• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
64x64
निर्मला घिमिरे सोमबार, माघ ५, २०७७  १७:५५
1140x725

काठमाडौं- परदेश...! जहाँ सुन्दर पसिनाको खोजीमा लाखौं नेपाली पुगेका छन्। 

कति पसिना पोखेर, सपनाको कुम्लो पारेर फर्किएका छन्। कति संघर्ष गर्दागर्दै उतै अस्ताएका छन्। 

संघर्षकै क्रममा थुप्रै युवा परदेशकै माटोमा बिलाएका छन्।

अमृतमाया राईका शब्द सापटी लिने हो भने परदेशले धेरैका छोरा चुँडेको छ। 

हुन पनि हो, परदेशले हजारौँका सन्तान चुँडेको छ। कतिका अभिभावक छिनेको छ। सिउँदो पुछेको छ। सफलताका सयौँ कथाहरुसँग पीडाका एकादुई घटनाहरु पनि दाँजि साध्य छैनन्। परदेश साँच्चै निर्मम छ। निर्दयी छ।  

‘जेठमा घर आउँछु। आएर बिहे गर्ने हो, दुई वटा बंगुर र एउटा राँगा पालिराख्नु भन्थ्यो। खसी चाहिँ म आफैँ किन्छु भनेको थियो। आउन नपाई असोजमै माथि गइहाल्यो,’ वैदेशिक रोजगार विभाग अगाडि भेटिएकी अमृतमाया राईले दक्षिण कोरियामा ज्यान गुमाएको कान्छो छोरासँगको अन्तिम संवाद सम्झिइन्। 

No description available.

‘प्रेसरले हान्यो कि के भयो ढ्यांग लडेको थियो रे! त्यसपछि साथीले अस्पताल पुर्‍याउँदा ऊ ... गइगएछ। हामीलाई त्यस्तो खबर आयो,’ अमृतमायाका श्रीमान् अम्बरबहादुर राईले सुस्तरी थपे। उनको स्वर अड्किए जस्तो थियो। आँखा रसाएका थिए। 

६८ बसन्त पार गरिसकेकी अमृतमाया र ७६ बसन्त पार गरिसकेका अम्बरबहादुरले बुढेसकालको सहारा सोचेको कान्छो छोरा (अर्जुन राई) ४ महिना अगाडि गुमाए। त्यही पीडा पोखिरहेका छन् उनीहरू।

No description available.

000

असोज ११ गते अमृतमाया राई घुँडा दुखेर छटपटाइरहेकी थिइन्। केही दिनदेखि ज्वरोले पनि निकै सताएको थियो। त्यही दिन बिहानै कोरियाबाट फोन आयो। नातिनीले फोन उठाएर बोल्न दिइन्।

‘अर्जुन हिजो हिँड्दा-हिँड्दै लड्यो। त्यहीँ बेहोस् भयो। हामीले तुरुन्त अस्पताल त पुर्‍यायौँ तर अस्पतालले मृत घोषणा गर्‍यो,’ फोनमा आवाज सुनियो। बिरामले थलिएकी अमृतमायाको होस हरायो। त्यसपछि के भयो निकै बेर उनले चाल पाइनन्। 

000

होस आउँदा कताकता छोराको मृत्यु भ्रम हो कि भन्ने पनि लाग्यो। छोराले २०७८ जेठमा फर्कन्छु, बिहे भोजका लागि २ वटा बंगुर र एउटा राँगो किनिराख्नु भनेको सम्झिइन्।

अमृतमायालाई जेठमा बिहे गर्न छोरा आउँछ जस्तै लागिरहेकै थियो। छोराको मृत्युको खबर भ्रम जस्तै लागिरह्यो। तर त्यो भ्रम नभएर नियतिको सत्य र चोटिलो प्रहार थियो।

पसिनासँग खुसी साटेर फर्किने वाचा गरेर ४ वर्ष अगाडि कोरिया पुगेका कान्छा छोरा अर्जुन राई (वर्ष २७) काठको बाकसमा फर्किए। उनका सबै सपनाका पोका त्यही बाकसमा लाश बनेर फर्किए। बिहे गर्न आउँदैछु भनेका छोराको अन्तिम संस्कार गर्नुपर्‍यो बुढेसकालका बुबाआमाले।

बुढेसकालको सहारा सोचेको कान्छो छोराको मृत्युले उनीको सपना छरपस्ट बनाइदियो। हुन त यस्तै नियतिले अमृतमाया र अम्बरबहादुरलाई पटक-पटक चिमोटिसकेको थियो। यस अगाडि पनि अघिल्लो रात सद्दे सुतेका दुई छोरा भोलिपल्ट मृत भेटिएका थिए। अब छोराहरुले कमाउँछन् र थप सहज हुन्छ भन्ने बेलामा जेठा र माइला छोराको मृत्यूको पीडा खेप्नु परेको थियो।

‘अघिल्लो रात सद्दे सुतेको जेठो र माइलो भोलिपल्ट हेर्दा मरिराखेका भेटियो। जेठी छोरी पनि धरानमा रोगले मरी। खै के भयो-भयो। मेरो त छोराछोरी भगवानले माथि बोलाएको बोलाइछन्,’ अमृतमाया बर्बराइन्। उनका आँखा टिलपिलाए।

No description available.

000

अमृतमाया र अम्बरबहादुरका ४ छोरा र दुई छोरी गरी ६ सन्तान थिए। खेतबारीको काम गरेर छोराछोरीलाई पढाएकै थिए। जग्गा जमिन काम गरेर खान पुग्ने थियो। बंगुर, खसी, बाख्रा पनि पाल्थे। यसो हुँदा घर खर्च चलाउन खासै दुःख थिएन। साइला र कान्छा घरमा दुःख भएर होइन, श्रम गर्न सक्ने उमेरमा कमाउन विदेशिएका थिए।

पुर्ख्यौली सम्पतिमा आफ्नो पसिना पनि मिसाएर थप खुसी बटुल्ने उनीहरूको सोच थियो। घर पनि राम्रै चलिरहेको थियो। तर क्रमशः आफ्ना सन्तानहरुको मृत्युले सहिनसक्नु चोट थुपारिरह्यो।

अमृतमाया र अम्बरबहादुरका ६ सन्तानमध्ये अब २ जना (साइला छोरा र कान्छी छोरी) मात्रै बाँकी छन्। उनीहरू पनि साथमा छैनन्। साइला छोरा कोरियामै छन्। कान्छी छोरी पनि विदेशमै छन्। साइली बुहारी पनि छन् तर उनी पनि सहरमा बस्छिन्। बुढ्यौलीले ढपक्कै ढाकेको उमेरले सहारा खोज्दै गएको छ। तर उनीहरू दिनप्रतिदिन एक्लिँदै छन्। 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
काठमाडौं महानगरको रोजगारी कार्यक्रम : न वडाध्यक्षलाई थाहा छ, न बेरोजगारलाई
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
वार्ताका लागि एक प्रतिनिधिमण्डल पठाउने इजरायलको निर्णय आइतबार, असार २२, २०८२
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ आइतबार, असार २२, २०८२
आज मोहर्रम पर्व मनाइँदै आइतबार, असार २२, २०८२
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ: सांसद सिंह आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्