• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
एन्फाको राजनीतिमा फुटबल : प्रशिक्षकलाई ‘उन्मुक्ति’ दिएर विवाद मिलाउने प्रयत्‍न !
64x64
दीप सुवेदी शनिबार, भदौ ५, २०७८  २०:४७
1140x725

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादमा अझै पूर्णविराम नलाग्ने संकेत देखिएको छ।

विवाद समाधानका लागि भन्दै गत साउन १९ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो। सोही दिन नेम्वाङ र अलमुताइरीबीच भेट भएपछि विवाद टुंग्याउने सहमति भएको भनिए पनि दुवै पक्षबाट यसबारे औपचारिक जानकारी आएको छैन।

नेपाल एक्‍वेस्टरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा नेम्वाङ र अलमुताइरीबीच एक होटलमा भेट भएको थियो। उक्त भेटपछि दुवै पक्ष विवादलाई थप नचर्काउन र सहकार्य गर्दै अघि बढ्न सहमत भएको बताइएको थियो। दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिने तयारी पनि गरेका थिए।

यता, राखेप सदस्य लाखेको नेतृत्वको सात सदस्यीय छानबिन समितिले गत साता तीन दिनको अन्तरमा १४ जनासँग बयान लिएको थियो। समितिले अन्तिम दिन बिहीबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अलमुताइरी र एक्‍वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारसँग बयान लिएको थियो। समितिसँग बयान दिएपछि अलमुताइरीले आफू छानबिन प्रक्रियाबाट सन्तुष्ट रहेको बताएका थिए।

यो पनि पढ्नुहोस्

प्रशिक्षकको राजीनामाबाट उदांगियो एन्फाको ‘राजनीति’आइतबार, साउन १०, २०७८

समितिले २६ साउनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रवक्ता किरण राई र राखेपअन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको थिया। यस्तै, २८ साउनमा उपाध्यक्षद्वय थापा र खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव इन्द्रमान तुलाधर तथा व्यवस्थापक मधुसुदन उपाध्यायसँग बयान लिएको थियो।

साउन तेस्रो सातादेखि काम सुरू गरेको समितिले आगामी बुधबारसम्म प्रतिवेदन तयार गरेर राखेपका सदस्यसचिव रमेश सिलवाललाई बुझाउनेछ। बयानपछि विभिन्न कागजपत्र अध्ययन गरिएको छानबिन समितिकी सदस्य सुवर्ण श्रेष्ठले बताइन्।

समितिले यही साता प्रतिवेदन बुझाउने भनिएको थियो। तर, एन्फा र राखेपले प्रतिवेदन सार्वजनिक हुनुअघि नै विवाद मिलाउनका लागि बिहीबार छलफल प्रयास गरेको थियो। ललितपुरस्थित एक होटलमा करिब तीन घण्टा छलफल चले पनि त्यसले कुनै निष्कर्ष निकाल्न नसकेको वरिष्ठ उपाध्यक्ष नेम्वाङले जानकारी दिए।

उनका अनुसार छलफलमा एन्फाबाट अध्यक्ष शेर्पा, महासचिव तुलाधरसहित वरिष्ठ उपाध्यक्ष नेम्वाङ र अन्य दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर थापा, एन्फा सदस्यसमेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय सहभागी थिए।

यता, राखेपको तर्फबाट सदस्यसचिव रमेश सिलवाल, संयोजक लाखे, समितिका अन्य तीन सदस्य सहभागी थिए।

प्रतिवेदन सार्वजनिक गर्नुअघि नै समितिले सहमति जुटाउन पहल गरेको देखिन्छ। तर, कुनै निष्कर्ष निकाल्न नसकेपछि विवादले उग्र रूप लिने स्पष्ट देखिन्छ।

यो पनि पढ्नुहोस्

फुटबल प्रशिक्षकले सतहमा ल्याएको एन्फा-राजनीति : विधानविपरीत विवाद सुल्झाउने जिम्मा मन्त्रीलाईशनिबार, साउन १६, २०७८

बिहीबार रातिको भेटलाई इंगित गर्दै एन्फा प्रवक्ता राईले संघमै टुंग्याउनुपर्ने विषय मन्त्रालय गुहार्ने काम नै गलत रहेको बताए। उनले मन्त्रालयले छानबिन समिति नै बनाएपछि सत्यतथ्य बाहिर ल्याउनुभन्दा चोचोमोचो मिलाउन लागेको आरोपसमेत लगाएका छन्।

