• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
संविधानलाई सम्हाल्ने कि नसम्हाल्ने?
प्रदीप गिरि सोमबार, चैत ३०, २०७७  १५:३०
1140x725
फाइल तस्बिर

बडो असमन्जस्यमा म बोल्न उठेको छु। बोलौं कठिन, नबोलौं झन् कठिन अवस्था छ। विगत महिनाहरुमा के-कस्ता घटनाहरु भए, ती घटनाले यो संसद्लाई समेत कसरी प्रभावित गर्‍यो र संसद्को पुनःस्थापनापछि के-कस्ता कठिनाइ संसद्‍भित्र र बाहिरसमेत आइरहेको छ त्यसबारे हामी सबै विज्ञ छौं।

सभामुखको आफ्नै पीडा होला। व्यवस्था एउटा कुरा हुन्छ। व्यक्ति एउटा कुरा हुन्छ। व्यवस्थाका त्रुटिहरुलाई व्यक्तिले आफ्ना क्षमताका साथ, त्यागका साथ परिस्कार र परिमार्जन गर्दै लिएर जान सक्छ। कुनै पनि मुलुकमा लेखिएको संविधान परिवर्तन नै नभई, संशोधन नै नभई कहिल्यै पनि चिरञ्‍जीवी भएको छैन। जुन संविधानले आफूलाई अपरिवर्तनीय स्वीकार गर्‍यो, त्यो संविधानको अन्त्य भएको छ। त्यसको उदाहरण नेपालमा पनि छ। अपरिवर्तनीय केही पनि कुरा हुँदैन। त्यस्तो परिवर्तन गर्नुपर्ने, परिवर्तन नहुनसक्ने, परिस्कार गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने कुरालाई बिर्सेर एकैपटक ड्यांग संसद् भंग भन्‍ने कदम हामीले देख्नुपर्‍यो।

त्यसपछि संसद् पुनःस्थापना पनि भयो। पुनःस्थापना गर्ने निकाय र त्यसका लागि सडकमा आउनुभएका जनतालाई, त्यसका लागि भूमिका निर्वाह गर्ने हरेक पार्टीका नेताहरुलाई म धन्यवाद र बधाई दिन चाहन्छु।

अगाडि के त? अगाडिको कठिनाइको व्याख्यामा म जान चाहन्‍नँ। त्यसलाई गनाउन पनि चाहन्‍नँ। अगाडिका कठिनाइ पनि, अगाडिका पक्ष पनि, अगाडिका सकारात्मक पक्ष पनि अहिले भर्खरै शून्य समयमा हामीले सुनिसकेका छौं। त्यो मैले दोहोर्‍याउनु पर्दैन। एउटा कुरा म सम्झिन्छु, केही महिनाअगाडि यहाँ एक पटक मैले सरकारको क्रियाकलापको विषयमा कुरा गर्दा इंग्ल्यान्डको इतिहासबाट पैँचो लिएर 'प्रधानमन्त्रीजी, इनफ इज इनफ' भनेर त्यहाँका विद्रोही नेता चर्चिलले चेतावनी दिए, त्यसपछि तत्कालै त च्याम्बरलिनले राजीनामा दिएनन्। तर अन्ततः उनको राजीनामा भयो। सुखद् राजीनामा भयो।

मेरो त्यस बेलाको 'इनफ इज इनफ'को बडो चोटिलो र गहकिलो र मलाई परास्त गर्ने खालको उत्तर प्रधानमन्त्रीले दिनुभएको छ। उत्तर दिन उहाँले नेपालमा मात्रै होइन, हारे मोदीसँग हार्नुहोला, नभए एसियामा हार्नुहुन्‍न।

यस अवस्थामा अहिले सबैभन्दा ठूलो प्रश्न एकछिनअघि शून्य समयका वक्ताले भन्‍नुभयो, चुच्चे नक्सा कता हरायो? चुच्चे नक्साको भ्रूण हत्या भएको हो वा बालहत्या भएको हो वा एउटा राजनीति हो। राष्ट्रिय राजनीति एउटा सानो मोहोर मात्रै थियो। शतरंज खेलको प्यादा मात्रै थियो। अब इनफ इज इजन भन्दाखेर भ्रष्टाचारका कुरा थिए। राज्य शक्तिको अनुपस्थितिको कुरा थियो। एकपछि अर्को बलात्कारको घटनाको कुरा थियो। अस्तिको संसद् विघटन र पुनःस्थापनाले त धेरै गम्भीर कुरा उठाएका छन्। भ्रष्टाचार मात्रै भनेर पुग्‍ने छैन। विकासको गतिमा जुन स्थिरता र जडता आएको छ। त्यो मात्रै सम्झाएर भएको छैन। हामी त राष्ट्रकै नियतीका किनारामा उभिएका छौं जस्तो लाग्छ।

