• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
लोकतन्त्रका १५ वर्ष किशोरावस्थाको लोकतन्त्र : आशा जगाउनुपर्नेले नै बढाउँदै छन् निराशा
64x64
किशोर दहाल शनिबार, वैशाख ११, २०७८  ११:४८
1140x725

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्रको अधिनायकवादी शासनका विरुद्ध उत्रिएका जनताले सफलता प्राप्त गरेको दिन हो वैशाख ११। निरंकुश शासनका विरुद्ध जनताको शक्ति कति बलशाली हुनसक्छ भन्ने पुष्टि भएको पछिल्लो सन्दर्भ हो वैशाख ११। १५ वर्षअघि आजैको दिन सडकमा उत्रिएका लाखौं जनताले ज्ञानेन्द्रलाई शासनको केन्द्रबाट गलहत्याएका थिए।

२०५९ असोज १८ मा ज्ञानेन्द्रले जननिर्वाचित शक्तिलाई शासन सत्ताबाट अलग्याएर टिके प्रथा सुरु गरेका थिए। अझ अगाडि बढेर २०६१ माघ १९ मा भने आफैं शासन गर्न अघि सरेका थिए। समय नसुहाउँदो र संविधानको अपेक्षा विपरीत रहेको उनको यस खालको महत्त्वकांक्षाका विरुद्धमा कतिपय दलहरुले २०५९ देखि नै संघर्ष गरिरहेका थिए। तर २०६२ चैत २४ देखि सुरु भएको आन्दोलन भने थप सशक्त बन्यो। परिणामतः २०६३ वैशाख ११ मा त्यसले सफलता प्राप्त गर्‍यो।

२०६२/६३ सालको जनआन्दोलनमा लाखौं मानिस सडकमा आइपुग्नुमा केही मुख्य कारणहरु थिए। पहिलो त, ज्ञानेन्द्रले बन्द शासनको अभ्यास गरिरहेका थिए। उनी जनताबाट अनुमोदन भएर शासन गरिरहेका थिएनन्, जनतामा भय सिर्जना गरेर सेनाको बुइँ चढेर निरंकुश शासन लादिरहेका थिए। छोटै समयका लागि भए पनि प्रजातान्त्रिक पद्धतिको भोग गरिरहेका नागरिकले ज्ञानेन्द्रको शासन जोगाइदिनुपर्ने कुनै कारण थिएन।

दोस्रो, नेपाली जनजीवन माओवादी नेतृत्वमा जारी ‘जनयुद्ध’को हिंसात्मक श्रृंखला भोगिरहेको थियो। माओवादी पनि मूलधारको राजनीतिसँग जोडिएमा त्यो श्रृंखला अन्त्य हुनसक्थ्यो। किनकि, १२ बुँदे समझदारीले त्यसको आधार दिएको थियो। जसले गर्दा मानिसहरुमा जनआन्दोलनलाई सफल बनाउने र नयाँ खालको शासनपद्धति सुरु गर्नुपर्छ भन्ने बुझाइ विकसित भयो।

तेस्रो, नेपाली समाजको जटिलताको सम्बोधन गर्ने खालको राज्य पुनर्संरचना हुने वाचा दलहरुले गरेका थिए। समुदाय, भाषा, लिंग, जातजाति, भाषा, धर्मका आधारमा आफूमाथि विभेद छ भन्ने बुझाइ भएकाहरुले जनआन्दोलनपछि आफ्नो विभेदको न्यूनीकरणमा सार्थक प्रयास सुरु हुने विश्वास लिएका थिए।

