• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
64x64
पुष्पा केसी बुधबार, फागुन ९, २०८०  १८:२२
1140x725

काठमाडौं- फागुन ७ गते ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति उद्घाटन सत्रमा भाषण गर्ने क्रममा सभापति शेरबहादुर देउवा भन्दै थिए- ‘नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको हो।’ आफ्नो पार्टीको नेतृत्वमा संविधान जारी भएकोमा कांग्रेसले गर्व गर्दै आएको छ। कतिपय सन्दर्भमा त्यसलाई राजनीतिक पुँजीको रुपमा पनि प्रयोग गर्ने गरेको छ। देउवाको सम्बोधन त्यसकै निरन्तरता मान्न सकिन्छ।

अर्कोतिर त्यही गोदावरीमा संविधानकै एक खम्बा ठानिएको धर्मनिरपेक्षताको विरुद्धमा हस्ताक्षर अभियान पनि चलिरहेको छ। त्यस्तो अभियान चलाउनेमा कांग्रेसकै नेताहरू छन्। त्यसपछि समर्थन गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले समेत हस्ताक्षर गरिसकेका छन्। केन्द्रीय सदस्यहरू सञ्जय गौतम, नागिना यादव, चन्द्र भण्डारी, पुष्पा भुसाल, दिलेन्द्र बडु, शंकर भण्डारी, डिला संग्रौला, प्रकाश रसाइली स्नेही, देवेन्द्रराज कँडेल, गेहेन्द्र गिरी, इन्द्र बानियाँ लगायतका नेताहरू पनि यही अभियानमा जोडिएका छन्।

418171611_368647549219275_7577980812836774382_n-1708515685.jpg

418635170_921896172858772_5583630975405208547_n-1708515685.jpg

एकातिर संविधानप्रति गर्व पनि गर्ने र अर्कोतिर संविधानको आधारभूत प्रावधान भत्काउन प्रयत्न पनि गर्ने दोहोरो प्रवृत्ति यतिबेला कांग्रेसभित्र देखिएको छ। सम्भवतः त्यसैलाई संकेत गर्दै महामन्त्री गगन थापाले आफ्नो सांगठनिक प्रस्तावमा कटाक्ष गरेका छन्, ‘पार्टीभित्र एकातर्फ इतिहासप्रति गौरव गर्ने अर्कोतर्फ आफ्नै पार्टीको नेतृत्वमा आफैंले लडेर ल्याएको परिवर्तनलाई समेत प्रतिरक्षा गर्ने जाँगर नदेखाइरहेको विचित्रको अवस्थालाई बदल्नुपर्ने छ।’

पछिल्ला दिनमा भण्डारीको नेतृत्वमा हिन्दू राष्ट्रको अभियानले चर्चा पाइरहेको छ। फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा भण्डारीको नेतृत्वमा विशेष पूरक प्रस्ताव पेस गरिएको थियो। केन्द्रीय सदस्य र प्रदेश सभापति समेत २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिनुपर्ने मागसहित सो प्रस्ताव पेस गरेका थिए। प्रस्तावमा सनातन हिन्दू राष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ।

नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किराँत धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको उनीहरुको प्रस्तावमा उल्लेख छ।

नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाभियान पनि गठन गरिएको छ। त्यसमा केही सक्रिय कांग्रेस नेताहरू पनि देखिन्छन्। कतिपयले भने प्राविधिक रुपमा मात्रै कांग्रेसमा देखिन्छन्। उनीहरूले कांग्रेस कार्यकर्ता वा समग्र जनमतको प्रतिनिधित्व गर्छन् वा गर्दैनन् भन्ने अन्योलपूर्ण स्थिति छ।

Ncell 2
Ncell 2

अभियानको नेतृत्वकर्ता भण्डारी मुलुकको सदियौंदेखिको वैदिक सनातन, सभ्यता, संस्कृति, धर्मको विरुद्धमा धेरै ठूला षड्यन्त्र योजना बन्दै आएको तर्क गर्छन्। यसकाविरुद्ध व्यापक गतिविधि हुन थालेको उनको तर्क छ। आफूहरूको अभियानको औचित्य खुलाउँदै उनले भने, ‘संसारका अन्य मुलुकमा जस्तै हाम्रो मुलुकमा पनि वैदिक धर्मको संरक्षण, सुरक्षा गर्नु राष्ट्रको दायित्व र जिम्मेवारी हुन्छ। त्यसकारण सबै धर्मको रक्षा हुने गरी मुलुकको मूल धर्मको रक्षा गर्न आवश्यक छ। कांग्रेस जस्तो पार्टीले यसको नेतृत्व गर्नुपर्छ र जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सन्दर्भमा पार्टीभित्र धेरै ठूलो मत छ।’

कांग्रेसभित्र यस किसिमको अभियान चलेको यो पहिलो पटक होइन। २०७५ सालको महासमिति बैठकमा पनि हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यसबेला पनि महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन। यसपटक पनि यो विषय औपचारिक रुपमा प्रवेश गर्न भने पाएन। कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले त्यस किसिमको प्रचार स्वीकार्य नभएको धारणा सार्वजनिक गरेका थिए।

महासमितिस्थल ललितपुरको गोदावरीमा आइतबार भएको पत्रकार सम्मेलनमा विश्वकर्माले भनेका थिए, ‘नेपाली कांग्रेस कुनै पनि एकल विचारको पक्षमा छैन। त्यसैले हामीले बहुलवादमा आधारित बहुदल भन्यौं। एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासन नेपाली कांग्रेसका लागि स्वीकार्य छैन।’

राजनीति विश्लेषक हरि शर्मा विचारको विविधता अनुसार सबैले आफ्ना विचारहरु प्रस्तुत गर्न पाउने बताउँछन्। तर, त्यो विचार संवैधानिक मयार्दाभित्र बसेर व्यक्त हुनुपर्ने उनको भनाइ छ।

‘विचारको विविधता आफ्नो ठाउँमा छँदैछ। सबैले आफ्ना विचारहरु प्रस्तुत गर्न पाउँछन्। तर, संवैधानिक मयार्दाभित्र बसेर गर्नुपर्‍यो नि’, नेपाल लाइभसँग शर्माले भने, ‘त्यो भनेको संविधानको धर्मनिरपेक्षता हटाऊ भन्ने कुरा संविधानको विषय भएकाले संसद्‌मा कुरा गर्नुपर्‍यो। बाहिर कुरा गर्दा त्यसले उच्छृङ्खलता ल्याउँछ।’

यस्तो (हिन्दू राष्ट्रको)  प्रस्तावले नेपालको संविधान र राजनीतिक स्थिरतालाई खलल पुर्‍याउने काम गर्ने उनले बताए। संविधान जनताले बुझेनन् भन्न सकिए पनि सांसद, मन्त्री, विभिन्न समितिमा काम गरेका मानिसहरुले त्यस्तो कुरा गर्नु बिडम्बना भएको शर्माको भनाइ छ।

‘संविधानमाथि जताततैबाट प्रहार भइरहेको बेला संविधान नै परिवर्तन गरौं भन्दै कांग्रेसभित्रै यो विषय आउनु विडम्बना र विरोधाभास हो', शर्मा भन्छन्।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
संसद्‌को हालत देखेर निराश बनेका नयाँ सांसद
सम्बन्धित सामग्री
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै... शनिबार, जेठ २४, २०८२
नागरिकको समस्या बुझ्न जनता माझ माओवादी केन्द्र पुगेको छ : नेता पोखरेल आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्नका... शनिबार, जेठ २४, २०८२
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्