• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
काठमाडौं महानगरको रोजगारी कार्यक्रम : न वडाध्यक्षलाई थाहा छ, न बेरोजगारलाई
64x64
निर्मला घिमिरे सोमबार, माघ ५, २०७७  १२:२८
1140x725
फाइल तस्बिर

काठमाडौं– कोभिड–१९ संक्रमणका कारण रोजगारी गुमाएका दैनिक ज्यालादारी श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउन काठमाडौं महानगरले २०७७ जेठ ४ गते ‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७’ स्वीकृत गर्‍यो। तर कार्यविधि स्वीकृत भएको ८ महिना बितिसक्दा पनि यो कार्यक्रमकाे जानकारी न त वडाध्यक्षलाई थाहा छ, न लक्षित वर्गलाई। रोजगारी माग गर्दै कति आवेदन आए भन्ने बारे पनि महानगरपालिका बेखबर छ। 

‘वडा कार्यालयहरुमार्फत् हामी बेरोजगारलाई रोजगारी दिइरहेका छौँ। तर कति आवेदन आए अथवा कतिले रोजगारी पाए भन्ने तथ्यांक आइपुगेको छैन। त्यो तथ्यांक हामी वडा कार्यालयमार्फत् संकलन गर्छौँ,’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नेपाल लाईभसँग भने। 

वडाध्यक्ष भन्छन्–थाहा छैन
महानगरको रोजगारीको कार्यक्रम बारे अधिकांश वडाध्यक्ष नै बेखबर छन्। नेपाल लाईभले केही वडाध्यक्षहरुसँग यो कार्यक्रमबारे जानकारी लिँदा अधिकांशले आफूहरुलाई जानकारी नै नभएको प्रतिक्रिया दिए। 

कामपा २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भन्छन्, ‘यो कार्यक्रमका बारेमा मलाई नसोध्नुस्। मेयर ज्यूलाई नै थाहा छ, उहाँलाई सोध्नुस्।’

कामपा १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठ पनि महानगरपालिकाबाट रोजगारी कार्यक्रम सञ्चालनका लागि अझै पत्र नआएको बताउँछन्। ‘यो कार्यक्रम त गर्ने भनेको खै पत्र नै आइपुगेको छैन । पत्र नआई के–कसरी गर्ने हो। जानकारी छैन,’ उनले भने। 

वडा नम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन भने रोजगारीको माग गर्दै बेरोजगारहरुको आवेदन नै नआएको बताउँछन् । ‘खै आवेदन नै आएको छैन। त्यही भएर त्यो कार्यक्रम त केही भएको छैन,’ उनले भने।

त्यस्तै वडा नम्बर २९ ले पनि यो कार्यक्रम सुरु नै नभएको बताएको छ। वडा नम्बर २८ ले पनि बेरोजगार युवाहरुको आवेदन नै नआएको जनाएको छ। अधिकांश वडा कार्यालयहरुले बेरोजगारको आवेदन नै नआएकाले यो कार्यक्रम सुरु हुन नसकेको बताएका छन्। 

महानगरभित्र दैनिक ज्याला मजदूरी गरेर गुजारा गर्ने श्रमिकहरुको संख्या निकै ठूलो छ। त्यसमा पनि कोभिडका कारण रोजगारी गुमाएर हजारौँ दैनिक ज्यालादारी मजदूरहरु बिचल्लीमा परेका थिए। कोरोना महामारीबीच काम ठप्प भएसँगै ठूलो संख्यामा मजदूरहरु निजी क्षेत्रले खुलामञ्चमा बाँडेको खाना खाएर छाक टार्न बाध्य भए। यही बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै महानगरपालिकाले अघि सारेको भनिएको कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको पाइएको छ।

लक्षित वर्गलाई जानकारी नै छैन 
वडा कार्यालयहरुले रोजगारीको माग गर्दै आवेदन नआएपछि बेरोजगारी समस्या नै नभएको प्रतिक्रिया दिएका छन्। तर यसो नभएर बेरोजगार युवासम्म जानकारी नै नपुग्दा उनीहरु रोजगारीको माग गर्दै वडासम्म नपुगेको पाइएको छ।

केही वर्षदेखि महानगरमा दैनिक ज्यालामजदूरी गरेर गुजारा गर्दै आएका उदयपुरका झलकबहादुर परियार कोरोना महामारीका कारण धेरै समय बेरोजगार भएर भौतारिए। तर उनले महानगरपालिकाबाट न राहत पाए, न रोजगारी। उनलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिन्छ भन्ने जानकारीसमेत छैन । कोरोना महामारीको समयमा ऋण काढेर छाक टार्न बाध्य बनेका उनले बल्ल काम पाउन थालेका छन्। 

२ वर्षदेखि काठमाडौंमा ज्यामी काम गर्दै आएका सिन्धुलीका दीपक तामाङले पनि झलकबहादुरको जस्तै दुःख भोग्नुपर्‍यो। कोरोनाका कारण रोजगारी गुमेपछि टाक टार्नै समस्या आइलाग्यो। तर कतैबाट उनले सहयोग पाएनन्। अवस्था केही सहज हुँदै गएपछि उनले पनि रोजगारी पाएका छन्। दीपक भन्छन्, ‘महानगरपालिकाले रोजगारीको कार्यक्रम ल्याएको भन्ने पनि थाहा थिएन । राहत लिन त नागरिकता र घरबेटीको सिफारिस चाहिँने भएपछि त्यो पनि पाइनँ।’

काठमाडौं महानगरपालिकाले कोभिड-१९ का कारण रोजगारी गुमाएका दैनिक ज्यालादारी मजदूरहरुलाई दिने रोजगारीका बारेमा जानकारी नहुने झलकबहादुर र दीपक तामाङ त प्रतिनिधि पात्रमात्रै हुन्। उनीहरु जस्ता कोभिड-१९ का कारण रोजगारी गुमाएका हजारौँ बेरोजगार युवाहरुलाई महानगरको यो कार्यक्रमको जानकारी नै छैन । 
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्