• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
उपाधि पुलिसलाई, मेयर्स कपमा देखिएका केही उत्कृष्ट प्रदर्शन
64x64
सराेज तामाङ शनिबार, फागुन २९, २०७७  १४:१६
1140x725

काठमाडौं– विभागीय क्लब नेपाल पुलिसले ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफलाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिसले एपीएफलाई स्तब्ध पार्दै उपाधि चुम्यो। १०६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको पुलिसले २४. १ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। पुलिसको जितमा ओपनर सुनिल धमलाले अर्धशतकीय पारी खेले। उनी ५९ रनमा अविजित रहे। त्यस्तै, कुशल भुर्तेल र अलिकुमार साहले समान १५–१५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे।

 बलिङतर्फ एपीएफका अविनाश बोहरा र भुवन कार्कीले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुलिसलाई झिनो लक्ष्य दिएको हो। २९.४ ओभरमा सबै विकेटको क्षतिमा एपीएफले १०५ रन मात्रै बनायो। एपीएफका कुनै पनि ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन्। 

बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८–१८ तथा भुवन कार्कीले १४ रन बनाए। १० रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान शरद भेषावकर शून्यमै आउट भएपछि एपीएफ दबाबमा आएको थियो। 

यसअघि शंकर राना चार र आशिफ शेख शून्यमै आउट भएका थिए। एपीएफका ब्याट्सम्यानले पुलिसविरुद्ध खुलेर खेल्न सकेनन्। पुलिसका गुल्सन झा र सागर ढकालले समान ४–४ विकेट लिए।

उपाधिसँगै पुलिसले पाँच लाख नगद पाउँदा उपविजेतामा चिक्त बुझाएको एपीएफले तीन लाख पाएको छ।

प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी दीपेन्द्र घाेषित भए। त्यस्तै उत्कृष्ट ब्याट्सम्यानमा आर्मीका कप्तान विनेद भण्डारी र उत्कृष्ट बलरमा बागमतीका आरियाे पाैडेल घाेषित भए।

Ncell 2
Ncell 2

यस्तो रह्यो उपाधि यात्रा

पुलिसले लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। लिग चरणमा पुलिसले एपीएफसँग आफ्नो दोस्रो खेलमा एक विकेटको हार ब्यहोरेको थियो। 

यसअघि पुलिसले आफ्नो पहिलो खेलमा भने बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो। तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको पुलिसले चौथो खेलमा काठमाडौं मेयर्स एघार टिमलाई १०३ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

पहिलो पटक आयोजना भएको काठमाडौं मेयर्स कपको उपाधि दौडमा पुलिसले लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो। पुलिसले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक बनायो।

पुलिसलाई उपाधि जिताउन सबै खेलाडीले उतिकै महत्वपूर्ण भूमिका खेले। बलिङमा उत्कृष्ट प्रदर्शन गरेको पुलिसको ब्याटिङ पनि राम्रै देखियो। 

विशेषगरी दीपेन्द्रसिंह ऐरी र पवन सर्राफको अलराउण्डर भूमिका रह्यो भने, सुनिल धमला, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की लगायतले ब्याटिङमा सन्तोषजनक नै प्रदर्शन गरे। बलिङ, सागर ढकाल, गुल्सन झा र ललितनारायण राजवंशीले किफायति प्रदर्शन गरे।

ब्याट्सम्यान, अलराउण्डर र बलरको समिश्रण प्रदर्शनमा पुलिसले उपाधि चुम्न सफल भयो।

दीपेन्द्र र पवनको शनसनीपूर्ण प्रदर्शन

काठमाडौं मेयर्स कप प्रतियोगिताको उपाधि पुलिसले जित्दा टिमका दुई हिरो सावित भए, दीपन्द्र र पवन। पुलिसले खेलेका लिग चरणका चार खेलमध्ये दुई खेलमा दीपेन्द्र प्लेयर अफ द म्याच घोषित हुँदा पवन पनि दुई पटक नै प्लेयर अफ द म्याच चुनिए।

पहिलो खेलमा बागमतीलाई दुई रनले हराउँदा दीपेन्द्रले चार विकेट लिए। त्यस्तै, एपीएफसँग एक रनले हार्दा पनि दीपेन्द्र उत्कृष्ट खेलाडी सावित भए। उनले शतकसहित १४० रन बनाए। जुन प्रतियोगिताकै पहिलो शतक बन्यो। प्रतियोगितामा दीपेन्द्रले कुल पाँच खेलबट १७६ रन बनाए। जसमा एक शतक र एक अर्धशतक बन्यो। 

