• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
कोरोनाको दोस्रो डोज खोप एस्ट्राजेनेका : प्रभावकारी हुनेमा ढुक्क देखिएनन् ज्येष्ठ नागरिक
64x64
धनु विश्वकर्मा सोमबार, साउन २५, २०७८  २०:०२
1140x725
खोपका लागि थापाथलीस्थित प्रसूति गृहअगाडि लाइनमा बसेका ज्येष्ठ नागरिक।

काठमाडाैं- आइतबार एकाएक समाचार आयो, ‘कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएर दोस्रो डोज नपाएकालाई सोमबारबाट एस्ट्राजेनेका दिइने।’ त्यही समाचार पढेपछि बानेश्वरका ६६ वर्षीय बाबुकृष्ण सुवेदी सोमबार बिहानै सिभिल अस्पताल पुगे।

बिहान १० बजेदेखि मात्र खोप लगाउन सुरु गरिने भए पनि उनी ८ बजे नै लाइनमा उभिइसकेका थिए। लामो लाइनमा उभिँदा पनि सुवेदी खुसी नै थिए। किनभने, उनलाई अब दोस्रो डोज लगाउन नपाइने चिन्ता लागेको थियो। त्यो चिन्ता हटेको छ।

सुवेदीले पहिलो डोज २४ फागुन २०७७ मा सिभिल अस्पतालमै लगाएका थिए। भारतले पठाएको कोभिशिल्ड लगाएपछि उनी त्यसको २८ दिनमा दोस्रो डोज खोप लगाउने प्रतीक्षामा थिए। तर, त्यसपछि भारतले खोप निर्यातमा रोक लगायो। 

खोपका लागि सिभिल अस्पतालअगाडि लाइनमा ज्येष्ठ नागरिक।

यो बीचमा कोरोनाको दोस्रो लहर सुरु भयो। त्यो साम्य हुन नपाउँदै सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ। त्यही कारण उनीजस्ता पहिलो डोज मात्र पाएका ज्येष्ठ नागरिकलाई चिन्ता थपेको थियो।

पहिला कोभिशिल्ड लगाएकाले अन्य खोप लगाउन नहुने भनिएपछि सुवेदी अन्योलमा थिए। उनले भने, ‘सरकारीको लापरबाहीले अब दोस्रो डोज खोप लगाउनै पाइँदैन कि भन्ने डर थियो।’

शान्तिनगरकी ६७ वर्षीया चित्रकुमारी विष्ट कोरोनाविरुद्धको खोपको लागि लाइन लाग्न बिहानै सिभिल अस्पताल पुगेकी थिइन्। उनले पनि पहिलो डोज खोप गएको फागुनमै लगाएकी हुन्। पाँच महिनापछि दोस्रो डोज खोप लगाउँदा त्यसको प्रभाव हुनेमा उनी ढुक्क छैनन्।

‘पहिलो डोज लगाएको २८ दिनमा दोस्रो डोज लगाउनुपर्छ भन्थे। अब पाँच महिनापछि लगाउँदा काम नगर्ने पो हो कि!’ उनले भनिन्। तर, दोस्रो डोज पाउँदा भने केही ढुक्क लागेको उनको भनाइ छ। ‘मलाई त हाम्रो लागि अब खोप आउँदैन भन्ने लागेको थियो,’ उनले भनिन्, ‘हाम्रो देशमा उत्पादन हुने होइन। अरु देशसँग भर पर्दा हामी झन्डै दोस्रो डोजबाट बन्चित भयौँ।’

सरकारले गएको फागुन र चैतमा कोभिशिल्डको पहिलो डोज लगाएर बसेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एष्ट्रेजेनेका खोप दिने निर्णय गरेको थियो। कोभिशिल्ड लगाएर बसेका करिब १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोज खोपको प्रतीक्षामा थिए। उनीहरुका लागि जापानले करिब १६ लाख डोज एस्ट्राजेनेका खोप दिएको छ। भुटानले पनि तीन लाख डोज एस्ट्राजेनेका दिएको छ।

बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेर कोभिशिल्ड नाम राखेको हो। जापान र भुटानबाट आएको खोप पनि एस्ट्राजेनकाको नै भएकाले यसलाई दोस्रो डोजको रुपमा प्रयोग गरिएको हो। पहिलो खोप लगाएको ढिलोमा पनि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने थियो। तर, भारतले थप खोप नदिँदा अन्योल भएको थियो।

दोस्रो डोज खोप लगाउन थापाथलीस्थित प्रसूति गृह पुगेका सीताराम शाह अझै ढुक्क छैनन्। उनी पनि बिहान ८ बजे नै खोपको लाइनमा बसिसकेका छन्। ‘दिउँसो भिड बढ्छ। घाम लागे गर्मी हुन्छ, पानी परे पनि लाइनमा समस्या हुन्छ। त्यसैले बिहानै आएँ,’ उनले भने।

उनले पहिलो चरणको खोप २६ फागुनमा प्रसूति गृहमा नै लगाएका थिए। दोस्रो डोज तीन महिनाभित्र लगाउन भनिएको थियो। ‘तेस्रो लहरको हल्ला चल्न थालिसक्दा पनि खोप नपाउँदा हामी निराश भइसकेका थियौँ,’ उनले भने।

उनलाई राज्यकै कमजोरीका कारण आफूहरुले खोप नपाएको लागेको छ। ‘धेरै देशमा खोप लगाएर माक्स नलगाई हिँड्ने वातावरण बनिसकेको छ। तर, हाम्रो देशमा खोप पाउनै मुस्किल छ,’ उनले असन्तुष्टि पोखे। पहिलो र दोस्रो डोज खोप फरक कम्पनीको हुँदा प्रभावकारिता हुनेमा उनले पनि शंका व्यक्त गरे।

 थापाथलीस्थित प्रसूति गृहअगाडि लाइनमा ज्येष्ठ नागरिक।

सुनिता श्रेष्ठ पनि प्रसूति गृहअगाडि खोपको लाइनमा छिन्। उनी कुपण्डोलदेखि आएकी हुन्। गएको फागुनमा पहिलो डोज लगाएपछि उनलाई पनि तीन महिनाभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भनिएको थियो। ‘पहिलो डोज जुन लगाएको हो दोस्रो पनि त्यही लगाउनुपर्छ भन्ने थाहा पाएपछि नलगाइ बसेकी थिएँ, तर दोस्रो डोज लगाउन यति लामो समय कुर्नुपर्‍यो। काम गर्छ कि गर्दैन शंका लागेको छ,’ उनले भनिन्।

थापाथलीमा नै कृष्ण मुल पनि दोस्रो चरणको खोप लगाउन लाइनमा छन्। लामो समयपछि खोप लगाउँदा उनलाई पनि प्रभावकारिता नहुने हो कि भन्ने आशंका छ। कोरोना बढिरहँदा ज्येष्ठ नागरिकका लागि समयमै खोप नआउनु सरकारकै कमजोरी भएको उनले बताए। ‘स्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारले लापरबाही गरेको छ। राज्य आफ्ना नागरिकप्रति जिम्मेवार भएन,’ उनले आक्रोश पोखे। 

पहिलो डोज कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाउन सरकारले काठमाडौँमा १४४ वटा केन्द्र तोकेको छ। ज्येष्ठ नागरिकलाई दिएर बाँकी रहेको खोप दीर्घरोगी, वैदेशिक रोजगारीमा जाने, अध्ययन र अन्य प्रयोजनाका लागि विदेश जानेलाई लगाउने सरकारले निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले मिर्गौलाको डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गराइरहेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सरका बिरामीलाई यो खोप दिनेको प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्