• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
६ महिना हिउँमा छोपिने नमूना विद्यालय, यसरी पढाउन पुगिन् ललितपुरकी नवीना 
64x64
प्रकाश गुरागाईं शनिबार, असार २६, २०७८  ०८:००
1140x725
तस्वीर सौजन्य : भिजन डोल्पो

हिउँ पर्दा न सोलारको बिजुली बल्छ, न त मोबाइल नै चल्छ। इन्टरनेट पनि बन्द हुन्छ।

ढुंगा माटोको घर। छाना पनि माटोकै। एकदेखि तीन तलासम्मका घर। घरहरुमा छानाभरि दाउरा राखिएका छन्। तर, विद्यालय भवनमा दाउरा छैनन्। बरु सोलारका पाता छन्।

यो उपल्लो डोल्पामा पर्ने धो–तरापस्थित क्रिस्टल माउन्टेन स्कुल हो। यहाँ काठमाडौंबाट 'निजी शिक्षक'समेत पढाउन पुगेका छन्। कतिपय शिक्षक त पहिलोपटक हिमाली क्षेत्र पुगेका हुन्।

हिउँ परेपछि ती शिक्षकहरुको काठमाडौंस्थित घरसँगको सम्पर्क टुट्छ। वर्षामा पनि पानी परेपछि मोबाइल र इन्टरनेट चल्दैन। अनि घरतिर परिवारका सदस्य आत्तिन थाल्छन्। यो हप्ता पाँच दिनदेखि मोबाइल र इन्टरनेट चलेको छैन। अब घाम लाग्न थालेपछि फेरि सम्पर्क हुन्छ। बल्ल मन बुझ्छ। ललितपुरबाट पहिलोपटक धो–तराप पुगेकी नवीना देसारसँग यस्ता अनुभव कति छन्, कति!

नवीना धो–तराप जानुअघि संखुवासभाको दुर्गम गाउँ खमारेमा दुई वर्ष स्वयम्सेवक शिक्षक भइन्। गएको चैतमा त्यताबाट फर्किएको एक हप्तापछि नै उपल्लो डोल्पाका लागि हिँडिन्। उनीसँग २० जनाको टोली थियो। ११ जना शिक्षक, जो उनीजस्तै एक्सन डोल्पो संस्थामार्फत छानिएका थिए। बाँकी नौ जना विद्यार्थी। सबै हिउँदको ६ महिना विद्यालय बन्द हुँदा काठमाडौं झरेका थिए।

उनीहरुको यात्रा जहाजबाट हुन सकेन। डढेलोले भएको प्रदूषणका कारण काठमाडौं उपत्यकासँगै तराई पनि धुम्मिएको थियो। काठमाडौं–नेपालगन्ज र नेपालगन्ज–दुनै उडान ठप्प थियो। सडकमार्गबाट डोल्पा सदरमुकाम दुनै पुग्न चार रात तीन दिन लाग्यो। एक दिन दुनैमा नै आराम गरे। अनि भोलिपल्ट धो–तरापको लागि यात्रा सुरु भयो।

तीन दिनको पैदलपछि उनीहरु बल्ल क्रिस्टल माउन्टेन स्कुल पुगे। धो–तराप उपत्यका नेपालकै अग्लो स्थानमा भएको मानव बस्ती हो। क्रिस्टल माउन्टेन विद्यालय चार हजार ८० मिटरको उचाइमा छ। बस्ती त त्योभन्दा माथिसम्मै छ।

धो-तरापमा स्थानीय बालिकासँग नवीना।

विद्यालय छेउमा तराप खोला छ। नीलो कञ्चन पानी। आकाश खुलेको छ। तर, स्थानीय भन्छन्, ‘यो वर्ष आकाश पहिलेजस्तो सफा भएन।’

तराई र पहाडको डढेलोको असर त्यहाँ पनि पुग्यो।

उनी पुगेकै भोलिपल्ट धो–तरापमा हिउँ पर्‍यो। धेरै वर्षपछि अप्रिल महिनामा हिउँ पर्‍यो, स्थानीयले उनलाई सुनाएका। हिमाली क्षेत्र पहिलो पटक पुगेकी उनलाई भने खूब रमाइलो लागिरहेको थियो। तर, हिउँसँग खेल्न बाहिर निस्कनै नसकिने जाडो। उनीहरुका लागि बसोबासको व्यवस्था स्कुलमा नै छ। त्यहीँ बसेर सुरु भयो बालबालिका पढाउने अभियान।