‘युवा तथा खेलकुद मन्त्रालय र राखेपजस्तो सबै खेलहरूलाई नियमन गर्ने निकायमा विषय पठाइसकेपछि नियम कानुन र खेलको नियमअनुसार हुनुपर्छ,’ राईले नेपाल लाइभसँग भने, ‘चोचोमोचोको समय गुज्रिसकेको छ, छानबिन समितिले हामीसँग पनि बयान लिएपछि अब प्रतिवेदनले के बोल्छ, त्यसैको व्यग्र प्रतीक्षामा छु। म प्रतिवेदन सार्वजनिक होस् भन्ने छानबिन समितिसमक्ष जोडदार माग गर्दछु।’

अलमुताइरीलाई उन्मुक्ति दिने नियत देखियो : नेम्वाङ
प्रशिक्षक नियुक्त भएको तीन महिनामै लोकप्रिय बनेका अलमुताइरीको नेपाली टिमसँग एक वर्षको सम्झौता छ। यो बीचमा अध्यक्ष शेर्पा र अलमुतारीबीच सम्झौता नवीकरण गर्ने सहमति भएको एन्फा स्रोतले बताएको छ। यस विषयमा शेर्पाले केही खुलेर बताएका छैनन्।

आठ महिना बाँकी छँदै प्रशिक्षकको करार अवधि थप्नुको औचित्यबारे एन्फा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष नेम्वाङलगायत अन्य पदाधिकारीको माग छ। 

‘नियम मान्ने हो भने प्रशिक्षक नियुक्तिको सिफारिस एन्फाको प्राविधिक समितिले गर्ने गर्छ। जसको संयोजक अर्का उपाध्यक्ष कृष्ण थापा हुनुहुन्छ,’ नेम्वाङ भन्छन्, ‘समितिमा छलफल नै नगरी प्रशिक्षकको करार थपिएको छ।’

प्रशिक्षकको करार केन्द्रीय समितिमा छलफल नै नगरी थपिएको विषयमा एन्फाभित्र विवाद चलिरहेको बेला आफूविरुद्ध मिडियामा आएका समाचारका कारण अलमुताइरी आफैं विवादमा परेको नेम्वाङ बताउँछन्। करार थपबारे प्रश्न उठाइरहेका अलमुताइरीले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू अध्यक्ष शेर्पासँग मात्र काम गर्नसक्ने आशय व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस्

एन्फाभित्रको राजनीतिमा खेल्न खोज्दा यसरी फसे प्रशिक्षक अलमुताइरीबिहीबार, साउन १४, २०७८

एन्फा कार्यसमितिको निर्वाचन नजिकिरहेको बेलामा विदेशी सहयोगमा आएका प्रशिक्षकले अध्यक्षसँग मात्र काम गर्नसक्छु भन्ने आशयको राख्दा अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष नेम्वाङपक्ष कमजोर हुने देखिनु स्वाभाविक नै हो।

उसै त मनोनीतसहित एन्फाको ३४ जनाको कार्यसमितिमा अधिकांश अध्यक्ष शेर्पा निकट छन्। प्राय: कार्यसमिति बैठकमा अल्पमतमा पर्ने गरेका कारण नेम्वाङले निर्वाचित कार्यसमितिको मात्र बैठक बस्नुपर्नेमा जोड दिँदै आएका छन्। निर्वाचित १७ सदस्यीय कार्यसमितिको नेम्वाङपक्षमा उपाध्यक्षद्वय खड्का, थापा र सदस्य दावा लामा छन्। जसका कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङले अलमुताइरीसँग उक्त अन्तर्वार्ताका विषयमा स्पष्ट पार्न महासचिव इन्द्रमान तुलाधरमार्फत् भनेका थिए। अलमुताइरीले अबदेखि त्यस्तो नहुने जवाफ दिएको उनले बताइसकेका छन्।

यो घटनापछि अलमुताइरी आफूसँग नकारात्मक तरिकाले पेस भइरहेको नेम्वाङको भनाइ छ। एन्फाभित्र देखिएको खटपटकैबीच अलमुताइरी थप नकारात्मक हुन शेर्पा र नेम्वाङबीचको सम्बन्धले बल पुर्‍याएको देखिन्छ।

साउन दोस्रो साता अलमुताइरीको विषयमा एक अनलाइनमा प्रशिक्षक अल्मुताइरीले पत्रकारमाथि दुर्व्यवहार गरेको बारे समाचार प्रकाशित भएको थियो। एन्फा कम्प्लेक्समा प्रशिक्षण चलिरहँदा प्रशिक्षक अलमुताइरीले बाहिर आएर चुरोट खाएको उक्त समाचारमा उल्लेख थियो। त्यसपछि ‘सार्वजनिकस्थलमा धुमपान गर्न पाइन्छ?’ भन्दै प्रश्न गर्दा उनले आक्रोशित भएर अंग्रेजीमा गाली गरेको समाचारमा दाबी गरिएको थियो। साथै, भिडियो खिच्न खोज्दा प्रशिक्षकले क्यामरा खोस्ने प्रयास गरेको र झगडा गरेको बताइएको छ।

