• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कस्तो होला ब्युँतिएको एमाले ?
64x64
किशोर दहाल आइतबार, फागुन २३, २०७७  २३:०३
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन ठिक्क परेको थियो। पूर्व एमालेको ठूलो पंक्ति र पूर्व माओवादीको लगभग सिंगो स्वरुप एकातिर थिए। 

यो समूहलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेका थिए। त्यस्तै, पूर्वएमालेको एउटा समूहलाई केपी ओलीले नेतृत्व गरेका थिए। त्यहाँ पूर्व माओवादीको सानो समूह पनि थियो। तर, आइतबार सर्वोच्च अदालतको एउटा फैसलाले राजनीतिक परिदृश्यमा कायपलट ल्याइदिएको छ। नेकपा विभाजन त हुने नै भयो। तर अलि फरक स्वरुपमा।

फैसलासँगै अब तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिने छन्। किनकि, पुनः एकीकरण प्रक्रियामा जोडिन सम्भव देखिँदैन। प्रतिनिधि सभा विघटन गर्ने निर्णयसँगै माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा लगायतका केही नेता ओलीतिर लागेका थिए। उनीहरु माओवादीमा फर्किँदा पनि त्यहाँभित्रको शक्ति संघर्षमा खासै ठूलो उथलपुथल आउने देखिँदैन। तर, एमालेलाई भने माओवादीलाई जति सजिलो हुने देखिँदैन।

नेकपाभित्रको विवादले पूर्वएमालेका शीर्ष नेताहरु मात्रै होइन, मध्यम र तल्ला तहका नेताहरुको सम्बन्धलाई पनि साह्रै तिक्त बनाइसकेको छ। शीर्ष तीन नेताहरु केपी ओली, झलनाथ खनाल र माधव नेपालबीचकै सम्बन्ध यसबीचमा निकै तल्लो अवस्थामा पुगिसकेको छ। खनाल र नेपाल एक पक्षमा छन् भने ओली अर्कोतिर। अन्य नेताहरुबीचको सम्बन्ध पनि तिक्त भएको छ। त्यसैले अहिलेकै अवस्थामा पूर्व एमाले ब्युँतियो भने त्यो प्राविधिक रुपमा जीवित त हुनसक्ला तर जीवन्त भएर अगाडि मुस्किल देखिन्छ।

एमालेमा छलफल र बहसको राम्रो परम्परा थियो। पार्टी कमिटीमा संघर्ष र सहयोगको सम्बन्ध थियो। तर पछिल्लो अवस्थामा पुरानै शैली सम्भव हुने देखिँदैन। जबर्जस्ती ब्युँतिएको पार्टीको दैनिकी सहज रुपमा अघि बढ्न मुस्किल हुन्छ।

केपी ओलीले अझ शक्तिको अभ्यास गर्न सक्नेछन्। पार्टी अध्यक्ष हुनुका कारण उनले पछिल्लो समय प्रचण्डसँग नजिकिएका वा नेकपाको प्रचण्ड-माधव पक्षका खुलेका नेता कार्यकर्ताहरुलाई अवसर र जिम्मेवारी नदिने, कारबाही गर्ने जस्ता उपाय अपनाउन सक्नेछन्।  

उनको विगत हेर्दा त्यसो नगर्लान् भन्न सकिँदैन। तर त्यस्ता हर्कतले पार्टीलाई फलाउने फूलाउने भन्दा पनि प्रतिशोध साँध्ने अखडामा रुपान्तरण  गरिदिने छ। सुरुवातमा यस्ता कमदले आफू पक्षका नेता कार्यकर्तालाई आत्मरति त दिनेछ, तर पार्टीलाई भने क्षय नै पुर्‍याउने छ।

एमालेमा माधव नेपाल र झलनाथ खनाललाई ‘माओवादी गुट’को रुपमा प्रचार गराइने सम्भावना ज्यादा छ। यस्तो मामलामा ओली र उनी निकटका कार्यकर्ता काबिल देखिन्छन्। नेकपामा हुँदाको रिस पोख्ने र बदनाम गर्ने व्यवहार एमाले ब्युँतिएमा अझ उग्र हुनसक्छ।

