• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सांसदहरुमाथि ‘कारबाही’ प्रकरण कारबाही सांसदलाई, चोट व्यवस्थालाई
64x64
किशोर दहाल बिहीबार, वैशाख १६, २०७८  १७:५७
1140x725

काठमाडौं- वैशाख ६ गते बसेको सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकको निर्णयअनुसार भोलिपल्ट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका २७ जना सांसदलाई स्पष्टीकरण सोधे। ओली उनीहरुलाई पदमुक्त गर्ने तयारीमा छन्। त्यसैबारे निर्णय गर्न उनले वैशाख १२ गते महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका थिए। तर, निर्णय भने हुन सकेन।

बैठकअघि ओलीसँग व्यक्तिगत संवादमा रहेका नेपाल पक्षका कतिपय नेताहरुले तत्कालै प्रतिनिधिसभामा प्रधानमन्त्रीमाथि विश्वासको मत दिनुपर्ने भएमा ‘फ्लोर क्रस’ नहुने विश्वास दिलाएको र कतिपयले भने केही दिनमै आफू (हरु) ओली पक्षमा खुल्ने संकेत गरेको ओली पक्षको दाबी छ। ‘बैठकअघि उहाँहरु (माधव नेपाल पक्ष)बाट केही प्रतिबद्धता व्यक्त भए। त्यसैले सो विषयलाई तत्कालका लागि थाती राखेर कोभिड महामारीको विषयमा छलफल भयो,’ प्रधानमन्त्री ओलीनिकट एक नेता भन्छन्।

१२ गते कुनै निर्णय नगरिए पनि स्पष्टीकरण सोधिएका सांसदहरुलाई कुनै पनि बेला पदमुक्त गर्ने प्रक्रिया अघि बढ्ने चेतावनी दिन भने छाड्दैनन् ओली पक्षका नेताहरु।

एउटै दलबाट एकैपटक २७ सांसद‌ले पद गुमाएमा नेपाली संसदीय इतिहासकै रोचक घटना बन्‍न पुग्‍नेछ। छोटो र खण्डित संसदीय अनुभव रहेको नेपालको दलीय राजनीतिमा यसअघि पनि गुट निर्माण, गुट संघर्ष र धोकाधडी नभएका होइनन्। तर, ती घटनाले आन्तरिक शक्ति प्रयोगलाई यति धेरै उत्प्रेरित गरेका थिएनन्। बरु व्यवस्था नै बदनाम भएर त्यसले संविधानकै मृत्युवरणलाई निम्त्यायो।

आशंकाको दूरी
२०५१ असारमा सरकारको नीति तथा कार्यक्रममाथि मतदान हुँदा सत्तारुढ नेपाली कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भएका थिए। परिणामतः नीति तथा कार्यक्रम पारित हुन सकेन। त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटनको सिफारिस गरी देशलाई मध्यावधि निर्वाचनमा होमेका थिए। त्यस्तै, २०५३ फागुनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा पार्टीकै दुई सांसद अनुपस्थित भएका थिए। जसका कारण देउवा सरकार ढल्यो।

देउवापछि प्रधानमन्त्री बनेका राप्रपाका लोकेन्द्रबहादुर चन्दविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि २०५४ असोजमा मतदान हुँदा झन् रोचक घटना घट्यो। आफ्नै पार्टीको सरकारको पक्षमा आफ्नै पार्टीबाट मन्त्री भएकाहरुले समेत मत दिएनन्, 'फ्लोर क्रस' गरिदिए। चन्दले आफ्नो पार्टीका १९ मध्ये आफूसहित पाँच सांसदको मात्रै मत पाएका थिए।