यो पनि पढ्नुहोस्

फुटबल प्रशिक्षकले सतहमा ल्याएको एन्फा-राजनीति : विधानविपरीत विवाद सुल्झाउने जिम्मा मन्त्रीलाईशनिबार, साउन १६, २०७८

समाचारमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले ‘लाइक’ गरेपछि प्रशिक्षक अलमुताइरी आक्रोशित बनेको देखिन्छ। यस्तै, पत्रकारले एन्फामा निवेदन दर्ता गराएको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। उक्त पोस्टमा नेम्वाङपक्षका अर्का उपाध्यक्ष कृष्ण थापाले ‘वेल डन बिभा’ भनेर लेखेपछि प्रशिक्षकले आफूलाई हटाउन खोजेको मनन् गरेका छन्।

यो घटनापछि प्रशिक्षक अलमुताइरीले आफू राजीनामा दिन एन्फा गइरहेको र राजीनामाको कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङ भएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए।

‘उनको स्टाटसपछि फुटबल समर्थकहरू ममाथि खनिएका थिए। कतिले त मलाई ज्यान मार्नेसम्म धम्की दिए। मैले उनकाबारे केही नबोल्दा ममाथि विभिन्न गालिगलौज र धम्की आउँदा मेरो परिवार, साथीभाइ र मेरो इष्टमित्रमा के पर्‍यो होला? यो फुटबल विरोधी हो भनेर वर्षौं लगाएर बनाएको छवि र मेरो करिअर त उनको एक पोस्टले नै सकाइदियो नि,’ नेम्वाङ भन्छन्।

लगत्तै नेम्वाङले पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएको आरोप निराधार भएको भन्दै खण्डन गरेका थिए। प्रशिक्षकले फेसबुकमार्फत् आरोप लगाउनु षड्यन्त्र भएको भन्दै नेम्वाङले एन्फा नेतृत्वमाथि औंला उठाएर आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका थिए।

प्रशिक्षक अलमुताइरीको राजीनामा घोषणापछि नेम्वाङले छानबिनको माग गर्दै एन्फामा पत्र दर्ता गराए। लगत्तै प्रशिक्षक अलमुतारीले पनि दुई पत्रकार र वरिष्ठ उपाध्यक्षमाथि छानबिनको माग गर्दै निवेदन दिए। उक्त निवेदनमा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै अगस्ट १० सम्म छानबिन नभए आफूले नेपाल छाड्ने उनले चेतावनी दिएका थिए।

प्रशिक्षक र वरिष्ठ उपाध्यक्षले निवेदन दिएपछि एन्फाले गत साता आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको थियो। सो बैठकमा प्रशिक्षक र उपाध्यक्षको विषयमा भएको विवादको विषयमा जानकारी दिन केन्द्रीय सदस्यले माग गरे। त्यसपछि बैठकमा प्रशिक्षक अलमुताइरी पनि सहभागी भएका थिए।

यो पनि पढ्नुहोस्

तत्काल प्रशिक्षण नगराउन अलमुताइरीलाई दिइएको निर्देशन उल्लंघन, दिए नेपाल छाड्ने चेतावनीसोमबार, साउन १८, २०७८

बैठकमा अलमुताइरी र उपाध्यक्ष नेम्वाङले दिएका पत्र पढेर सुनाइएको थियो। आफूमाथि दुर्व्यवहार हुँदा पनि एन्फाले संरक्षण नगरेको भन्दै अलमुताइरी आक्रोशित बनेका थिए।

जसका कारण बैठकमा विवादको विषयमा कुनै मूर्त छलफल हुन सकेन। एन्फाले विवादको विषयमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो। पछि मन्त्रालयले छानबिनको जिम्मा राष्ट्रिय खेलकुद परिषद्लाई दिएको थियो। एन्फाले आफैं छानबिन नगरी खेलकुद मन्त्रालयलाई अनुरोध गरेकोमा पनि वरिष्ठ उपाध्यक्ष नेम्वाङ असन्तुष्ट छन्।

‘अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले संस्थामा विवाद हुँदा आफैं छानबिन गर्ने गरेको उदाहरण छ। तर, एन्फा विवाद समाधान गर्न असफल भएको छ। एन्फाको विधानमा पनि आफैंले छानबिन गर्ने हो। यहाँ विधान मिचियो,’ उनले भने।

