धति र आचरणका नजरबाट हेर्ने चेष्टा गरेको भए वर्तमान अवस्था भोग्नुपर्ने थिएन। 

माओवादी द्वन्द्वमा उपयोगको कार्यनीतिक चाल गज्जबको थियो। त्यसको सबैभन्दा बढी प्रयोग प्रचण्डले नै गरेका हुन्। डा बाबुराम भट्टराई विरुद्ध मोहन वैद्य र वैद्य विरुद्ध डा भट्टराईलाइ प्रयोग गरेर 'साइज'मै राखेका हुन्। वैद्यले छाडेपछि नारायणकाजी श्रेष्ठलाई भित्र्याएर उनले पार्टीमा त्यही सन्तुलन मिलाएर आफूलाई शक्तिशाली बनाइ नै राखे।

नेकपामा उनले ओली र माधवको सम्बन्धलाई त्यसैगरी उपयोग गर्न खोजेका त हुन्। तर तीन वर्षको राजनीतिक यात्रा हेर्दा ओली उहीँ छन्, नेपाल पनि त्यहीँ छन्। राजनीतिक रुपमा शक्तिदेखि सडकको फन्को प्रचण्डले मात्रै मारेका छन्। 

नेपाली राजनीतिमा प्रचण्ड यति लचकदार छन्। उनी तन्किन पनि सक्छन् र खुम्चिन पनि । उनी यति उदार छन् टाँसिन पनि सक्छन्, उप्किन पनि। त्यसैले प्रचण्ड–नेपालको यो सडक सहकार्य कहाँसम्म पुग्ला? प्रचण्ड स्वभावका कारण उत्तर कसैका लागि पनि सजिलो छैन।

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्