सर्वाधिक रन बनाउने खेलाडीमा भने आर्मीका कप्तान विनोद भण्डारी रहे। विनोदले चार खेलबाट एक शतकसहित १८४ रन बनाए। त्यस्तै, बलिङतर्फ पनि दीपेन्द्र चम्किए। उनले कुल ८ विकेट लिन सफल भए।
त्यस्तै, एपीएफविरुद्धकै खेलमा ब्याटिङतर्फ ३५ र बलिङतर्फ पवनले पाँच विकेट लिए। 

आर्मीविरुद्ध ब्याटिङतर्फ २२ र बलिङमा तीन विकेट लिएका पवन नायक बने। त्यसपछि उनले काठमाडौंलाई पराजित गर्दा पनि चार विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भएका थिए। ब्याटिङतर्फ ८४ रन बनाएका पवन बलिङमा जमे। उनले सर्वाधिक १३ विकेट लिए। एपीएफविरुद्ध उनले ९ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए।

तीन शतक

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा यो पटक तीन शतक बन्यो। जसमा पहिलो शतक पुलिसका दीपेन्द्रले बनाउँदा दोस्रो शतक बागमती प्रदेशका पारस खड्का र तेस्रो शतक आर्मीका विनोद भण्डारीले बनाए।

दीपेन्द्रले बनाएको शतकमा टिम पुलिस भने एपीएफसँग एक विकेटले हारेको थियो। त्यो खेलमा दीपेन्द्रले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै शतकसहित १४० रन बनाए। जुन प्रतियोगिताकै सर्वाधिक उच्च रन हो।

पारस र विनोदले भने अन्तिम खेलमा एकआपसको टिमविरुद्ध बनाएका थिए। पहिले ब्याटिङ गरेको बागमतीका लागि पारसले शतकसहित उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई उकासे। 

१३३ बलमा ११ चौका र दुई छक्कासहित पारसले ११९ रन बनाएका थिए। जवाफी ब्याटिङ थालेको आर्मीले बागमतीसँग खेल १० रनले हारेपनि विनोदले भने शतक बनाए। 

विनोदले पनि शतकसहित ११९ रन नै बनाएका थिए। उनले ११४ बलमा आठ चौका र सात छक्का प्रहार गरे।  विनोद प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी समेत हुन्।

१२ अर्धशतक

प्रतियोगितामा १२ अर्धशतक बन्यो। जसमा एपीएफका सन्दीप जोराले दुई अर्धशतक बनाए। सन्दीपले पुलिसविरुद्ध ६१ रन बनाए। त्यस्तै, दोस्रो अर्धशतक बनाउने क्रममा उनले काठमाडौं मेयर्स ११ टिमविरुद्ध ६२ रन बनाए। सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा रहेका उनले पाँच खेलबाट १६६ रन जोडे।

त्यस्तै, सुनिल धमलाले एपीएफविरुद्ध फाइनल खेलमा अर्धशतक बनाए। उनी फाइनलमा ५९ रनमा अविजित रहे। त्यस्तै, आर्मीका अलराउण्डर सोमपाल कामीले काठमाडौं मेयर्स एघारविरुद्ध अर्धशतक बनाए। उनले ८० रन जोडेका थिए। बागमती प्रदेशका नन्दन यादवले ६० रन बनाए।

एपीएफका आशिफ शेखले ५०, बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ५७, एपीएफकै सुमित महर्जनले ६०, पृथु बास्कोटाले ६०, एपीएफका कप्तान शरद भेषावकरले ६१, आर्मीका रोहितकुमार पौडेलले ५६, एपीएफका सुवास खकुरेलले ५० रन बनाउँदै अर्धशतक बनाए।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक बिहीबारको खेलमा २३६ रनको लक्ष्य पछ्याएको गुजरातले ९ विकेटको क्षतिमा २०२ रन मात्र जोड्न सकेको हो । गुजरातका साहरुख खानले २९ बलमा ५७ र... शुक्रबार, जेठ ९, २०८२
टेस्ट टोली बंगलादेशविरुद्धको टी–२० सिरिज जित्दै यूएईले रच्यो नयाँ इतिहास यूएईले पहिलोपटक टेस्ट टिमलाई हराउँदै सिरिज जितेको हो । तेस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको १ सय ६३ रनको लक्ष्य यूएईले १९.१ ओभ... बिहीबार, जेठ ८, २०८२
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको प्ले अफमा दिल्लीका समीर रिज्भीले ३९, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोड्दा के ऐल राहुलले ११ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोह... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्न राष्ट्रपति ट्रम्प प्रशासनको आदेश शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने शुक्रबार, जेठ ९, २०८२
पूर्वीनाकाबाट मात्रै चार करोड ६० लाखको खरबुजा भित्रियो शुक्रबार, जेठ ९, २०८२
सवारी दुर्घटनामा एक जनाको मृत्यु शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्