काठमाडौं- नेकपाका सांसद गजेन्द्रबहादुर महतले सांसद्लाई ४ करोड नचाहिएको बताएका छन्। प्रतिनिधिसभामा आज बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले भने, 'नेताहरु जाने ठाउँमा जति बजेट जान्छ, त्यति जानुपर्योन हामीलाई। मैले एउटा हाइड्रोपावर सोचेको छु, त्यसमा बजेट हालिदिनुस्, सकियो। एक रुपैयाँ चाहिँदैन। त्यो गन्हाएको बजेट मलाई किन चाहिन्छ?'
अहिलेको बजेट 8वाद उन्मुख भनिएको भए पनि सांसद तह लगाउन बजेट ल्याइएको उनले बताए। 'कोही मन्त्री भए भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ? हामीलाई तह लगाउन पाइन्छ? हामीलाई अपमानित गर्न पाइन्छ?' उनले लगातार प्रश्न गरे, 'हामीलाई वडा अध्यक्षको ठाउँमा राख्न पाइन्छ? कोही मन्त्री हुँदैमा यस्तो गर्न पाइन्छ? यो अधिकार कसैलाई छ?'
आफूहरु बिहानदेखि बेलुकासम्म बैठककै लागि बसिरहे पनि सारा सांसदलाई मुछेर मिडियाले लेख्ने गरेको उनले बताए। 'मिडियाले पालेका मान्छेहरु सांसदमा हुँदैनन्। मिडियाले उचालेका मान्छेहरु यहाँ हुँदैनन्। उनीहरुको नाम लिँदैनन्। हामी सोझासाझा मान्छेहरु, जो बाहिर गएर काम छैन, यहीँ कुरिरहेका हुन्छौं। तर फोन आउँछ, तपाईं पनि संसदमा हुनुहुन्न थियो भनेर,' उनले आक्रोशित हुँदै भने, 'यो बेइज्जत होइन?'
सोझासाझा सांसदलाई बलिको बोको बनाउन नपाइने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।