म सानो घटनाबाट बडो सकारात्मक ढंगले प्रधानमन्त्रीका, पार्टी सभापतिका, राष्ट्रपतिका, सभामुखका भूमिकालाई संकेत गर्न चाहन्छु। २०४७ सालमा हामीले संविधान बनायौं। नेपाली कांग्रेसको नेतृत्वमा बन्यो। सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बन्यो। उहाँका धेरै शिष्य हामी बसिरहेका छौं। संविधान बनाएपछि उहाँले घोषणा गर्नुभयो, यस्तो सुन्दर संविधान विश्वमा कहीँ छैन। हामीले पनि पत्यायौं। ताली बजायौं। 'हो छैन' भन्दै हाम्रो सन्त नेताले भनेको, विद्वान नेताले भनेको, संसदीय व्यवस्थामा सबैभन्दा जानकार महानुभावले भनेको भनेर पत्यायौं। त्यो संविधानको परिणति के भयो?

त्यसको परिणति गर्न गराउन, जोगाउन नसक्नुमा, त्यसलाई सिध्याउन उद्धत हुनुमा हामी सबै संलग्‍न थियौं। म कुनै विरोधी पक्षलाई मात्रै जिम्मेवार ठहर्‍याउँदिनँ।

Ncell 2
Ncell 2

यसपटकको संविधान त त्यस किसिमको सुखद् स्वागतका साथ पनि बनेको छैन। याद राख्नुहोला। ठूलो विवादका बीच, विभाजनका बीच, एकातिर दीपावली हुँदै थियो भने अर्कोतिर 'ब्ल्याक डे' मनाउँदै थिए। अरु पनि थुप्रै कुरा थिए।

स्पष्ट छ, नेपाली कांग्रेसले, नेपाली कांग्रेस प्रजातान्त्रिकका माध्यमबाट र अन्य माध्यमबाट दलित, महिला, जनजाति, मधेसी, पछि हामीले कर्णाली (दमजमक) थप्यौं। यो दमजमकका नाममा हाम्रो पार्टीभित्र र बाहिर व्यापक रहेको, प्रचलित रहेको यो जुन पदावली छ। त्यसअनुसार यस संविधानसँग दलित असन्तुष्ट, जनजाति घोर असन्तुष्ट, मधेस त विद्रोहमा उभिएका थिए। अब यस संविधानलाई हामीले सम्हाल्ने कि नसम्हाल्ने? यसलाई हामीले स्याहार गर्ने कि नगर्ने? मलजल गर्ने कि नगर्ने? मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर यसको जरो लागेको छ कि छैन भनेर हेर्ने?

बिरुवा लगाउनेले त्यसलाई केही समय धैर्यपूर्वक जलमल गर्नुको साटो बिरुवा उलेखेर जरा हेर्ने प्रवृत्ति हामीले विगत महिनाहरुमा देख्यौं। अब जरा हेर्न खोज्‍नेले, जरा हेर्न नदिनेले एउटा नयाँ दायित्व लिनुपर्ने छ। यो संविधानको रक्षा हामी गर्छौं कि गर्दैनौं? रक्षा गर्दा यही रुपमा गर्छौं वा यथोचित परिमार्जनका साथ गर्छौं? त्यो परिमार्जन टालटुले हुन्छ या मुलुकको सबै समूह, जातजाति, पहिचानको चित्त बुझाउनुहुन्छ? त्यो काम एक्लै कसैले गर्न सक्दैन। चाहेर पनि प्रधानमन्त्री एक्लैले गर्न सक्नहुन्‍न। प्रतिपक्षका नेता र प्रतिपक्षका दलले पनि चाहेर पनि एक्लै गर्न सक्दैनन्।

