• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
64x64
सराेज तामाङ सोमबार, चैत २३, २०७७  ०९:१५
1140x725

काठमाडौं- कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आइतबार नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। योसँगै 'प्रो लाइसेन्स' भएका प्रशिक्षक नेपालले पाएको छ। तर, नेपाली फुटबलको आवश्यकता प्रो लाइसेन्स भएको प्रशिक्षक मात्रै हो त?  

एउटा तथ्य, नेपालमा कुनै पनि प्रशिक्षकह प्रो लाइसेन्स प्राप्त छैनन्। योहान कालिनले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्दै आएका थिए। तर, उनी प्रो लाइसेन्सप्राप्त प्रशिक्षक होइनन्। पछिल्लो समयमा विश्व फुटबल महासंघ (फिफा) ले आफ्ना सदस्य राष्ट्रको मुख्य प्रशिक्षकले प्रो लाइसेन्स लिएको हुनुपर्ने मापदण्ड राखेपछि एन्फालाई टाउको दुखाइको विषय बनेको थियो। प्रो लाइसेन्स भनेको फुटबल प्रशिक्षक हुनका लागि आवश्यक पर्ने अनुमतिपत्र हो जसलाई प्रफेसनल फुटबल प्रशिक्षकको योग्यता पनि भनिन्छ। फिफादेखि युइएफएसम्मले यसलाई म्यान्डेटरी बनाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रो लाइसेन्सप्राप्त प्रशिक्षक पाउँदैमा ढुक्क भएको छ। तर, नेपाली फुटबलको आवश्यकता प्रो लाइसेन्स मात्रै हो त? होइन भने नेपाली फुटबललाई दीर्घकालीन रूपमा अगाडि बढाउन कस्ता प्रशिक्षक चाहिएको हो? यसको गहन छलफल र बहस भने अहिलेसम्म हुन सकेको छैन। 

अब्दुल्लाहसँग प्रो लाइसेन्स छ। तर, अनुभव छैन। उनको राष्ट्रिय टिमको प्रशिक्षण नेपाल नै पहिलो हुनेछ। यसअघि उनले कीर्गिस्तानको यू–१६ टिमको प्रशिक्षक भएर काम गरेका थिए। प्रशिक्षकको रूपमा उनको अनुभव यो नै हो। त्यसो त, कुवेत र साउदी अरबको क्लबमा रहेर पनि उनले काम गरेका छन्।
चैत ६ गते कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इन्स्ट्रक्टरका रूपमा अब्दुल्लाहलाई नेपाल पठाएको थियो। सम्भवत: उनको लागि नेपाल बसाई सिकाई प्रक्रियामै सकिनेछ। विगतमा पनि यस्तै भइरहेको थियो। छोटो समयका लागि आउने प्रशिक्षक नेपाली खेलाडीको बारेमा बुझ्दाबुझ्दै फर्केर जाने गरेका छन्। 

दीर्घकालीन प्रशिक्षकको खाँचो
नेपाली फुटबलको इतिहासलाई पल्टाउने हो भने विगतमा र अहिले खासै फरक छैन। अझ भनौं, नेपाली फुटबल दक्षिण एसियामै घुमिरहेको छ। त्यसैले त साफ च्याम्पियनसिप जित्ने एउटा संकल्प नै छ। तर, अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलदेखि माथि उठ्न नसकेको नेपाल ‘थ्री नेसन्स कप’ जस्ता प्रतियोगिता जित्दा, विजयी उत्सव मनाउनु पर्छ। यो स्तरदेखि माथि उठ्नको लागि पनि दीर्घकालीन योजना चाहिन्छ। अनि त्यही अनुसारको प्रशिक्षक र व्यवस्था।

अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको छ। हामीकहाँ परिपाटी पनि यस्तै चलिआएको छ, छोटो समयमा नै प्रशिक्षक परिवर्तन भइरहने। २०७५ को माघ ३ गते योहान कालिन नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले मात्र आठ खेल खेल्यो।

योहान कालिनको प्रशिक्षणमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको छ। जसमध्ये कुवेतसँग एक खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ। त्यस्तै, चाइनिज ताइपेईसँगकै मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको छ।

प्रतियोगितातर्फ पाँच खेल विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेलहरु खेलेको छ। योहान कालिनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटको दोस्रो चरणमा चाइनिज चाइपेईलाई हराएको छ। यही एउटा खेल मात्रै हो, उनको प्रशिक्षणमा नेपालले जितेको। चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको नेपालले कुवेतसँग विश्वकपको दोस्रो चरणको खेलमा ७–० र १–० ले हारेको छ। त्यस्तै, अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हारेको छ।

कालिन भन्दा अघि नेपालको विदेशी प्रशिक्षक रहेका ग्योतुकी कोजीले भने एएफसी सोलिडारिटी कपको उपाधि दिलाउँदै केही राहत दिलाए। प्रशिक्षकमा स्थायित्व नहुँदा पनि नेपालले अन्तर्राष्ट्रियस्तरमा फड्को मार्न सकिरहेका छैन। अन्य देशहरुमा एउटै प्रशिक्षकले लामो समयसम्म प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका हुन्छन्। हरेक खेलाडीको सुक्ष्म तरिकाले अध्ययनपछि प्रयोग गरिरहेका हुन्छन्। नेपालमा भने प्रशिक्षकले खेलाडीको नाम समेत कन्ठ गर्न सक्दा नसक्दै छोड्नु परेको छ। एन्फाले कुनै पनि विदेशी प्रशिक्षकलाई टिकाई राख्न सकेको छैन। र, नेपाली प्रशिक्षककै स्तरोन्नति गर्दै प्रो लाइसेन्सतर्फ लैजाने पहल पनि हुनसकेको छैन। 

विदेशी प्रशिक्षकको लागि नेपाल एक प्रयोगशाला भएको छ। आउँछन्, प्रयोग गर्छन्, जान्छन्।

अब्दुल्लाहसँग नेपालको आश
अब्दुल्लाहबाट नेपालले ठूलो आशा गरेको छ। उनकै प्रशिक्षणमा नेपालले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु खेल्दैछ। आउँदो जेठमा नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग आफ्नो ‘होम’ खेलहरु ‘सेन्ट्रल भेन्यू’ कुवेतमा खेल्दैछ।

उनकै प्रशिक्षणमा नेपालले भदौदेखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिप खेल्नेछ। यसकारण पनि उनीमाथि नेपालले ठूलो आश गरेको छ। तर, उनको अनुभवको कमी भने नेपाली टिममा पक्कै खड्किने छ।

त्यसो त, मुख्य प्रशिक्षकमा नियुक्ति भएसँगै आफूलाई चुनौती थपिएको उनले बताएका छन्। ‘नेपालमा प्रशिक्षकको रुपमा काम गर्न पाउँदा म एकदमै खुशी छु। मेरो यो अवसरलाई चुनौतीको रुपमा लिन्छु। आशा छ, सबै नेपाली समर्थकलाई खुशी पार्न सकौं’, नियुक्तिपछि मुख्य प्रशिक्षक अब्दुल्लाहले भने।

नेपालले थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जित्दा अब्दुल्लाह दर्शक बनेर खेल नियालिरहेका थिए। सायद उनले नेपालले खेल्ने शैली र खेलाडीको खुबी बुझेको हुनुपर्छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
उपाधि पुलिसलाई, मेयर्स कपमा देखिएका केही उत्कृष्ट प्रदर्शन
सम्बन्धित सामग्री
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ । शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दि... शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा नेपालले अन्तिम खेलमा उज्बेकिस्तानविरुद्ध ९ :१५ बजे खेल्ने छ। शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्