अध्यक्ष शेर्पा भने आफूमाथि पनि कतिपयले शंका गरेकाले खेलकुद मन्त्रालयलाई जिम्मा दिएको बताउँछन्। ‘कतिपय साथीहरूले प्रशिक्षकको विवादमा मलाईसमेत जोड्नुभएको छ। त्यसैले स्वतन्त्र छानबिन होस् भनेर मन्त्रालयलाई जिम्मेवारी दिएका हौं,’ उनले भने।

एन्फाले मन्त्रालयतिर पन्छाएपछि विवाद समाधान गर्न नेम्वाङ र अलमुताइरीबीच गत साउन १९ गते राजधानीको एक होटलमा गोप्य छलफल भएको थियो। सो छलफलमा नेम्वाङसँगै एन्फाका केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता राई तथा उपाध्यक्ष वीरबहादुर खड्का पनि सहभागी भएका थिए।

नेपाल एक्‍वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारका अनुसार गत साउन १९ गते नै प्रशिक्षक अलमुताइरी र नेम्वाङबीच विगतलाई कोट्याउनेभन्दा पनि आउने दिनमा मिलेर काम गर्ने विषयमा सहमति भएको थियो।

तर, उनीहरूका बीचमा संवाद हुन सकेको थिएन। यसैलाई राखेपासम्म तानेका कारण झनै तन्किएको उनको भनाइ छ।

‘नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलसँग व्यक्तिगत सम्बन्धका कारण यो विवाद समाधानका लागि मैले पहल गरेको थिएँ। सबैपक्ष फुटबलको विकास चाहेको देखिन्छ,’ राजकर्णिकारले भने, ‘उहाँहरूले विगतलाई कोट्याउनेभन्दा पनि आउने दिनमा मिलेर काम गर्ने विषयमा सहमति गर्नुभएको थियो। विवादको धेरै ठूलो विषय थिएन। तर, राखेपसँग घसिट्ने कामले विवाद लम्बियो।’

एन्फा नेतृत्वलाई थाहा नदिइ गरिएको उक्त छलफलमा पछि राष्ट्रिय टिमका व्यवस्थापक तथा केन्द्रीय सदस्य उपाध्याय पुगेका थिए। गोप्य भनिएको उक्त छलफलमा उनी पुगेपछि नेम्वाङपक्ष थप सशंकित बनेको छ। प्रशिक्षक अलमुताइरीले पोस्टमा नेम्वाङले ‘लाइक’ गर्दा फेसबुकमार्फत् असन्तुष्टि पोखेका थिए। त्योबाहेक आफूले कुनै कुरामा असन्तुष्टि नपोखेको नेम्वाङको दाबी छ।

छलफलपछि विवाद समाधानका लागि दुवैले संयुक्त विज्ञप्ति निकाल्ने सहमति बनेको थियो। तर, त्यही दिन प्रशिक्षक अलमुताइरी पोखरा गए। त्यसपछि राष्ट्रिय टिमका व्यवस्थापक उपाध्याय र महासचिव तुलाधर पनि पोखरा पुगे। जसका कारण दुवै पक्षबीच कुनै विवाद नभएको व्यहोराको विज्ञप्ति निकाल्ने प्रक्रिया रोकिएको नेम्वाङपक्षले बताए।

यो पनि पढ्नुहोस्

प्रशिक्षक अलमुताइरीबाट नेपाली फुटबलले के लाभ लिन सक्छ?बुधबार, साउन २७, २०७८

‘केही टर्मस् एण्ड कन्डिसन मानेर विज्ञप्ति निकाल्ने सहमति भएको थियो, तर त्यसो भएन। वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकको विवाद बढाएर फाइदा उठाउनेपक्ष पनि सक्रिय भएको हाम्रो बुझाइ छ,’ नेम्वाङपक्षका एक पदाधिकारीले भने।

तर, पटक-पटक छलफल बोलाएर विना निष्कर्ष सकिएपछि अब यसरी बोलाइएको छलफलमा आफूहरू उपस्थित नहुने नेम्वाङले बताए।

‘मैले राख्नुपर्ने कुरा राखिसकेको छु। अब छानबिन समिति र एन्फामै भएको छलफलमा मात्र जान्छु। नत्र बाहिर यसरी बोलाइएको ठाउँमा उपस्थित हुँदिन,’ उनले भने, ‘मिलेर जानुपर्छ भनेर छलफलका लागि बोलाइएको थियो, तर कसरी जाने भनेर निष्कर्षचाहिँ आएन।’

