• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुरेन्द्र पाण्डेलाई प्रश्न- प्रतिनिधि सभा विघटनबारे अदालतले गर्ने फैसला स्वीकार्नुहुन्छ?
64x64
नेपाल लाइभ मंगलबार, फागुन ४, २०७७  २१:४०
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मुलुकको राजनीति ध्रुवीकृत हुनपुगेको छ। ध्रुवीकृत मात्र होइन, एक हिसाबले भन्दा एक पक्षले अर्को पक्षलाई निषेध गर्ने तहसम्मका गतिविधि चुलिएका छन्।

आ–आफ्नो राजनीतिक लाभ र हानीको लेखाजोखा गरेर भइरहेका यी गतिविधि कहाँसम्म पुग्छन् भन्ने टुंगो छैन। तर, प्रतिनिधि सभा विघटनको विषय अहिले सर्वोच्च अदालतमा बहुप्रतीक्षित बनेको छ। सर्वोच्चको संवैधानिक इजलासमा यो विषयको निरन्तर सुनुवाई भइरहेको छ। र, फागुन दोस्रो वा तेस्रो हप्तासम्म सर्वोच्चले यो विषयमा आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ। 

प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित छ। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको एउटा समूह विघटन सदर भएर मध्यावधि निर्वाचन हुनुपर्ने पक्षमा उभिएको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको अर्को समूह प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने अडानसहित आन्दोलनमा छ।

नेकपाका ओली र प्रचण्ड–माधव पक्ष मात्र होइन, निर्वाचन आयोगसमेत सर्वोच्चबाट हुने निर्णय ‘पर्खेर’ बसेका छन्। प्रतिनिधि सभा पुनस्र्थापना हुने अडानसहित आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड-माधव पक्ष सर्वोच्चले गर्ने जुनुसुकै निर्णय स्वीकार्छ त ? यो पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश: 

प्रतिनिधि सभा विघटनबारेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ, तपाईंहरु आन्दोलनमा हुनुहुन्छ। अब अदालतले निर्णय सुनाउने समय पनि नजिकिएको छ। के भन्नुहुन्छ? 
यो नौलो परिघटना होइन। विगतमा पनि यस प्रकारका महत्वपूर्ण घटनामा सर्वोच्च अदालतमा बहस भएकै थिए। प्रतिनिधि सभा विघटनको पक्ष वा विपक्षमा पनि बहस भएका थिए। बहसमा वकिलहरुले आ–आफ्ना कोणबाट ब्याख्या गरिरहेका छन्। न्यायाधीशहरुले वकिलका तर्क सुन्ने, त्यस आधारमा संविधानको व्याख्या गर्ने सन्दर्भमा त्यो कति सहयोगी र कामलाग्दो हुन्छ भनेर हेर्ने गरिराखेका हुन्छन्।  

संविधानले जे व्यवस्था गरेको छ, त्यसअन्तर्गत् रहेर नै व्याख्या हुने हो। संविधानमा नयाँ धारा वा अन्य सन्दर्भवहरु जोड्ने होइन। अहिले संविधानमा जोड्न खोजिएको पनि होइन, अदालतको काम त्यो हुँदा पनि होइन। संविधानमा नयाँ-नयाँ व्यवस्था थप्दै जाने जिम्मेवारी पनि अदालतको होइन। संविधान निर्माण गर्दा हामीले गरेको प्रबन्ध र विश्वव्यापी मान्यता के हो भने अदालतले संविधानको व्याख्या गर्ने हो। यदि संविधानमा केही कुरा थप्ने, विस्तार गर्ने वा नयाँ विषयवस्तु जोड्ने हो भने त्यो काम संसदको हो। त्यो सांसद वा जनप्रतिनिधिको जिम्मेवारी हो। 

अदालतबाट यस्तो केही गरिँदैछ भन्न खोज्नु भएको हो? 
मैले भन्न खोजेको कुरा के हो भने जनप्रतिनिधिहरु जनताको बीचमा जाँदा जनताले उठाएका वा अभिव्यक्त गरेका कुराहरु जनप्रतिनिधिले आवश्यकताबोध गरेमा त्यस्ता कुरा प्रक्रियागत रुपमा संविधानमा थपिन वा संशोधन हुन सक्छन्।  त्यसका लागि सम्बन्धित राजनीतिक दलले आफ्नो विचारलाई अगाडि बढाउने काम गर्छन्। यदि जनताको चाहना त्यही छ भने त्यो जनचाहनालाई परिपूर्ति गर्न संविधान र कानूनमा यो व्यवस्था गर्छौ भनेर दलले कबुल गर्न सक्छन्। र, यो सबै गर्ने थलो भनेको संसद हो।

