• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
युरेनियम धनी जानुकाको बयान- ‘भगवान’को मूर्ति बनाउन ससुराले ल्याएका हुन् 
64x64
नारायण अधिकारी शनिबार, चैत २८, २०७७  ०७:३५
1140x725
फाइल तस्बिर।

काठमाडौं- युरेनियम-२३८ (युरेनियम कच्चा पदार्थ) सहित पक्राउ परेका चार जनामध्ये एक जना धरौटीमा रिहा भएका छन् भने तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशसँगै सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का २० वर्षीय मनोज न्यौपाने दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए। रामेछाप लिखु तामाकोशी-५ बस्‍ने ४० वर्षीय नारायणसिंह तामाङ, काठमाडौं बौद्ध बस्‍ने रामेछाप लिखु तामाकोशी-५ घर भएकी ४० वर्षीया जानुका तामाङ र मन्थली नगरपालिका-४ का २० वर्षीय प्रकाश चौहान भने पुर्पक्षका लागि कारागार चलान भए। 

महानगरीय प्रहरी कार्यालय रानिपोखरीको विशेष टोलीले गत फागनु २८ गते साढे दुई किलो युरेनियम-२३८ सहित चार जनालाई पक्राउ गरेको थियो। उक्त घटनामा पक्राउ परेकाहरूले प्रहरी बयानमा ५० करोड कसिमनको चक्करमा लाग्दा फसिएको बताएका छन्।

जानुका लामाको बयान : भगवानको मूर्ति बनाउन ससुराले ल्याएका हुन् 
२०५६ सालमा कृष्ण पाख्रिनसँग विवाह गरी काठमाडौं बौद्ध सानो टुसालमा बस्दै आइरहेकी छु। ससुरा अमरबहादुर लामाले भारतको बिहार सङबुङमा रहेको हिन्दुस्तान कपर लिमिटेडको रेखा कपर प्रोजेक्टमा काम गरेको थिए। वि.सं. २०५० सालमा जागिर छोड्ने बेला कम्पनीले ससुरालाई एक बोरा तामा, पित्तल तथा युरेनियमयुक्त पदार्थ दिएको थियो। युरेनियमयुक्त पदार्थ ससुराले 'भगवान'को मूर्ति बनाउन काम लाग्छ भनेर ल्याए भने अरु सामान भारतमै छाडेर आए।

देवर नाता पर्ने नारायणसिंह तामाङ मेरो घरमा आउँदा पुरानो टीभी, रातो मालाजस्ता पुरानो सामानहरू छ/छैन भनेर सोध्‍ने गर्थे। पुरानो टीभीमा हुने रातो रङको प्लास्टिकको रेडियम धैरै मूल्य पर्छ भनेर बताउने गर्थे।

सोही बेला ससुराले भारतबाट ल्याएको प्लास्टिकको भाँडाभित्र राखेको धुलो पदार्थ मैले देखाएको थिएँ। त्यसपछि उनले यो पुरानो चिज हो, बजारमा महँगोमा बिक्री हुन्छ। म बुझेर खबर गर्छु भनेका थिए। देवर रामेछाप पुगेपछि स्याम्पल पठाइदिनू भनेकाले एक चम्चा स्याम्पल रामेछापमा पाउने गरी गाडीमार्फत् पठाइदिएँ।

त्यसको ६/७ दिनपछि देवर नारायणसिंहले मलाई फोन गरी त्यो सामान नेपालमा धैरै मूल्यवान रहेछ भनेका थिए। त्यसपछि देवर दुई दिन मेरै घरमा बसे। दुई दिन पछाडि बेलुकाको समयमा फेरि स्याम्पलको लगि १०० ग्राम जति सामान चाहिन्छ भनेर लगे। बेच्‍न सकेमा हामीलाई धैरै पैसा आम्दानी हुन्छ, सामान किन्‍ने मानिससमेत खोजिसकेको छु भनी मलाई प्रभावमा पारेकोले अब सामान हामी मिलेर बेच्‍नुपर्छ म घरमा आउँछु भनी मलाई फोन सम्पर्क गरी बताएका थिए।

फागुन २७ गते बिहान ७ बजेतिर मेरै घरमा देवर आएका थिए। धैरै पैसा आउने भनेकाले उक्त सामान आज जसरी पनि बेच्‍नुपर्छ, सामान लिन ग्राहक पैसा लिएर आउँछन् भनेकोले देवर नारायणसिंह बाहिर गए। सोही बेला प्रहरी टोली मेरो घरमा आएर युरेनियम बरामद गरे र मलाई पनि पक्राउ गरे।

नारायणसिंहको बयान
मैले विगत १० वर्ष पहिलादेखि रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका-५ नागदहमा सहारा स्वास्थ्य क्लिनिक सञ्‍चालन गरी व्यापार व्यवसाय गर्दै आइरहेको छु। जानुका लामाको घर, प्रकाश चौहानको घर र मेरो घर रामेछापमा सँगसँगै रहेको हुँदा निजहरूसँग बच्चादेखि नै राम्रो सँग चिनजान रहेको छ।

विगत सात/आठ वर्ष पहिला म काम विशेषले काठमाडौं आई जानुका लामाको घरमा बस्दा निज जानुका लामाले मसँग मेरो ससुरा अमरबहादुर लामाले भारतको कारखानामा काम गर्दा खरानी रङको युरेनियमजस्तो देखिने धुलो पदार्थ लिई आउनुभएको छ, उक्त युरेनियम घाउहरूमा लगाउने गरेमा घाउ निको हुने औषधि पनि हुन्छ भनी मलाई बताउनुभएको थियो। 