मुलुकको संसदीय अभ्यासका उल्लिखित सन्दर्भ बेलाबखत चर्चामा आउने गरेका छन्। जसले दलभित्रको अविश्वास र अराजकताको झल्को दिन्छ। संविधानसभा निर्वाचनपछि भने पार्टीभित्रै बसेर त्यस खालको गतिविधिमा कमी आएको थियो, बरु स्वार्थसिद्ध गर्नका लागि पार्टी नै विभाजन गर्नेसम्मका काम भएका थिए। २०७२ सालमा संविधान जारी भइसकेपछि बनेका कानुनले त्यसमा पनि अंकुश लगाए। तर, २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन भइसकेपछि भने दलभित्रको आन्तरिक अनुशासन, विश्वास र सामूहिकता भताभुंग भएको छ। त्यसले सत्तारुढ नेकपा एमालेलाई भावनात्मक रुपमा नै छिन्‍नभिन्‍न बनाइसकेको पुष्टि हुँदै गएको छ।

1140x725
वैशाख १२ गते बालुवाटारमा बसेकाे नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठक।

एमालेभित्र अविश्वास र प्रतिशोध बढ्दै गएका कारण प्रधानमन्त्री ओलीले ब्युँतिएको प्रतिनिधिसभालाई 'बिजनेस' दिने जोखिम मोल्न सकेनन्। अर्कोतिर, माधवकुमार नेपाल पक्षका सांसदहरुले कर्णालीमा 'फ्लोर क्रस' गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता निरन्तरता सम्भव तुल्याइदिए। जसले ओली र उनी पक्षका नेताहरुलाई थप सशंकित बनाएको छ। ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएमा वा उनले विश्वासको मत लिनुपर्ने अवस्थामा नेपाल पक्षका सांसदहरुले विपक्षीहरुलाई सघाउनसक्ने उनीहरुको आकलन छ।

1140x725
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नागपोखरीस्थित मेरियट होटलमा।

‘अहिले अविश्वासको प्रस्ताव ल्याउने कोशिस पनि भइरहेको छ। प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउनु त धेरै ठूलो कुरा भएन। तर, कर्णालीको जस्तै विभिन्‍न ठाउँमा 'फ्लोर क्रस' गराउन पनि प्रयासहरु पनि हुँदै गरेका छन्, तिनीहरुका बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौं। आवश्यक निर्णयहरु पछाडि उपयुक्त समयमा गरिनेछ,’ वैशाख १२ गतेको बैठकपछि पत्रकारहरुसँग एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भनेका थिए।

व्यवस्था बद्‍नामीको बाटो
प्रतिनिधिसभा विघटन, पुनःस्थापना र नेकपालाई विभाजन गर्ने सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छिन्‍नभिन्‍न जस्तै बनेका छन्। माओवादीका कतिपय नेता तथा सांसदहरु एमाले प्रवेश गरेका छन्। जसका कारण संघीय संसद्‌देखि प्रदेशसभामासमेत केही पद रिक्त भइसकेका छन्।

यो पनि पढ्नुहोस्

माधव नेपाल पक्षका सांसदलाई कारबाही गर्ने ‘ब्ल्यांक माइन्युट’मा केन्द्रीय सदस्यहरुको हस्ताक्षरआइतबार, वैशाख १२, २०७८

एमालेका कोही सांसद अर्को पार्टीमा त गएका छैनन् बरु त्यहीँभित्र कारबाही भोगिरहेका छन्। कर्णाली प्रदेशमा 'फ्लोर क्रस' गर्ने सांसदहरु पदमुक्त भइसकेका छन्। त्यसकै आशंकामा प्रतिनिधिसभाका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ। यसअघि सांसदले दलको नीतिविपरीत गएपछि मात्रै आवश्यक कदम चालिने प्रचलनलाई छाडेर प्रधानमन्त्री ओली आशंकाकै भरमा पार्टीभित्रका विपक्षीलाई दण्डित गर्ने नीतिमा अघि बढेका छन्। उनको मानसिकता दलभित्रको अन्तरविरोधलाई न्यूनीकरण गर्ने र विश्वासको वातावरण बनाएर अघि बढ्नेतिर होइन, पेलेर अघि बढ्ने खालको देखिन्छ।