संविधानमा जुन व्यवस्था छ, त्यहीअन्तर्गत नै अदालतले फैसला गर्ने हो।

Ncell 2
Ncell 2

अदालतले त संविधानमा भएका कुरा व्याख्या गर्ने हो। जनप्रतिनिधिले पारित गरेका संविधान र कानूनको कार्यान्वयन हेर्ने हो। बेला मौकामा त्यसमा अस्पष्टता भयो भने ब्याख्या गर्ने हो, न कि त्यसमा थपघट गर्ने। अहिलेको सदर्भमा पनि अदालतले व्याख्या गर्ने हो। वकिलहरुको तर्क सुन्ने हो, तर संविधानमा जुन व्यवस्था छ, त्यहीअन्तर्गत नै अदालतले फैसला गर्ने हो। अदालतले यही गर्छ भन्नेमा हामी विश्वस्त छौं। संविधानवादको मान्यता पनि यही हो। 

संविधानको व्याख्या गर्ने क्रममा अदालतबाट तपाईंहरुले चाहे जस्तो प्रतिनिधि सभा पुनःस्थापना नहुने निर्णय पनि त हुनसक्छ, होइन ?  
अदालतले प्रतिनिधि सभा पुनःस्थापना नगर्ने सम्भावना नै म देख्दिनँ। प्रतिनिधि सभा पुर्नस्थापना हुँदैन कि भन्ने प्रश्न नै अनुपयक्त हो जस्तो लाग्छ। प्रधानमन्त्रीज्यूले अदालतलाई जवाफ दिँदा पनि आफूले संविधान हेरेर निर्णय गरेकै होइन भन्नु भएको छ। मैले राजनीति हेरेर गरेको हो भन्नु भएको छ। संविधानलाई टेकेर प्रधानमन्त्री हुने, अनि संविधान नहेरेर विघटन गर्न पाईन्छ? संविधानको व्यवस्था विना केपी ओली सडकबाट प्रधानमन्त्री बनेको हो र? 

उहाँ संविधानको निश्चित व्यवस्थाबाट प्रधानमन्त्री नियक्त हुनुभएको हो। उहाँलाई संविधानले प्रतिनिधि सभामा बहुमतप्राप्त सांसदका नाताले अन्य  सरकारको नेतृत्व गर्ने अवस्थामा पुर्‍याएको हो। त्यो अवस्थालाई मतलव नै नगरेर विघटन गर्न पाईन्छ र? एकातिर संवैधानिक व्यवस्थाअनुसार विघटन गरेको हुँ पनि भन्ने, अर्कोतर्फ यस्तो तर्क पनि गर्ने? त्यसकारण सर्वोच्च अदालतले यही व्याख्या गर्छ भन्ने मलाई लाग्छ। 

अदालतले संविधान हेरेरै व्याख्या र निर्णय गर्नेक्रममा प्रतिनिधि सभा पुनःस्थापना नगर्न पनि सक्छ। त्यो अवस्थामा अदालतको निर्णय मान्नुहुन्छ? 
मैले अघि पनि भनें– संविधानमा जुन व्यवस्था छ, त्यहीअन्तर्गत नै अदालतले फैसला गर्ने हो। अदालतले यही गर्छ भन्नेमा हामी विश्वस्त छौं। 

प्रतिनिधि सभा पुनःस्थापना भएपछि संसदले जे काम गर्नुपर्ने हो, त्यही काम गर्छ। संसदले सरकार जन्माउँछ, सरकार हेरफेर पनि गर्छ। यो ठिक ढंगले शासन चलाउनका लागि गर्ने काम हो। हामी संसदको जे काम हो त्यही काममा लाग्छौं। संसद पुर्नस्थापना हुँदा तानाशाही हुन्छ भन्ने कुरा होइन। लोकतान्त्रिक शासन व्यवस्थामा संसदले आफ्नो लोकतान्त्रिक विधि अन्तर्गत गर्ने काम गर्छ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २१:४०
  • #सुरेन्द्र_पाण्डे
  • #नेकपा_विभाजन
  • #प्रचण्ड_माधव_समूह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश
सम्बन्धित सामग्री
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीय... बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले  उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रालयमा सञ्ज... बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्