भाउजु जानुका लामाको ससुरा अमरबहादुर लामाले समेत सोही बेलामा मलाई मैले भारतमा खानीमा काम गर्दा युरेनियम लिई आएको छु। यो बहुमूल्य वस्तु हो, विदेशीहरूले किन्छन् भनेका थिए। साथै, अमरबहादुर लामाले बिजुली निकाल्न मिल्ने बहुमूल्य सामान हो भनेर भन्‍नुभएको थियो।

मैले युरेनियमको बारेमा खासै चासो राखेको थिइनँ। आजभन्दा करिब दुई महिना पहिले छिमेकी प्रकाश चौहान र निजमार्फत् नै चिनजान भएका मनोज न्यौपानेसँग भेट भई चिया खाने क्रममा पुरानो सामानहरू र रेडियोमा भएका मर्करी बहुमूल्य हुन्छन्। बिक्री गर्न सकिन्छ भनेपछि मलाई मैले भाउजु जानुका लामाको घरमा भएको युरेनियमजस्तो देखिने पदार्थको सम्झना भई सो बारेमा प्रकाश चौहानसँग कुरा गरेको थिएँ। पछि गुगल गरेर हेर्दा युरेनियम महँगोमा बिक्री हुने वस्तु भएको थाहा भयो।

त्यसपछि मैले भाउजु जानुका लामासँग खरानी रङको युरेनियमजस्तो देखिने धुलो पदार्थ बिक्री गरेमा धेरै आम्दानी हुन्छ भनेको थिएँ। त्यसपछि युरेनियम बेच्‍ने कुरा भएको थियो। प्रकाश चौहानले भाउजुसँग रहेको युरेनियमजस्तो देखिने पदार्थको अर्बौं रूपैयाँ पर्छ। यदि सो सामान बिक्री गर्न सकेमा तपाईं र भाउजु जानुका लामालाई ५० करोड रुपैयाँ कमिसन आउँछ भनी बताएका थिए। यो कुरा मैले भाउजुलाई पनि सुनाएँ। यो सामान बिक्री भयो भने भाउजुले मलाई १० करोड रुपैयाँ कमिसन दिने र बौद्धमै घर किनेर राख्‍ने बताउनुभएको थियो।

यो बेच्‍नका लागि प्रकाश चौहान र मनोज न्यौपानेसँग कुरा गरेँ। भाउजुले म रामेछाप भएको बेला पठाएको स्याम्पल मैले पहिला नै प्रकाशलाई दिएकाले उनले युरेनियम नै रहेको बताएका थिए।

पछि फेरि प्रकाशले फागुन १४ गते प्रकाशले थप जाँच्‍ने भन्दै स्याम्पल मागेका थिए। बल्खुमा गएर मैले स्याम्पल दिएँ। त्यसेबला प्रकाशले मानसिंह दुरासँगसमेत भेट गराएका थिए। प्रकाशले त्यसबेला खर्च स्वरुप पाँच हजार रूपैयाँ दिएका थिए। त्यसपछि म रामेछाप फर्केको थिएँ।

फेरि प्रकाश चौहान, मानसिंह दुरा र मनोज न्यौपानेले फागुन २४ गते सामान बिक्री हुने भयो तुरुन्त काठमाडौं आउनू भनेकाले म फागुन २६ गते काठमाडौं आएँ। बी एण्ड बी अस्पताल छेउको गेष्ट हाउसमा प्रकाश चौहान, मानसिंह दुरा र मनोज न्यौपानेसँग बसेँ। सो गेष्ट हाउस प्रकाश चौहानसमेतले पहिला नै बुकिङ गरेर बसेका रहेछन्। फागुन २७ गते प्रकाश चौहान, मनोज न्यौपाने र मानसिंह दुराले सामान लिई जाने र सात लाख रूपैयाँ 'एडभान्स' दिने र ५० करोड म र भाउजु जानुका लामालाई घर-घरमा पुर्‍याइदिने भनेका थिए। 

५० करोड रुपैयाँमध्ये मलाई भाउजु जानुका लामाले १० करोड दिने भन्‍नुभएको थियो र प्रकाश चौहान समेतले पनि सामान बिक्री भइसकेपछि मलाई कमिसन दिने भनेका थिए। 

फागुन २७ गते नै सामान बिक्री गर्ने बारेमा भाउजुसँग सल्लाह गरी समान बिक्री गर्ने टुंगोमा पुगेपछि प्रकाश चौहान, मानसिंह दुरा र मनोज न्यौपानेलाई भेट्न गएँ। म घरबाट बाहिर निस्किसकेपछि प्रहरी टोली घरमा गएर भाउजुलाई पक्राउ गरे र युरेनियम बरामद गरेछ। पछि युरेनियम लिन भनेर भाउजुको घरमा जाँदा हामी पनि पक्राउ पर्‍यौं। मानसिंह भने फरार भए। 

सम्बन्धित समाचार :

युरेनियम घटना : १ जना रिहा, ३ जना पुर्पक्षका लागि कारागार चलान

प्रहरीले बरामद गरेको युरेनियम-२३८ थप जाँचका लागि चीन पठाइयो

युरेनियम बरामद घटना : अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा

काठमाडौंमा २० वर्षदेखि लुकाइएको थियो युरेनियम, कहाँबाट आयो, कहाँ थियो गन्तव्य?

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
पहिरोमा पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता बुधबार, असार २५, २०८२
मैले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस फर्किएनन् भनेको होइन् : सांसद सोबिता बुधबार, असार २५, २०८२
रास्वपालाई गृहमन्त्रीको प्रश्न: रवि लामिछाने पनि  अमेरिका भिजिट भिसामा गएका हैनन् र ? बुधबार, असार २५, २०८२
पुल भाँचिएर गाडी नदीमा खस्दा ९ जनाको मृत्यु बुधबार, असार २५, २०८२
तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्