काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिट सर्वोच्चका न्यायाधीशहरु डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ । यसअघि उक्त रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा पर्दा सुनुवाई हुन सकेको छैन ।
लामिछानेलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ बैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन् । एक महिनासम्म पनि त्यसमा सुनुवाई हुन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।