• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोभिड-१९ बाट सिकिस्त बिरामीलाई सहयोग गर्न ‘अक्सिजन बैंक’
64x64
पुष्पा केसी शुक्रबार, वैशाख २४, २०७८  २०:५२
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमण दोस्रो लहर सुरू भएसँगै नेपालमा पनि अक्सिजनको अभाव देखिएको छ। भारतमा अक्सिजन अभावकै कारण हजरौं कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला नेपालमा पनि अक्सिजन अभाव देखिएको हो।

सरकारले अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न निर्देशन दिएको थियो। तर, उद्योगहरूमा अझै अक्सिजन सिलिण्डर प्रयोग भइरहेको भन्दै तत्काल फिर्ता गर्न स्वास्थ्य मन्त्रालयले उद्योगीहरूलाई फेरि निर्देशन दिएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भएपछि विभिन्न व्यक्ति र संघ/संस्थाले स्वतः स्फूर्त रूपमा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिदिन थालेका छन्।

यसैबीच ‘हाम्रो सानो प्रयास’, ‘हाम्रो टिम नेपाल’, ‘इन्स्टिच्युट फर नेपाल’ र ‘समानुभूति नेपाल’ले कोभिड-१९ बाट अति सिकिस्त बिरामीहरूका लागि ‘अक्सिजन बैंक’ सुरू गरेका छन्। अघिल्लो पटकको लकडाउनमा मजदुरलाई खाना खुवाउन सक्रिय उनीहरू अहिले  अक्सिजन जुटाउन लागेका हुन्। 

‘अक्सिजनको अभाव देखिएकाले यसको प्रयास थाल्न धेरैले सुझाव दिए। र, त्यही सुझाव र मागका कारण ‘अक्सिजन बैंक’ सुरू गरेका हौं,’ हाम्रो सानो प्रयासका संयोजक पुकार बम बताउँछन्। खाली सिलिण्डर जम्मा गर्ने त्यसमा अक्सिजन भरेर चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई उपलब्ध गराउने काम गरिरहेको उनले बताए।

‘जसले सक्नुहुन्छ, उहाँहरूले खाली सिलिण्डर हामीलाई दिनुहुन्छ। केही हामी किन्छौं पनि। खाली सिलिण्डरमा अक्सिजन भरेर डाक्टरको सिफारिसका आधारमा बिरामीलाई उपलब्ध गराउदैं आएका छौं,’ बमले भने।

यो समूहले अस्पतालबाट डिस्चार्ज हुँदा अक्सिजना जरूरी पर्ने बिरामीको हकमा पनि सिलिण्डर उपलब्ध गराउँदै आएको छ। त्यसका लागि पनि डाक्टरको सिफारिस नै मुख्य आधार हो।

Ncell 2
Ncell 2

काठमाडौंमा आइतबारदेखि सुरू भएको ‘अक्सिजन बैंक’ बुधबारबाट बागलुङमा पनि सुरू भएको छ। त्यस्तै बुटवलमा मंगलबारदेखि र हाम्रो सानो प्रयासमा जोडिएका सातवटै प्रदेशका प्रतिनिधिले अन्य स्थानमा पनि प्रयास थालेका छन्। सुरूमा गाह्रो भए पनि अगाडि बढ्दै गयो भने स्थानीय सरकारले सहयोग गर्दै जाने संयोजक बमको छ।

आइतबारबाट सुरू गरिएको अक्सिजन बैंकले मंगलबारसम्म ४०/४५ वटासम्म सिलिण्डर बिरामीलाई उपलब्ध गराएको छ। दिनमा सयदेखि डेढ सयभन्दा बढी सिलिण्डर उपलब्ध गराउने उनीहरूको योजना छ।

‘किन्छु भन्दा पनि अक्सिजन सिलिण्डर पाउन गाह्रो भएको छ,’ बमको अनुभव छ, ‘कालोबजारी बढिरहेको छ। सरकारले हामीसँग बेडको अभाव छैन भन्दै तथ्यांक दिन्छ। तर, हामी विभिन्न अस्पतालमा दौडिरहेका छौं। अस्पतालमै पुगेर काम गरिरहेका छौं। कुनै पनि अस्पतालमा बेड पाउन गाह्रो छ।’

कोरोना संक्रमणपछि निको भएकासँग पनि उनीहरूले अक्सिजन सिलिण्डरका लागि आग्रह गर्दै आएका छन्। आठ महिनाअघि कोरोना संक्रमणबाट श्रीमती गुमाएका व्यक्तिले अक्सिजन बैंकको पोस्ट देखेर सिलिण्डर उपलब्ध गराएका छन्। बुझ्नेहरूले आफूसँग भएका सिलिण्डर आफैं सम्पर्क गरेर दिइरहेका छन् भने केही उनीहरूले किनिरहेका छन्।

सरकारसँग माग्न भन्दा पनि सरकारलाई नै सहयोग गर्न जाँदा सरकारी अधिकारीबाट उनीहरूले कुनै प्रतिक्रिया पाएका छैनन्।

‘उहाँहरूले हामीसँग सहयोग लिन चाहिररहनुभएको छैन। किनभने त्यो त जिम्मेवारी हो। दिनमा सयौं फोन आउँछ। तर, त्यो जिम्मेवारी लिन उहाँहरू तयार हुनुहुन्न,’ बम भन्छन्, ‘अहिले पनि स्वास्थ्य मन्त्रालयमा बेलुका ५ बजे जानुभयो भने सबै बन्द भइसकेको हुन्छ।’