लोकतन्त्रको यात्रा
कतन्त्रको प्राप्तीपछि संविधान सभामार्फत संविधान लेखियो। त्यसमार्फत गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी लगायतका प्रबन्धहरु संस्थागत गरिए। ती विषयहरु वास्तवमै नेपाली समाजको बहुआयामिकतालाई सम्बोधन गर्ने उपलब्धिहरु नै हुन्। २०६२/६३ को जनआन्दोलन र त्यसपछि मधेस, थारु, जनजाति लगायतले गरेका पुरक आन्दोलनहरुमार्फत अभिव्यक्त जनादेश र दुई पटकको संविधानसभामा अभिव्यक्त मतादेशले ती उपलब्धिहरुलाई वैधानिकता प्रदान गरेका छन्। 

अहिले नेपाली समाजले भोग गरिरहेको लोकतन्त्रको जग तिनै विषयहरु हुन्। एक अर्थमा भन्दा, नेपाली लोकतन्त्रलाई अड्याउने फरक-फरक खुट्टाहरु हुन् ती उपलब्धिहरु। लोकतन्त्रको कुर्सी अड्याइराख्न ती उपलब्धिहरु पनि बलियो बनाइराख्नु जरुरी छ।

चर्चा हुने गरेका उपलब्धिहरु मुख्यतः सैद्धान्तिक र सांकेतिक हुन्। त्यसलाई नेपाली जनजीवनलाई अझै सहज बनाउने, अझै सुखदायी बनाउने र अझै आशायुक्त बनाउने काम भने बाँकी छ। त्यसैले लोकतन्त्रको ‘सुखभोग’ सँगसँगै निराशा पनि बढ्दै गइरहेको छ। यो मुख्यगरी लोकतन्त्रको प्राप्तीपछि फेरिने अपेक्षा गरिएको कतिपय शैली र प्रवृत्तिको निरन्तरतासँग जोडिएको छ।

लोकतन्त्रमा नफेरिएको सोच र शैली
लोकतन्त्रपछि पनि राजकाज सञ्चालनको मुख्य शैलीमा परिवर्तन आउन सकेको छैन। पात्रको कोणबाट पनि मूलभूत रुपमा लोकतन्त्रपछिको काल उस्तै रह्यो, प्रवृत्तिको कोणबाट पनि उस्तै रह्यो। ती एक हिसाबले बहुदलपछिकै निरन्तरताका रुपमा रहे। त्यसैले पनि अहिले राजनीतिको मूल घटनाक्रमले ५० को दशकको विकृतिलाई पुनरावृत गरिरहेको छ। यसरी लोकतन्त्रको रथ गुडाउनेहरुले पनि आफ्नो काममा, भाषणमा, शैलीमा कुनै नयाँपन दिन सकेका छैनन्।

लोकतन्त्र नामको यो पद्धति जसरी अघि बढिरहेको छ, त्यसप्रति बढ्दो निराशाले यसको भविष्यमाथि केही प्रश्न उठ्दै छ। अर्कोतिर, लोकतन्त्रको आवरणमा लोकतन्त्र नै खाने प्रवृत्ति पनि देखिन थालेको छ।

दलहरु अत्यन्तै अपारदर्शी ढंगले चलिरहेका छन्। तिनका नेताहरुको जीवनशैली अनौठोसँग मंहगो र भड्किलो छ। तिनीहरुको उठबसमाथि प्रशस्तै शंका व्यक्त हुन्छन्। तर, न उनीहरुले चित्तबुझ्दो जवाफ दिन्छन्, न उनीहरुमाथि कुनै किसिमको छानबिन हुन्छ। लोकतन्त्रपछि ठूलाठूला भ्रष्टाचारका काण्डहरु सार्वजनिक भए। ती काण्डहरुको नाभी कुनै न कुनै रुपमा दलका प्रभावशाली नेतृत्वसँग जोडियो। तर अनियमिततामा मुछिएका कारण उनीहरुलाई कारबाही हुन्छ भनेर आज कसैले विश्वास गर्न सक्दैन।

