• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
निधनको ४३ वर्षपछि पुस्तकमा पुष्पलाल
64x64
प्रकाश गुरागाईं बिहीबार, साउन ७, २०७८  १४:५२
1140x725

काठमाडौं– पुष्पलाल श्रेष्ठको मृत्यु भएको ठ्याक्कै ४३ वर्ष भयो। मृत्युको चार दशकसम्म नेपालका कम्युनिष्टहरुले उनको विस्तृत जीवनी खोजी गरेनन्। फाट्टफुट्ट सानो ‘भोल्युम’का पुस्तक लेखिए। कतिपय पुष्पलालको आलोचनाका लागि लेखियो। कतिपय अनावश्यक प्रशंसाका लागि।

पुष्पलालको ४३औँ स्मृति दिवस (७ साउन) पारेर उनको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ विमोचन भएको छ। विमोचन कार्यक्रम भने सुखद रहेन। पुस्तक लेखनकै क्रममा यसका सह-लेखक माधव पन्थीको निधन भयो। 

विमोचन कार्यक्रममा मौनधारण नै दुई पटक भयो। पहिलो पटक शहीदहरुका नाममा। दोस्रो पटक सह–लेखक पन्थी र पुष्पलाल प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानीको नाममा। दुवै जनाको कोराना संक्रमणबाटै निधन भएको हो।

पुस्तक विमोचन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल।

पुष्पलालको जीवनी लेख्नका लागि करिब दुई वर्षअघि पुष्पलाल स्मृति प्रतिष्ठानले समिति बनाएको थियो। समिति संयोजक वेदुराम भुसाल र सदस्य पन्थी र ढाकाराम सापकोटा थिए।

पुष्पलालको जीवन नेपालमा मात्र सीमित थिएन। उनको अधिकांश समय भारतमा बित्यो। उनीसँग जोडिएका महत्वपूर्ण राजनीतिक घटना भारतमै भए।

पुष्पलालको जीवन नेपालमा मात्र सीमित थिएन। उनको अधिकांश समय भारतमा बित्यो। उनीसँग जोडिएका महत्त्वपूर्ण राजनीतिक घटना भारतमै भए। जस्तो, नेपाली राष्ट्रिय कांग्रेसको गठन हुँदा उनी पनि आबद्ध थिए। राष्ट्रिय कांग्रेसको डिल्लीरमण गुटको कार्यालय सचिवको जिम्मेवारी उनैले निभाए। भारतमै रहँदा भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क भयो। कार्ल मार्क्सको ‘कम्युनिष्ट घोषणापत्र’लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरे। अनि नेपाली राष्ट्रिय कांग्रेस परित्याग गरेर भारतीय भूमीमा नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। नेपालमा राणाहरुको शासन भएकाले यी सबै गतिविधि देशभित्रै गर्न सम्भव थिएन।

२००७ सालदेखि पञ्चायतको सुरुसम्म नेपालमै बसेर राजनीतिमा सक्रिय भए। राजा महेन्द्रले १ पुस २०१७ सालमा ‘कू’ गरेसँगै उनको खोजी सुरु भयो। अनि फेरि निर्वासनमा भारत पुगे। लामो समय भारतमै बसेर कम्युनिष्ट आन्दोलन हाँके। तर, यो अवधिमा कम्युनिष्ट पार्टीहरु एकजुट हुन सकेनन्। अनेक समूहमा विभाजित भए। उनी पनि कम्युनिष्ट पार्टीको एउटा समूह खोलेर सक्रिय भइरहे। पार्टीमा आएको विभाजन र टुटफुटलाई रोक्न सकेनन्। किन पार्टी छिन्नभिन्न भयो र पुष्पलाल यी विभाजनलाई रोक्न किन असफल भए भन्ने इतिहास पनि पुस्तकमा समेटिएको छ।

पुष्पलालको निधन ७ साउन २०३५ सालमा भारतमै भयो। उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन अनुमति दिएन। पछि अस्तुसमेत ल्याउन रोक्ने प्रयास भएको थियो। तर, पार्टी कार्यकर्ता रहेका रामचन्द्र चापागाईं र आरबी भण्डारीले प्रहरी तथा तत्कालीन शाही नेपाली सेनालाई झुक्याएर नेपाल ल्याइछाडे। अस्तु आउन नदिन सेनाले १६ साउनमा दिल्लीबाट आउने हरेक जहाज घेराउ गरेर चेकजाँच गरेको थियो। तर, भारतबाट सडकमार्ग हुँदै सिमरा ल्याएर त्यहाँबाट मात्र अस्तु जहाजमा काठमाडौं ल्याइएको थियो।