नागरिकले पनि सामूहिक तवरबाट गर्नसक्ने सहयोगका लागि पहल गर्नुपर्नेमा उनको जोड छ। 

‘केही गरौं न’ बाट सुरू भएको अभियान
गत वर्ष कोरोना महामारीले नै जन्माएको हो, ‘हाम्रो सानो प्रयास नेपाल’। त्यतिबेलाको लकडाउनमा हिँडेरै घर जाने मानिसको संख्या ठूलो थियो। तीन/चार सय किलोमिटर हिँडेरै मानिस घर जाँदै थिए। त्यहीबेला मीनबहादुर भामलगायतले ‘केही गरौं न’ यो बेला भन्ने छलफल गरे। 

चैत १४/१५ गतेदेखि अरू केही गर्न नसके पनि पैदल हिँडेर घर जान लागेकाहरूलाई एक छाक तातो खाना खुवाउने निधो भयो। पहिलो दिन प्याकिङ खाना एक छाक जगातीको जंगलबाट कम्तीमा ८० देखि १०० जनासम्मलाई खुवाए। खाना एक हप्तामात्रै खुवाउने भनिएको थियो।

‘त्यो भन्दा धेरै गर्नसक्ने क्षमता हामीसँग थिएन। तर, आन्तरिक रूपमा अन्य साथीहरूले सहयोग गर्दै गएपछि विभिन्न स्थानीय सरकार पनि जोडिन आए,’ बम आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘त्यसरी खाना खुवाउने अभियान सातवटै प्रदेशमा सुरू भयो।’

अहिले देशभर आमा समूह र युवा समूह गरेर २५० भन्दा बढी संघसंस्था यो सञ्जालमा जोडिएका छन्। चार हजारभन्दा बढी स्वयंसेवक यस अभियानमा जोडिएका छन् भने छ लाखभन्दा बढीले विभिन्न सहयोग गरेको बम बताउँछन्।

सुरूमा निःशुल्क खाना खुवाउने, राहत वितरण र घर जानेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइदिनेमा अभियान केन्द्रित थियो। लकडाउनमा उनीहरूले एकै दिन चार/पाँच हजारसम्मलाई खाना खुवाउने काम गरे। तर, पछि यही संस्था शिक्षा र जनचेतनाको क्षेत्रमा पनि लाग्यो।

केही महिनाअघि ‘इनफ इज इनफ’ को आन्दोलनमा बम आफैं पनि जोडिए। कोरोना महामारीमा सरकारले उदासीनता देखाएको भन्दै सत्याग्रह पनि बसे। अहिले पनि विभिन्न संघसंस्थाको पहलमा खाना खुवाउने र राहत तथा उद्धारको काम जारी छ।

अघिल्लोपटक तीनदेखि चार सय जनासम्म स्वयंसेवक थिए, अहिले उनीहरू घरबाट निस्किएका छैनन्। र, अहिले स्वयंसेवकको संख्या ५० देखि ६० जनामा खुम्चिएको छ। गत वर्ष प्रदेशका नाकामा दुई/तीन सय जनाको हाराहारीमा स्ययंसेवक खटिएका थिए। तर, अहिले ५/१० जनामात्रै अस्पतालमा दौडिरहेका छन्।

अघिल्लोपटकको महामारीमा भएको लकडाउनमा भन्दा यसपटक सहयोगको सीमा झन् साँघुरो बनेको बमको अनुभव छ। 

‘फेरि आन्दोलन हुनसक्छ’ 
संयोजक बमले यही अवस्था रह्यो भने कोरोना महामारीकै बीचमा जनता आन्दोलित हुनसक्नेतर्फ सरकारलाई सचेत गराएका छन्। ‘यसपटक छिट्टै आन्दोलन हुन्छ जस्तो लागेको छ। हामीले पनि दिमाग गुमाउँछौं। हालत खराब हुँदै गइरहेको छ। चुप लागेर, रमिता हेरेर बस्न पनि सकिँदैन। काम गर्दै जाँदा शरीर हो थाक्छ पनि। रिस पनि उठ्छ,’ बमले आक्रोश पोखे।

महामारीले सन्त्रास फैलाइसक्दा सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको उनको आरोप छ। ‘अहिले अभियन्ताहरू मिलेर १५/२० लाख रूपैयाँ रकम जम्मा गरेर सिलिण्डर किन्यौं भने चीनबाट दुई/चार दिनमै नेपाल आउँछ। तर, त्यही कुरा सरकारले गर्न सकिरहेको छैन। त्यसैले कारोना संक्रमितको उपचारमा सरकारलाई दबाब दिन खोजेका हौं,’ बमको भनाइ छ।

सुझाव
अरू केहि गर्न नसके पनि घर वरपर आफैंले जिताएका जनप्रतिनिधिहरू छन्, उनीहरूलाई झकझक्याउनुपर्नेमा बमको जोड छ। वडा प्रतिनिधिमार्फत् नगरपालिका, गाउँपालिकालाई दबाब दिनुपर्‍यो। कोरोना भाइरस सहरबाट गाउँ गइरहेको छ। सहरमा त सहयोग गर्ने संघसंस्था र मानिसहरू छन्। तर, गाउँमा केही र कोही पनि छैनन्। त्यसैले एक महिनापछि हुनसक्ने भयावह स्थिति रोक्न अहिलेदेखि नै जनप्रतिनिधिलाई झकझक्याउन नागरिकलाई उनको सुझाव छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्