• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपाका दुवै समूहकाे एमाले र जबज ब्रान्डमा नजर
64x64
डिबी खड्का बुधबार, पुस २२, २०७७  ०८:१४
1140x725

काठमाडौं– नेपाली राजनीतिक इतिहासमा धेरै समय चर्चामा रहेको एउटा कम्युनिस्ट पार्टीको नाम हो, नेकपा एमाले। विभाजन वा एकताले नेपालका कम्युनिस्ट पार्टीहरुको नाम केही वर्षमै परिवर्तन हुने गरेको भए पनि एमालेको मूल भंगालो लामो समय कायम रह्यो। तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीबीच २०४७ सालमा एकता भई बनेको नेकपा एमाले २०७५ सालमा माओवादी केन्द्रसँग एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। यसबीचमा सामान्य टुटफुटले एमालेलाई खासै असर परेन। ऊ मुख्य पार्टीको रुपमा रहिरह्यो।

अविच्छिन्न रहेकैले नेपाली राजनीतिमा नेकपा एमाले एउटा ‘ब्रान्ड नेम‘ को रुपमा स्थापित हुनसक्यो। अर्कोतिर, वैचारिक र सैद्धान्तिक रुपमा पनि सो पार्टीमा खासै ठूलो हलचल आएन। एमाले सँगसँगै जनताको बहुदलीय जनवाद (जबज) पनि अघि बढिरह्यो। तत्कालीन महासचिव भण्डारीले २०४८ सालमा 'बहुदलीय जनवादबारे केही कुरा' शीर्षकमा पुस्तिका प्रकाशित गरेका थिए। त्यसपछि जबजले महाधिवेशनपिच्छे नेपाली क्रान्तिको कार्यक्रम, क्रान्तिको सिद्धान्त, मार्गदर्शक सिद्धान्तको रुपमा परिचित हुने अवसर पायो।

नेकपा गठन भएपछि जबज स्थगित गरेर जनताको जनवाद भनियो। यद्यपि, त्यसले आकार नलिँदै पार्टी विभाजित हुँदैछ। यससँगै ब्रान्ड बनिसकेका नाम र विचारधाराको फेरि खोजी र चर्चा हुन थालेको छ। नेकपाको ओली समूहले आफूलाई स्वाभाविक रुपमा उत्तराधिकारी ठानेको छ। किनभने नेकपा ओली समूहमा पूर्वमाओवादीभन्दा पूर्वएमाले धेरै छन्। जबजका प्रणेता मदन भण्डारीसँग निकट (राजनीतिक–घरायसी) सम्बन्ध भएकाहरु ओली समूहलाई समर्थन गर्छन्। त्यसैले यतिबेला ओली समूह ‘पूर्वएमाले’ र ‘जबज’को संवेदना ‘क्यास’ गर्न कस्सिएको छ।

कतिपय भेलामा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ लेखिएका ब्यानर देखिन थालेका छन्। पुस १० गते  ओली समूहले पोखरामा गरेको भेलाको ब्यानरमा पनि थियो। ओली समूहका नेताहरुले आफ्ना वक्तव्य स्पष्ट रुपमा जनताको बहुदलीय जनवाद भन्न थालेका छन्। जुन पूर्वएमालेका कार्यकर्तालाई आफू असली एमाले रहेको बताउन प्रयोग भइरहेको छ।

झस्कियो प्रचण्ड–माधव समूह
ओली पक्षले पूर्वएमालेको विरासतलाई आक्रामक रुपमा अघि बढाउन थालेपछि नेकपाको प्रचण्ड–नेपाल समूह झस्केको छ। मंगलबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा यो विषयलाई उक्त समूहले जोड दिएर उठायो। खास र मूल विषयबाट ध्यान हटाउनका लागि पूर्वएमाले र बहुदलीय जनवादको विषयलाई अघि सारिएको उक्त पक्षको ठहर छ।