लोकतन्त्र सबैको शासन भन्‍ने अवधारणा भए पनि नेताहरु पुरानै दम्भ र ‘पुरानै ह्याङओभर’ अनुसार चल्ने गरेको राजनीतिक विश्लेषक उद्धव प्याकुरेल बताउँछन्। ‘उनीहरुमा बहुमतमा भएको मैले भनेको र गरेको गलत नै भए पनि अल्पमतले मान्‍नुपर्छ भन्‍ने मानसिकता छ। अल्पमतले मेरो शासन मान्‍नुपर्छ भन्‍ने धारणाबाट उनीहहरु अगाडि बढिरहेका छन्। त्यो गलत हो। त्यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन,’ उनी भन्छन्।

हाम्रोमा ‘लुप होल’मा खेल्ने र व्यक्तिगत या गुटगत स्वार्थ अनुरुप गतिविधि गर्ने प्रवृत्ति छ। जसले समग्रमा संसदीय व्यवस्था र संविधानप्रति नै वितृष्णा हुने अवस्था आउनसक्छ।

ओलीले स्पष्टीकरण सोधिएका २७ जना पदमुक्त भए भने प्रतिनिधिसभाको ठूलो संख्या रिक्त हुन्छ। अर्कोतिर, कैलाली जिल्ला प्रत्यक्ष निर्वाचित सांसद‌विहीन हुन्छ। अझ महत्त्वपूर्ण कुरा चाहिँ के भने चुनावमार्फत पुनः ठूलो धनराशी खर्च हुन्छ। निर्वाचन आयोगले मंगलबारमात्रै राष्ट्रियसभाको एक स्थानमा निर्वाचन गर्न एक करोड ६१ लाख रुपैयाँ खर्च अनुमान गरेको छ। यसका अतिरिक्त अप्रत्यक्ष खर्च झन् बढी हुने आकलन गर्न सकिन्छ। राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका रिक्त पदमा निर्वाचन गर्ने लहर लागेमा जनताले तिरेको करको ठूलो हिस्सा ‘अनावश्यक’ प्रयोजनका लागि खर्च हुने स्थिति आउँछ। मुख्यतः सत्ताको रस्साकस्सीमा राष्ट्रको प्राथमिकतामाथि अनावश्यक परिस्थिति थोपरिँदै जान्छन्।

‘पार्टीको आन्तरिक कलहका कारण सांसदहरुलाई कारबाही गर्ने, नयाँ र खर्चिलो निर्वाचन हुने परिस्थिति सिर्जना गर्दै जाँदा प्रश्नहरु पनि उठ्दै जान्छ,’ प्याकुरेल भन्छन्, ‘व्यवस्था टिकाउने भनेको पात्रहरुले हो। व्यवस्थामा विभिन्‍न प्रावधानहरु हुन्छन्। नराम्रो भए सुधारेर अरु परिपक्क बनाउने पात्रहरुको काम हो। तर हाम्रोमा ‘लुप होल’मा खेल्ने र व्यक्तिगत या गुटगत स्वार्थ अनुरुप गतिविधि गर्ने प्रवृत्ति छ। जसले समग्रमा संसदीय व्यवस्था र संविधानप्रति नै वितृष्णा हुने अवस्था आउनसक्छ। अहिलेका केही प्रतिनिधि घटनालाई मात्रै विश्लेषण गर्ने हो भने पनि त्यो देखिन्छ।‘

‘संसदीय व्यवस्था र संविधानप्रति नै वितृष्णा हुने अवस्था आउनसक्छ’

डा. उद्धव प्याकुरेल, राजनीतिक विश्लेषक

सर्वसाधारणबाट उठेको करमाथि सरकारले जथाभावी गरिरहेको जनताले देखिरहेका छन्। भर्खरै समाचार आएको छ, राष्ट्रियसभा सदस्य रामबहादुर थापा 'बादल'को स्थानमा निर्वाचन गर्न निर्वाचन आयोगले एक करोड ६१ लाख माग्यो। त्यो त प्रत्यक्ष खर्च भयो। अन्य खर्चसमेत जोड्दा झन्डै तीन करोड खर्च हुने रहेछ। विशेष कारण या दुर्घटनाको अवस्थामा पदहरु खाली नरहुन् भनेको अवस्थालाई उहाँहरुको सत्ता रस्साकस्सीमा पदको खारेज र निर्वाचनको नाटकमा राज्यकोषको प्रयोग अप्ठ्यारोमा रहेका जनतामाथिको धोका हो।