हरेक दिन बिहान साढे ८ बजे शिक्षकको बैठक बस्छ। त्यसपछि कक्षा सुरु हुन्छ। साँझ ५ बजेसम्मै पढाइ हुन्छ। यो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मै पढाइ हुन्छ। कक्षा १० भने यो वर्ष मात्र सुरु भएको हो। नवीना भने कक्षा २ देखि ५ सम्म पढाउँछिन्।

काठमाडौंमा हुर्किएकी उनले यतैका सुविधासम्पन्न विद्यालय मात्र देखेकी थिइन्। दुर्गममा कसरी पढाइ होला भन्ने बुझ्न मन थियो। त्यही उत्सुकताले उनी संखुवासभा पुगेकी थिइन्। जब त्यहाँ दुई वर्ष पढाइन्, नतिजा सकारात्मक पर्‍यो। त्यही प्रेरणाले उनी त्योभन्दा दुर्गम उपल्लो डोल्पा पुगिन्। संखुवासभाभन्दा फरक, हिमाली क्षेत्रको यो नमूना विद्यालय हो। विभिन्न संस्थाबाट गएका निजी शिक्षक शिक्षक १२ जना छन्। उनीहरु तालिम र अनुभवसहित गएका छन्। नियमित शिक्षक ११ जना छन्। अंग्रेजी माध्यमबाट पढाइ हुन्छ।

विद्यार्थीलाई किताबी ज्ञान मात्र दिँदैनन्। शिक्षकहरुले आफूले जानेका सीप पनि सिकाउँछन्। यहाँका विद्यार्थी संगीत सिक्छन्। फुटबल खेल्छन्। क्रिकेटसमेत खेल्न थालेका छन्। छात्र र छात्राको विभाजन छैन। छात्राले पनि फुटबल र क्रिकेट खेलिरहेका हुन्छन्। 

नवीना फोटोग्राफी र भिडियोग्राफीमा रुचि राख्छिन्। उनले आफ्ना विद्यार्थीलाई त्यसबारे पनि सिकाउने गरेकी छन्। तर, काठमाडौंबाट गएकाहरुका लागि भाषाको समस्या छ। स्थानीयले तिब्बतीयन भाषा बोल्छन्। कतिले त नेपाली नै बुझ्दैनन्। तर, अंग्रेजी र हिन्दी फिल्म तथा गीतको प्रभाव यहाँका युवा पुस्तामा पर्न थालेको छ। त्यही कारण कतिपय स्थानीय आफूहरुको संस्कृति नजोगिने चिन्तामा छन्।

विद्यार्थीलाई कि नेपाली, कि अंग्रेजीमा पढ्नुपर्ने बाध्यता छ। नेपाली कनिकुथी बोल्छन्, बुझ्छन् पनि। तर, बोल्दा र लेख्दा व्याकरण मिल्दैन। आदरार्थी शब्द प्रयोग गर्न जान्दैनन्। ‘मातृभाषाबाहेकमा शिक्षा दिँदाको समस्या पनि हामीले बुझ्न पाएका छौं,’ नवीना भन्छिन्।

नवीनालाई अनौठो लागेको चाहिँ, यहाँका विद्यार्थीलाई माछाबारे पर्याप्त ज्ञान नै छैन। किनभने हिमाली क्षेत्रमा माछा पाइँदैन। शिक्षकले इन्टरनेटबाट माछा देखाएर चिनाउने गरेका छन्।

विद्यालयमा कम्युटर र इन्टरनेट मात्र छैन, कम्युटर सिकाउने शिक्षक पनि छन्। विद्यार्थीलाई आवश्यक पर्ने सबै सामग्री उपलब्ध छन्। प्रयोगमा कुनै  कन्जुस्याइँ हुँदैन। ती प्रायः काठमाडौंबाट जहाजमा दुनै र त्यहाँबाट याक र खच्चरमा हालेर ल्याइएका हुन्।

नवीनाले धो–तराप पुगेदेखि ज्याकेट खोलेकी छैनन्। अहिले पनि जाडो छ। दिउँसो घाम त लाग्छ, तर चिसो बतास चल्छ। उडाउलाजस्तो गरी हुइयँ आवाज आउँछ। बतास नचलेको बेला बाहिर घाममै बसेर पनि पढाउँछन्। 

चिसो बतास चलेको बेला बाहिर नबस्न उनलाई स्थानीय शिक्षकले भनेका छन्। चिसो हावामा बस्दा पेट दुख्ने, खाना नपच्ने समस्या हुन्छ। घरपरिवारको चिन्ता पनि उस्तै छ, दुर्गममा बस्दा बिरामी भए के गर्ने?

