काठमाडौँ–नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए।
पन्तलाई बिहीबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।