उनको जीवनका यी सबै घटनाहरु खोज्न भारतसम्म पुग्ने योजनामा समिति सदस्यहरु थिए। पञ्चायतकालमा उनीसँग निकट भएर काम गरेका वेदुराम भुषाल आफैंलाई पनि पुष्पलालको भारतस्थित बासस्थान र भारतीय समकक्षी तथा सहयोगीबारे जानकारी थियो। तर, कोरोना महामारीका कारण उनीहरु भारत जान सकेनन्। त्यसैले माधव पन्थीले सन् २००३ मा भारतीय मार्क्सवादी लेखक तथा पत्रकार आनन्दस्वरुप बर्मा र नेता हरकिसनसिंह सुरजितसँग लिएको अन्तरवार्ता र विभिन्न दस्तावेजलाई सन्दर्भको रुपमा प्रयोग गरिएको छ। 

पुष्पलालको जीवनी लेख्न २४८ वटा सन्दर्भ सामग्री प्रयोग गरिएको छ। २५ जनासँग अन्तरवार्ता लिइएको छ। ८ चैत २०७७ मा छोरा उमेशलाल श्रेष्ठसँग लिएको अन्तरवार्ता नै पन्थीका लागि अन्तिम बन्यो। उक्त अन्तरवार्ता तीनै जना लेखकको उपस्थितिमा भएको थियो।

पन्थीले भारतको कुमाउँ विश्वविद्यालयबाट नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानकै विषयमा विद्यावारिधी गरेका थिए। वेदुरामले जनताको बहुदलीय जनवादको विषयमा र सापकोटाले नेपालको कम्युनिष्ट आन्दोलनमा मनमोहन अधिकारीको भूमिकाबारे विद्यावारिधी गरेका छन्।

तीन जना विद्वान लेखकले पहिला सामग्री जुटाए। अनि लेख्न थाले। लेखनी अन्तिम–अन्तिममा पुगेपछि पन्थी कोरोना संक्रमित भए। गएको ९ जेठमा चितवन मेडिकल कलेज, भरतपुरमा उनको निधन भयो। उनले पुस्तकको आवरणसमेत देख्न पाएनन्।

पुष्पलालको जीवनी लेखनमा उनैका पुस्तक सबैभन्दा महत्त्वपूर्ण सन्दर्भ सामग्री भएको भुसाल बताउँछन्। पुष्पलाल आफैं पनि लेखक थिए। उनले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिपत इतिहास’ नामको पुस्तक लेखेका छन्। पार्टी विवादका बेला तुलसीलाल अमात्यले ‘कुन बाटो?’ नामको दस्तावेज लेखेपछि लेख्दा पुष्पलालले ‘हाम्रो मूल बाटो’ लेखेर जवाफ दिएका थिए। पार्टीका दस्तावेजहरु पुष्पलाल आफैं लेख्थे।

पुस्तक विमोचनपछि लेखकद्वय वेदुराम भुसाल (बायाँबाट पहिलो) र  ढाकाराम सापकोटा (दायाँबाट पहिलो)सँग माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे।

पुष्पलालको जीवनी लेखिँदै नलेखिएको भने होइन। २० वर्षअघि दधिराम सापकोटाले ‘कमरेड पुष्पलालको जीवन’ पुस्तिका लेखेका थिए। यसलाई पुष्पलाल स्मृति प्रतिष्ठानको गण्डकी शाखाले प्रकाशन गरेको थियो। यो पुस्तकलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरिएको छैन। तर, गोविन्द ज्ञवालीले लेखेको ‘समकालीन इतिहासमा क. पुष्पलाल’ र नेत्रप्रसाद पन्थीले लेखेको ‘जीवनी, कृतित्व र शिक्षा’ पुस्तकलाई भने सन्दर्भका रुपमा प्रयोग गरिएको छ। 

पुष्पलाल आफ्नो जीवनकालमै विभिन्न विवादमा फसे। २००८ सालमा उनलाई कम्युनिष्ट पार्टीको महासचिवबाट हटाइयो। पुष्पलाल गणतन्त्र पक्षधर थिए। तर, उनलाई हटाएर राजाप्रति नरम मानिने मनमोहन अधिकारी महासचिव भए।

२०१६ सालपछि चुलिएका पार्टी विवाद र विभाजनमा पनि उनी संलग्न भए। मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तिका नै प्रकाशन गराए। उनको जीवनजस्तै पुस्तक पनि विवादमा त पर्दैन? लेखन समितिका संयोजक भुसाल भन्छन्, ‘हामीले स्रोतहरुले भनेअनुसारका जानकारी पुस्तकमा राखेका छौँ। कुनै विवाद होला भन्ने लाग्दैन। विवाद गर्नुपरे पुस्तकका विषयमा होइन यसका स्रोतसँग विवाद होला।’

जीवनी लेखनका लागि स्रोत सामग्री जुटाउने खर्च प्रतिष्ठानले नै व्यहोरेको छ। ‘कति बजेटमा काम गर्नुभयो?’ भन्ने प्रश्नमा संयोजक  भुसाल लामो हाँसो हाँसे। अनि बोले, ‘हामीले पुष्पलालको सम्मानमा स्वयंसेवा गरेका हौँ। पत्रपत्रिका, पुस्तक र आवश्यक सामग्री मात्र प्रतिष्ठानले किनेको छ। ती सामग्री पनि पुस्तक लेखनपछि हामीले प्रतिष्ठानमा नै बुझाएका छौँ।’

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्