संविधानको पहिलो परिभाषा, यो मूलतः सहमतिको दस्तावेज हो। यी मेरा शब्द होइनन्। विश्वको इतिहासमा सबैभन्दा लोकप्रिय रहेको, सबैभन्दा चिरञ्‍जीवी रहेको अमेरिकी संविधानमा त्यस संविधानको मस्यौदाकारले लेखे, यहाँ मलाई चित्त नबुझेका कुरा धेरै छन् तर मेरो चित्त बर्सेनि बदलिइराख्छ। कुनै समय (बेलायती) राजसंस्थाको सपोर्टर थिएँ। आज राजतन्त्रको विरोधी छु। भोलि मेरो पनि विचार बदलिएला। त्यसैले संविधानलाई आज सहमतिका साथ पास गर्छु। राज्य र अधिकारको, राष्ट्रपतिको सापेक्ष अधिकारको कुरामा यस संविधानमा लेखिएको कुरामा सहमति छैन।

आज सबैभन्दा पहिले यस सदनका माध्यमबाट म राजनीतिक सहमतिका लागि आह्वान गर्न चाहन्छु। बाहिरका सबै कुरा आइरहेका छन्, को प्रधानमन्त्री बन्‍ने कुरामा, मानौं प्रधानमन्त्री सडकमा फ्याँकिएका छन्। शेरबहादुरदेखि महन्थ ठाकुरदेखि प्रचण्डदेखि सबै, वर्तमान प्रधानमन्त्री त चिरञ्‍जीवी प्रधानमन्त्री भइहाल्नुभयो। प्रश्न सरकारको होइन। सरकारको नेतृत्व कसले गर्छ भन्‍ने होइन। पहिलो प्रश्नको जवाफ दिनुस्- यो संविधानलाई बचाएर यसैमा हामी टेकेर अघि बढ्ने हो वा यसलाई २०४७ सालको जस्तै बिजोग गर्ने हो? अर्थात् चुच्‍चे नक्साको जस्तै बिजोग गर्दै जाने हो?

दोस्रो कुरा, अब हामीले संविधान लेख्दा कसरी लेख्छौं? चुनावको कुरा आएको छ। यसमा शंका छैन कि, चुनाव भनेको लोकतन्त्रको अत्यन्त नै  सार्थक र विश्वसनीय कसौटी हो। चुनावमा जाऔं। तर कसरी जाऔं? सबै मिलेर जाऔं। यही सरकारका अन्तर्गत चुनावमा जान हामी सबै तयार हुन्छौं कि कुनै व्यक्ति वा शक्तिले बाहिर बसेर विद्रोह गर्छ कि! याद राख्नुस्, चुनाव पनि सहमतिमा जाने कुरा हो।

स्वयं सभामुखलगायत अनेक यहाँ उपस्थित क्रान्तिकारीहरु संलग्‍न भएको बेलामा २०४७ सालको संविधान हामी मान्दैनौं भनेर मुठीभरकाले मात्रै भनेका थिए। ती व्यक्ति मुस्किलले १२ वा १३ जना थिए। मलाई थाहा छ, पूर्वसभामुख महरा पनि त्यतिबेला हाउसमा हुनुहुन्थ्यो। त्यही सानो समूहले तत्कालीन संविधानलाई नमानेको हुँदा २०४७ सालको संविधानको विनाशको विजारोपण त्यहीँ भएको थियो। त्यस्तो समय आज पनि आएको छ। त्यसैले म कसैलाई विषवमन गर्न चाहन्‍नँ। प्रताड्ना गर्न चाहन्‍नँ। प्रधानमन्त्रीको प्रताड्ना हामीले भित्रबाट बाहिरबाट, सदनभित्रबाट र बाहिरबाट गरिसकेका छौं। एकपटक म उहाँलाई के भन्छु भने आफूभन्दा, आफ्नो अहमभन्दा माथि उठेर, हिजो त उहाँले प्रतिपक्षको नेतासमेतलाई आफ्नो इरादा बताउनुभएको थिएन। सभामुखसमेतलाई विश्वासमा लिनुभएको थिएन। संकट एक दिनमा आएको होइन। क्रमशः आएका छन्। र, म विनम्रतापूर्वक भन्‍न चाहन्छु। मुख्यतः प्रधानमन्त्रीका कारणले आएका छन्।