तर, उनी पढाउनमै रमाइरहेकी छन्। एक वर्षको पाठ्यक्रम ६ महिनामा सक्नुपर्छ। जाडो सुरु भएपछि त विद्यालय बन्द हुन्छ। त्यसमा पनि यार्सा टिप्ने सिजनमा एक महिना विद्यालय बन्द हुन्छ। यसपटक यार्सा टिप्न गएका बालबालिका फर्किएपछि बल्ल कक्षा सुरु हुन थालेको छ।

स्थानीय भेषभुषामा नवीना।

यो वर्ष कोरोना महामारीले पनि पढाइमा अवरोध गर्‍यो। तर, शहरमा जस्तो लामो समय विद्यालय नै बन्द गर्नुपरेन। वैशाखमा केही विद्यार्थी बिरामी परे। कोरोनाको आशंका भयो। केही स्थानीयलाई उपचारका लागि हेलिकोप्टरबाट दुनै लैजानु पर्‍यो। जिल्ला शिक्षा कार्यालयले विद्यालय बन्द गर्ने सूचना पठायो। अनि तीन साता बन्द भयो। फेरि यार्सा संकलनको मौसममा एक महिना बिदा भयो। अहिले नियमित कक्षा सुरु भइसकेको छ।

यहाँ पढ्ने सबै बालबालिकालाई ‘स्पोन्सर’को सहयोग छ। ती व्यक्ति घुम्न र आफूले लगानी गरेको बच्चाको पढाइ तथा अवस्था बुझ्न कहिलेकाहीँ यो दुर्गम गाउँ आइपुग्छन्। शे–फोक्सुन्डो ‘सर्किट’ लगाउनेहरु पनि बेला–बेला पुग्छन्। तर, नेपाली भने कमै जान्छन्।

अहिले त गाउँभरि मोटरसाइमल छन्। यी मोटरसाइकल तिब्बतबाट ल्याइएका हुन्। तर, तिब्बतसम्म सडक पुगेको छैन। ठाउँ–ठाउँमा बोकाएरै ल्याएर पनि गाउँमा 'हरन' सुन्न पाइएको छ। अहिले त तिब्बतबाट दुई वटा डोजर पनि ल्याइएका छन्। डोजर आउँदा बाटो बनाउँदै आए। आवत–जावत सहज भएको छ। तर, तिब्बतबाट गाडी नै भने चल्दैनन्। यहाँबाट तिब्बत पुग्न पैदल दुई दिन हिँड्नुपर्छ। यार्सा बेच्ने र खाद्यान्न ल्याउने बजार तिब्बत नै हो।

मोटरसाइकल उता दुनैतिर पनि पुग्न सक्दैनन्। धोबाट सेसौलसम्म जान्छन्। त्यहाँबाट उता दुनै पुग्न तीन दिन पैदल हिँड्नुपर्छ। खच्चर र याकमा दुनैबाट बोकाएर ल्याएको पेट्रोल धो पुर्‍याउँदा महङ्गो पर्छ। महङ्गो मूल्य तिरेरै भए पनि मोटरसाइकलले गाउँलेलाई सेवा दिएको छ।

धो–तरापको सुन्दरता ‘अनटच्ड’ भएको नवीना बताउँछिन्। तर, यहाँको सुन्दरता मास्न सरकार नै लागेको छ। अहिले माटाका छानाको ठाउँमा टीनले छाएका घर देखिन थालेका छन्। सरकारले चलाएका विभिन्न परियोजनामार्फत सिमेन्टले बनेका र टीनका छाना भएका घर बने। ती भित्तो र छानाले धो–तरापको चिसो छेक्न सक्दैनन्।

तस्वीरहरु : नवीना देसार

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्