• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
पीएसजीमा मेसीको ‘इन्ट्री’ भए एम्बाप्पेको भविष्य के होला?
64x64
नेपाल लाइभ सोमबार, साउन २५, २०७८  १६:४१
1140x725

काठमाडौं- २१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लिओनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने चर्चा चलिरहेका बेला अर्का युवा स्ट्राइकर किलियन एम्बाप्पेको भविष्यबारे भने स्पष्ट भएको छैन।

मेसी पीएसजी जाने तयारी गरिरहँदा अर्को स्पेनिस क्लब रियल मड्रिडले भने एम्बाप्पेलाई भित्र्याउने मौका हेरिरहेको छ। पछिल्लो एक वर्षदेखि रियलले उनलाई आफ्नो प्राथमिकतामा राखे पनि भित्र्याउन सफल भएको छैन।

अहिलेको सम्झौता अनुसार अब एम्बाप्पेको पीएसजीमा १२ महिनाको सम्झौता बाँकी रहेको छ।

एकातर्फ मेसी, नेयमार र एम्बाप्पे विश्वका तीन ठूला खेलाडीले पीएसजीलाई नयाँ उचाईमा पुर्‍याउने विश्लेषण भइरहेको छ। अर्कोतिर तीन महँगा खेलाडीलाई ‘फाइनान्सियल फेयर प्ले’ अन्तर्गत निरन्तरता दिन नसक्ने बताइएको छ।

पीएसजीले मेसीलाई वार्षिक करिब ४० मिलियन डलर दिने प्रस्ताव गरेको बताइएको छ। एक वर्ष सम्झौता थप्न सकिने विकल्पसहित पीएसजीले मेसीलाई अफर गरेको बताइएको छ।

अहिले मेसी पीएसजी जाने निश्चित भएको बताइएको छ। उनले मंगलबारसम्म मेडिकलका लागि पेरिस पुग्ने समाचार फ्रेन्च मिडियाहरुले प्रकाशित गरेका छन्।

मेसीको पीएसजीमा औपचारिक घोषणा गर्न पेरिसको आइफल टावरसमेत बुक गरिसकिएको बताइन्छ। तर, पीएसजीसँग सम्झौताको नजिक पुगेका मेसीलाई रोक्न बार्सिलोनाले अहिले पनि प्रयास गरिरहेको बताइएको छ।

स्पेनिस मिडिया मार्काले प्रकाशित गरेको एक रिपोर्टमा बार्सिलोनाले पीएसजीको मेसीलाई भित्र्याउने कदमविरुद्ध युरोपियन कमिसनमा उजुरी गरेको उल्लेख छ।

Ncell 2
Ncell 2

आफूले ‘फाइनान्सियल फेयर प्ले’कै कारणले मेसीलाई गुमाएको बार्सिलोनाले आफ्नोभन्दा पीएसजीको अवस्था कमजोर रहेको दाबी पेस गरेको छ।

युरोपियन कमिसनको कोर्ट अफ अपिलमा पेस गरिएको उजुरीमा २०१९/२० मा पीएसजीले आफ्नो कमाइको ९९ प्रतिशत पारिश्रमिकमा खर्च गरेको तर बार्सिलोनाले केवल आफ्नो कमाइको ५४ प्रतिशत मात्र खर्च गरेको उल्लेख छ।

बार्सिलोनाले मेसी र पीएसजीको सम्झौता हुनुअघि नै यस विषयको निर्णय हुनुपर्ने माग राखेको छ। यसैलाई आधार बनाएर एम्बाप्पे रियल जाने अनुमान र विश्लेषण सुरु भएको छ।

पीएसजीले मेसी, नेयमार र एम्बाप्पे जस्ता ग्लोबल सुपरस्टारलाई निरन्तरता दिन यूईएफए आफ्नो नियममा लचक हुने अपेक्षा राखेको समाचारमा जनाइएको छ।

यो पनि पढ्नुहोस्

मेसीबिना नयाँ सिजनमा राम्रो गर्नेछौं : कोम्यानसोमबार, साउन २५, २०७८

पीएसजीलाई तिनै सुपरस्टार राख्न फ्रेन्च फुटबल फेडेरेसन र फ्रेन्च सरकारकोसमेत समर्थन र सहयोग रहेको समाचारहरु प्रकाशित भइरहेका छन्।

पीएसजीले मेसीको सम्झौताको टुंगो लागेपछि मात्र एम्बाप्पेको सम्झौता नवीकरणबारे छलफल गर्ने बताइएको छ।

यही घटनाक्रमलाई नजिकबाट हेर्दै आइरहेको रियलले पीएसजी र एम्बाप्पेबीच सम्झौता नवीकरणबारे कसरी छलफल हुन्छ भन्ने विशेष चासो राखिरहेको छ।

२०१७ मा मोनाकोबाट पीएसजीमा आएदेखि एम्बाप्पेले अहिलेसम्म १७२ खेल खेल्दै १३२ गोल गरेका छन्।

त्यस्तै, उनले ६२ गोल असिस्टसमेत गरेका छन्। यस अवधिमा एम्बाप्पेले तीनपटक लिग वान उपाधि जितेका छन् भने एक पटक च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका छन्।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
सम्बन्धित सामग्री
बार्सिलोनाले जित्यो २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि खेलको ५३ औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट गरेको घुमाउरो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । शुक्रबार, जेठ २, २०८२
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै यो समूहको साफ च्याम्पियनसिपमा तेस्रोपल्ट आमुन्नेसामुन्ने हुँदा यी दुई टोलीको ध्यान भने समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्नेमा केन्द्... मंगलबार, वैशाख ३०, २०८२
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । फ्रेञ्च स्टार केलियन एम्बाप्पेले खेलमा ह्याट्रिक... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्