अहिले कर्णाली प्रदेशसभालगायत अन्य प्रदेश र प्रतिनिधिसभामा पनि पद रिक्त भएका छन्। संविधानले छ महिनाभन्दा बढी समयावधि भएमा उपनिर्वाचन हुनुपर्ने भनेको छ। त्यो भनेको जनप्रतिनिधि अविच्छिन्‍न हुनुपर्छ भन्‍ने अवधारणा हो। तर, पार्टीको आन्तरिक कलहका कारण सांसदहरुलाई कारबाही गर्ने र नयाँ र खर्चिलो निर्वाचन हुने परिस्थिति सिर्जना गर्दै जाँदा प्रश्नहरु पनि उठ्दै जान्छ।

व्यवस्था टिकाउने भनेको पात्रहरुले हो। व्यवस्थामा विभिन्‍न प्रावधानहरु हुन्छन्। नराम्रो भए सुधारेर अरु परिपक्व बनाउने पात्रहरुको काम हो। तर हाम्रोमा ‘लुप होल’मा खेल्ने र व्यक्तिगत या गुटगत स्वार्थअनुरुप गतिविधि गर्ने प्रवृत्ति छ। जसले समग्रमा संसदीय व्यवस्था र संविधानप्रति नै वितृष्णा हुने अवस्था आउनसक्छ। अहिलेका केही प्रतिनिधि घटनालाई मात्रै विश्लेषण गर्ने हो भने पनि त्यो देखिन्छ।

अल्पमतले मेरो शासन मान्‍नुपर्छ भन्‍ने धारणाबाट उनीहरु अगाडि बढिरहेका छन्। त्यो गलत हो। त्यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन।

पार्टीमा सामान्य छलफल गरेर मिलेर अगाडि बढ्नुपर्ने हो। लोकतन्त्र भनेको त सबैको शासन हो। हामीमा आज पनि बहुमतको शासन भन्‍ने ह्याङ छ। त्यसबाट नेपाल र नेपाली जनता माथि उठ्नुपर्छ। किनभने, नेपाली संविधान र नेपाली परिप्रेक्ष्य लोकतन्त्र भनेको बहुमतको शासन हो भन्‍ने अवधारणबाट अगाडि गइसकेको छ। पहिले पार्टीहरुमा सभापति निर्वाचित हुने र उसले बाँकीलाई चुन्‍ने प्रचलन थियो। अहिले त्यस्तो छैन। आमनिर्वाचनमा पनि समानुपातिक व्यवस्था राखिएको छ। त्यसले दिएको सन्देश भनेको लोकतन्त्रमा कसैले हार महसुस  गर्दैन, सबैको जित हुन्छ, कोही पनि बाहिर रहँदैन भन्‍ने हो।

नेताहरु यही अवधारणा अनुसार चल्न सिक्नुपर्नेमा पुरानै दम्भ र ‘पुरानै ह्याङओभर’ अनुसार चलिरहेका छन्। उनीहरुमा बहुमतमा भएको मैले भनेको र गरेको गलत नै भए पनि अल्पमतले मान्‍नुपर्छ भन्‍ने मानसिकता छ। अल्पमतले मेरो शासन मान्‍नुपर्छ भन्‍ने धारणाबाट उनीहरु अगाडि बढिरहेका छन्। त्यो गलत हो। त्यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन।

सबैले अहिले नेपालले अपनाएको समानुपातिक र समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि परिकल्पना गरिएका विधि र विधानअनुसार चलेमा मात्र जनस्तरमा पनि सकारात्मक सन्देश प्रवाह हुन्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधा... शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बो... शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अ... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्