लोकतन्त्र आएको १५ वर्षसम्म पनि नागरिकका दुःखका आयाम समयक्रममा परिवर्तन भए होलान् तर त्यसको आधारभूत चरित्र उस्तै छ। अहिले पनि रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता उस्तै छ। सामान्य मानिसको आम्दानीको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको लागि खर्च भइरहेको स्थिति छ, जुन राज्यको प्रमुख दायित्व बन्नुपर्थ्यो। नागरिकलाई अप्ठ्यारो पर्दा राज्य हराउने चलन अन्त्य भएको छैन। अहिले पनि नागरिकको शिर उठाउनुभन्दा कुनै कृत्रिम संरचनाको निर्माणलाई शासकहरुले आफ्नो गौरव ठान्न छाडेका छैनन्।

मानिसले महसुस गरेको मुख्य परिवर्तन भनेको हिंसात्मक चक्रव्युहको अन्त्य हो। बाँकी सबै विषय सैद्धान्तिक हुन्। ती सैद्धान्तिक विषयहरु जनताको परिवर्तनसँग जोडिन जति ढिला हुन्छन्, तिनका प्रति निराशा पनि बढ्दै जान्छन्। उपलब्धिहरुप्रति नै मानिसमा प्रश्न उब्जन थाल्छन्। अनुदारहरुले त्यसैबाट आफ्नो स्वार्थको खेती सुरु गर्छन्। नेपालमा पनि यो प्रयास भइरहेको छ। 

लोकतान्त्रिक प्रणालीभित्रका संस्थाहरुको विकासले लोकतन्त्रको जग बलियो बनाउँछ। तर यस काममा पनि दलहरुको उदासिनता रह्यो। कतिपय सन्दर्भमा त उनीहरुबाट त्रुटि नै भए। परिणामतः दलीय भागबण्डा र भनसुनले हरेक संस्थालाई सर्वदलीय क्लब जस्तो बनाइदिएको छ। तिनको कार्यक्षमता र विश्वसनीयता गुम्दै गइरहेको छ। आज विश्वविद्यालय, अदालत, संवैधानिक आयोगहरु लगायतका हरेकजसो संस्थाहरुको गरिमा रसातलमा पुगेको छ।

लोकतन्त्र नामको यो पद्धति जसरी अघि बढिरहेको छ, त्यसप्रति बढ्दो निराशाले यसको भविष्यमाथि केही प्रश्न उठ्दैछ। अर्कोतिर, लोकतन्त्रको आवरणमा लोकतन्त्र नै खाने प्रवृत्ति पनि देखिन थालेको छ। विकास र समृद्धिको अमूर्त व्याख्या गर्ने, जनताको दुःख हरणको पात्र आफू नै हुँ भनेर स्थापित गराउने, शक्ति सन्तुलनका संस्थाहरुलाई निरीह बनाउने र विकल्पमा मौलिक हक समेत खोसेर शासनलाई दीर्घकालीन बनाउने प्रयत्न भइरहेका छन्। कतिपय विवादित विधेयकदेखि प्रतिनिधि सभा विघटन गर्नेसम्मका घटनाले त्यस्ता महत्वाकांक्षा बुझिनेगरी उजागर गरिदिएका छन्। जसले लोकतन्त्रभित्र विकल्प होइन, लोकतन्त्रकै विकल्प खोज्नेहरुलाई सहयोग पुर्‍याएको छ।

मानिसको शारीरिक र मानसिक विकासको एउटा महत्त्वपूर्ण चरण हो, किशोरावस्था। यो जति तीव्र चाहना र सपनाको उमेर हो, त्यति नै निराशाको उमेर पनि हो। यो उमेरमा सही हौसला, मार्गदर्शन र अभिभावकत्व पाउनेहरुको जीवन उज्ज्वल हुने अपेक्षा गरिन्छ। १५ वर्ष पूरा गरेको हाम्रो लोकतन्त्र पनि मध्य किशोरावस्थामा छ। यसको भविष्य कस्तो बनाउने भन्ने कुरा यसका संवाहकहरुको हौसला, मार्गदर्शन र अभिभावकत्वमा निर्भर छ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधा... शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बो... शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अ... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्