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गर्न बनाएको संघर्ष समितिका सह–संयोजक योगेशकुमार भट्टराईले यही विषय वरिपरि रहेर १० मिनेट बढी आफ्ना कुरा राखे। उनले भने, ‘पूर्व एमाले र जबज मुख्य विषय (प्रतिनिधि सभा विघटन) बाट ध्यान भड्काउन र परिस्थितिलाई डाइभर्ट गर्न अघि सारिएको छ। यहाँ संविधान मिचिएको छ तर त्यसलाई पूर्वएमालेको छाता ओढाउने काम हुन थालेको छ। संविधानमाथि आक्रमण भएको छ, पूर्वएमालेको बहुदलीय जनवादको छाता ओढाउने काम हुन थालेको छ।’

पूर्वएमाले र जबजको लिगेसीलाई तपसिलमा राखेर प्रतिगमन र अग्रगमनबीचको लडाइँ बनाउनुपर्ने धारणा यो पक्षको छ। भट्टराईले भने, ‘यो लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीचको हो, संविधान मान्ने र नमान्ने बीचको हो।’

को पूर्वएमाले वा को जबजको पक्षधर भन्दा पनि को प्रतिक्रान्तिको कित्तामा उभियो भन्ने कुरालाई लिएर आम कार्यकर्ता र जनताले निर्णय गरुन् भन्ने चाहना यो समूहको देखिन्छ। भट्टराई भन्छन्, ‘२०६२/०६३ बाट प्राप्त उपलब्धिहरु १० वर्षको जनयुद्ध र संघर्षबाट प्राप्त उपलब्धि संविधान हो। संविधानको विशेषता गणतन्त्र हो, संविधान हो, समावेशी लोकतन्त्र हो, धर्म निरपेक्षता हो। यी कुराहरुको रक्षा गर्नका लागि बिलकुल ध्यान डाइभर्ट गर्नका लागि उठाइएका विषयमा अलमलिनु हुँदैन।’

सहसंयोजक भट्टराईले आफूलाई ‘पूर्व एमाले’ को संज्ञा दिए। उक्त ब्रान्डको हकदार आफू भएको उनको भंगीले दर्शाउँथ्यो। भन्दै गए, ‘पूर्वएमाले पनि परियो। भन्दा ठीकै होला। पूर्वएमाले एक ठाउँ आउने कुराले २०६२/०६३मा पुर्‍याउँछ। हामीले यी सबै कुरालाई शान्तिपूर्ण ढंगले समाधान गर्दै यहाँसम्म आएका हौं। समाजलाई पछाडि धकेल्ने कुरा हो, पूर्वएमाले।’

एमाले मिसियो, जबज स्थगित
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको विधिगत एकता २०७५ जेठ ३ गते भएको हो। त्यही दिनबाट एमाले र माओवादी मिसिएर नेकपा बनेको हो। त्यसैले अब एमाले खोज्न नहुने तर्क प्रचण्ड–माधव समूहको छ। ‘हामीले पार्टीको विधान र प्रस्तावनामा के भन्यौं भने, आजसम्म क्रियाशील एमाले र माओवादी केन्द्र विघटन गर्दै नेकपा बनाउन सहमत भएका छौं। पहिलो प्याराग्राफमा लेख्यौं। त्यसमा हस्ताक्षर अध्यक्षका नाताले केपी ओली र प्रचण्डले गर्नुभयो। त्यो विधान दुवै पार्टीको केन्द्रीय एकीकृत भएपछि केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो। त्यहाँ फर्किने कुरै छैन।’