एमाले संसदीय दलमा माधव नेपाल र झलनाथ खनाल पक्ष निकै कमजोर छ। नेकपामा अहिले प्रचण्ड-माधव पक्षमा खुलेका प्रतिनिधि सभाका झन्डै ८८ जना सांसद्‌मध्ये ५० जनाजति पूर्व माओवादीकै छन्। ती बाहेकका सांसद् नेपाल र खनाल पक्षका हुन्। जबकि, प्रतिनिधि सभामा एमालेको १२१ सिट छ। राष्ट्रिय सभामा पनि सो पक्ष बलियो छैन। जसले गर्दा संसदीय दलमा सो पक्षलाई कमजोर अवस्थामा पुर्‍याएको छ। 

केन्द्रीय कमिटीमा ४० प्रतिशत पुग्न सक्ने भए पनि संसदीय दलमा ४० प्रतिशत पुग्ने सम्भावना नभएका कारण माधव-झलनाथले एमाले विभाजन गरेर अहिले नेकपामा रहेको प्रचण्ड-माधव पक्षलाई निरन्तरता दिन असम्भव जस्तै छ।

असन्तुष्टि र अराजनीतिक गतिविधि र भाषणबाजी बढ्ने तर सहज निकास नपाउन भएकाले ब्युँतिएको खण्डमा एमाले झन् समस्याको गोलचक्करमा फँस्ने देखिन्छ।

एमालेमा अब महाधिवेशन/विशेष महाधिवेशनको माग पनि उठ्न सक्छ। एमालेले यसअघि २०७१ सालमा महाधिवेशन गरेको थियो। माओवादी केन्द्रसँग एकता नभएको भए उसले २०७६ सालमै महाधिवेशन गरिसक्नुपर्थ्यो। तर, पछिल्लो फैसलासँगै सम्भवतः नेकपा अभ्यासमा रहेको अवधिलाई शून्य समय मानेर अघि बढिनेछ। जसले गर्दा थप केही समय ओलीलाई प्राप्त हुनसक्छ। तर, पार्टीभित्रको शक्ति संघर्षले उसलाई महाधिवेशनतिर धकेल्न सक्छ। तर ओली पक्ष त्यसका लागि सहमत हुने सम्भावना भने न्यून छ।

एमालेको नवौ महाधिवेशनमा ओलीलाई वामदेव गौतम तथा झलनाथ खनालले साथ दिएका थिए। तैपनि माधव नेपाल बलियो प्रतिस्पर्धी बनेका थिए। उनी ओलीसँग अध्यक्षमा जम्मा ४४ मतले पराजित भएका थिए। ओलीले १ हजार ४७ मत पाउँदा नेपालले १ हजार ३ मत पाएका थिए। पदाधिकारीमा पनि नेपाल र ओली समूहका बराबर ७-७ जना निर्वाचित भएका थिए। 

पूर्व एमालेमा तत्कालीन ७५ जिल्लामध्ये ४७ वटामा माधव नेपाल निकट नेताको नेतृत्व रहेको दाबी सो पक्षको छ। तर पछिल्ला ६ वर्षमा उपलब्ध अवसर, पार्टी एकतापछिको परिस्थिति, संघर्षका कारण पुरानो शक्ति सन्तुलनमा हेरफेर आएको हुनसक्छ।

त्यसो त, एमालेको विधानमा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुने उल्लेख छ। महाधिवेशन कहिले हुने निश्चित नभएको र विधानमा यस्तो व्यवस्था भएका कारण केही शीर्ष नेताहरुले पदीय दायित्व निर्वाह गर्ने अवस्था रहँदैन। यस्तो पृष्ठभूमिमा विभिन्न गुटको उत्तराधिकारी खोज्ने विषयले नयाँ समस्या सिर्जना गर्न सक्छ। 

एउटा अवस्थाबाट अघि गुज्रिसकेको जुनसुकै विषय पुनः विगतमै फर्किनु भनेको अनेक समस्या हुनु हो, निम्तिनु हो। त्यसबाट एमाले पनि मुक्त हुन सक्दैन।
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधा... शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बो... शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अ... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्