अब अप्ठ्यारो समय आएको छ। प्रधानमन्त्रीलाई तिमीले छोड भनेर मात्रै पुग्‍नेवाला छैन। समाधान पनि दिनुपरेको छ। त्यसमा मधेसवादी पार्टीलाई, संसद्‌वादी पार्टीलाई, राजपालाई, कांग्रेसलाई र कम्युनिस्टलाई पनि फरक परिरहेको छ। यो दिन प्रतिदिनको विवाद, दिन प्रतिदिनको भ्रष्टाचारको कथा हाम्रो संसद्को भनाभनबाट हल हुँदैन। हामी जुहारीमा व्यस्त छौं। आमजनताको दुःख, कर्मचारीको दुःख, महिलाको दुःख, दलितको दुःख, महँगाइको दुःखलाई हामीले सम्बोधन गरिराखेका छैनौं। त्यसैले भावुक भएर म उमेरको यस मोडमा, मैले १५/१६ वर्षदेखि राजनीति गरको हो, त्यो ५५ वर्ष नाघिसक्यो, हामी यसका लागि यहाँ जम्मा भएको होइन।

आज यो मुलुकलाई यो अवस्थामा पुर्‍याउनका लागि म दोषी छु। यो संसद्‌मा हामी सबै दोषी छौं। त्यसैले ठन्डा दिमागले, हामी सबैले किन हामी यहाँ आइपुग्यौं, किन २०४७ सालको संविधान असफल भयो र अब हामी यसपटक अर्को बाटो जान चाहन्छौं भने को जिम्मेवार छ त? यहाँ जिम्मेवार खोजिन्छ, कोही भन्छ चीनले यस्तो गर्‍यो, कोही भन्छन्, भारतले यस्तो गर्‍यो, कोही भन्छन् युरोपले यस्तो गर्‍यो। अहँ, हामी त्यसको सहभागी र संयोजक नहुञ्‍जेल कसैले केही गर्न सक्दैन। हामी त्यसैले एकपटक आफूमा चिहाऔं। र, यस संकटको घडीमा सबै एक भइकन कसरी राष्ट्रिय सहमति गर्न सक्छौं, चुनावै गर्नुअघि पनि जरुरी पर्छ भने राष्ट्रिय सहमतिको सरकारसमेत बनाउन तयार हौं। होइन भने जुन भावनाले हामीले चुनाव गराउने प्रधानमन्त्रीको एकाधिकारलाई संविधानमा निरस्त्र गरेका थियौं। त्यसलाई ध्यानमा राख्दै संसद्लाई पूरा कार्यकाल चल्न दिऔं।

मैले यो पनि गरौं, त्यो पनि गरौं भनेँ। यसलाई दार्शनिक हिसाबले अनेकान्तवाद भन्छन्, यो पनि ठीक हुनसक्छ, त्यो पनि ठीक हुनसक्छ। म मेरो गोरुको बाह्रै टक्का भन्‍ने पक्षमा छैन। मैले नै भनेको मान्‍नुपर्छ भन्‍ने छैन। तर मलाई शंका छ, हाम्रा शीर्षस्थ मानिस, मुलुकको सबैभन्दा प्रभावशाली मानिस, बलियो मानिस, (म प्रधानमन्त्री भन्‍न चाहन्‍नँ) भन्दै हुनुहुन्छ, मै ठीक छु, मेरो कुरा तिमीहरु मान। यो भन्दाखेरि हामी म नै देश हो, म नै पार्टी हो भन्‍ने अवस्थामा पुग्छौं। त्यसैले विनम्रतापूर्वक लामो समय जेल रहनुभएको, बिरामी हुनुभएको, दुःख गर्नुभएको प्रधानमन्त्रीलाई भन्छु, आजको राष्ट्रिय नियतिलाई आफ्नो तजविजको कुरा नमानीकन संसद्‌मा उपस्थित प्रत्येक पार्टी, संसद्‌मा नरहेको नागरिक समाजले उठाएका एकपछि अर्को ज्वलन्त सवालहरुलाई सम्बोधन गरिकन नयाँ उचाइ प्राप्त गर्नुस्। नेपालीमा प्रधानमन्त्री ओलीले नयाँ युगको प्रवर्द्धन गरे भन्‍ने होस्। जालझेल गरेर सकुनीले पासा फ्याँकेजस्तो दुबारा पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाएजस्तो संसद् विघटन गर्ने दिशामा कृपया नगइदिनुस्।

(सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सांसद गिरिले राखेका धारणाको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्