जनताको बहुदलीय जनवाद पनि परिष्कृत भएर समाजवाद उन्मुख जनताको जनवादमा परिणत भएको छ। जबज यसरी स्थगित भएको दाबी यो पक्षको छ। जबजको विधिवत स्थगन जेठ २ गते भइसकेको तर्क भट्टराईको छ। उनले भने, ‘दुइटा अध्यक्षले जेठ २ गते पाँच बुँदे सहमति गर्नुभयो। केपी र प्रचण्डले हस्ताक्षर गर्नुभयो। पहिलो बुँदा नै बहुदलीय जनवाद अब के हुन्छ भन्ने छ। बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र माओवादी तर्फका विचारलाई समेटेर समाजवाद उन्मुख जनताको जनवाद अघि बढाइएको छ।’

तर, जनताको बहुदलीय जनवादको लोभ पनि प्रचण्ड–माधव समूहलाई रहेको देखिन्छ। भट्टराईले यही लोभ यसरी प्रस्तुत गरे, ‘बहुदलीय जनवादका पक्षधर र विपक्ष भन्ने कुरा हुँदैन। भोलि पार्टीको महाधिवेशनमा मैले बहुदलीय जनवाद ल्याउन सक्छु। त्यो छुट छँदैछ। आजको दिनमा हाम्रो कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो। यसलाई अघि बढाउने कुरा नै नेकपाको आधिकारिकता हो।’

यदि त्यो नमान्ने हो भने पार्टी एकता नै धोका भएको बुझाइ प्रधानमन्त्री ओलीको हुनुपर्ने उनी बताउँछन्। ओलीले आत्मालोचना गर्नुपर्ने उनको भनाइ छ।

ओलीले छाड्न नसकेको जबज
ओलीले एकताका बेला सहमति जनाए पनि जबज छाड्न नसकेको संकेत भने बेलामौकामा उनी र उनी पक्षीय नेताले देखाइरहेका थिए। २०७६ जेठ १ गते युवा संघको स्थापना दिवसका अवसरमा गरिएको कार्यक्रममा ओली पक्षका नेता ईश्वर पोखरेल र पुष्पकमल दाहाल प्रचण्डबीच घोचपेच नै भयो। वैचारिक रुपमा नेकपा एक हुन नसकेको संकेत त्यही बेला देखिएको थियो।

प्रचण्डभन्दा पहिले बोलेको ईश्वर पोखरेलले वैचारिक कार्यदिशा नभएको कम्युनिस्ट पार्टी तासको महल जस्तै ढल्ने भन्दै  जनताको बहुदलीय जनवाद नै नेकपाको मार्गदर्शक सिद्धान्त हुनुपर्ने बताए। उनको त्यो भनाइले प्रचण्डलाई आक्रोशित बनायो। उनले पनि पुराना विचार दोहोर्‍याएर कम्युनिष्ट पार्टी नबन्ने बताए। पोखरेलको भनाइलाई लक्ष्य गरेर भनेका थिए, ‘सही विचार सधैंका लागि केही पनि हुँदैन। निरन्तर बहस र अन्तरक्रियाबाट नयाँ विचार बन्छ। एउटै विचार सही छ भनेको भए यहाँ आइपुग्ने थिएनौं। कि युद्धमा जित्थ्यौं वा मरेर सिद्धिन्थ्यिौं। शान्ति भन्नेहरु पनि शान्तिमै सिद्धिन्थ्यौं। आज प्रधानमन्त्री मन्त्री बनेर समृद्ध नेपाल सुखी नेपालीको सपना बाँड्ने ठाउँमा आउने थिएनौं।’

ओली पक्षकाे जबज प्रेम यहीँ रोकिएन। देशभर मदन भण्डारी फाउन्डेसनमार्फत् जबजलाई ब्युँताउन सक्रिय रह्याे। मदन भण्डारी फाउण्डेसन वडासम्म गठन गरी जबज बहसलाई लैजान पोखरेलले एक कार्यक्रममा निर्देशन दिएका थिए। २०७७ कात्तिक २० गते  प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर आपत्ति जनाएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको संवादमा प्रचण्डले जबजको बहसमा लाग्न ओलीले दिएको निर्देशनले पार्टी एकता नै संकट पर्ने चेतावनी दिएका थिए।
 

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्