प्रत्येक छलफल र बयानमा प्रशिक्षकले सामाजिक सञ्जालमा लेखेको स्टेटस ‘डिलिट’ गर्नुपर्ने र ‘माफी’ माग्नुपर्ने माग आफूले राखेको उनको भनाइ छ।

‘मेरो मानमर्यादामा दाग लाग्यो भनेर ‘सरी’ माग्न सदस्यसचिव सिलवालले एन्फा महासचिव तुलाधरलाई आग्रह गर्दा ‘उहाँले सरी भन्नुहुन्न त्यसैले म सक्दिनँ’ भन्नुभयो। त्यसपछि एन्फा अध्यक्षलाई यसबारेमा प्रशिक्षकलाई एक पत्र काटिदिनुभन्दा पनि म पनि गर्न सक्दिनँ भन्नुभयो,’ नेम्वाङले भने।

अब छानबिन समितिले नै प्रशिक्षकलाई बोलाएर माफी माग्न लगाउने विषयमा सल्लाह गर्ने एन्फा स्रोतले बताएको छ।

प्रशिक्षकलाई उन्मुक्ति दिए गलत नजिर बस्छ : राई
सामाजिक सञ्जालमा लेखेकै भरमा कसैलाई कारबाही गर्ने वा स्पष्टीकरण माग्ने हो भने यस विवादमा १०० जनाभन्दा बढीमाथि छानबिन गर्नुपर्ने एन्फा अध्यक्ष शेर्पा बताउँछन्।

‘आरोप-प्रत्यारोपबारे स्पष्टीकरण सोध्ने हो भने मोर देन हन्ड्रेन्डभन्दा बढीसँग सोध्नुपर्ने हुन्छ। पदाधिकारीले पनि लेखिरहेका छन् र प्रशिक्षकले पनि लेखिरहेका छन्। सोसल मिडियासँग सम्बन्धित विधेयक छलफलका लागि संसद्मा छ। कारबाही गर्दा कुनै ऐन वा नियममा टेकेर त गर्नुपर्छ नि। यो विवदामा केको आधारमा प्रशिक्षकलाई कारबाही गर्ने?,’ अध्यक्ष शेर्पा प्रश्न गर्छन्।

उनका अनुसार १२ वैशाख २०७५ मा भएको एन्फाको १६औं साधारणसभाबाट आफू अध्यक्ष निर्वाचित भएसँगै सामाजिक सञ्जालमा के लेख्ने वा के बोल्ने भनेर आचारसंहिता बनाउन राजीनामा दिइसकेका एन्फा प्रवक्ता राईलाई जिम्मेवारी दिइएको थियो। राईका अनुसार अध्यक्षकै निर्देशनअनुसार आफूले आचारसंहिता बनाएर एन्फालाई बुझाइसकेका छन्। 

‘सामाजिक सञ्जालसम्बन्धित विधेयकमा टेकेर आचारसंहिता बनाउनुपर्ने हुन्छ। त्यसैले यसअगाडि बनाएकालाई लागू गर्न सकेनौं। सामाजिक सञ्जाल राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नै के-के लेखेका हुन्छन्, यहाँ कारबाही नै हुँदैन। केको आधारमा कारबाही गर्ने?,’ शेर्पा भन्छन्, ‘अहिले कारबाही गरे प्रहरीकोकहाँ जाला, अड्डा अदालत जाला धेरै कुरा हुन्छ। त्यसैले कारबाही गर्न सकिँदैन।’

तर, एन्फा केन्द्रीय सदस्य राईले विगतको नजिरलाई हेरेर प्रशिक्षकलाई कारबाही गर्नुपर्ने बताउँछन्। यसलाई सामाजिक सञ्जालसँग सम्बन्धित कुराभन्दा पनि अनुशासनसँग जोडेर हेर्नुपर्ने उनी बताउँछन्।

‘बी र सी डिभिजन क्लबका लागि बनाइएको ‘भाइबर ग्रुप च्याट’मा एन्फा डे (२८ वैशाख) मा नेम्वाङको फेसबुक पोस्टमा थापाले टिप्पणी लेखेका थिए- ‘आज एन्फा दिवस होइन। चोरहरूको श्रीगणेश डे हो।’ यो टिप्पणीपछि एन्फाले थापासँग स्पष्टीकरण मागेको थियो। थापाले स्पष्टीकरण पनि दिएका थिए। यद्यपि, एन्फा थापाको स्पष्टीकरणसँग सन्तुष्ट देखिएन र उनी कारबाहीमा परे। यो कारबाहीचाँहि केको आधारमा गरियो?,’ राई प्रश्न गर्छन्।

उनले अर्को उदाहरण दिँदै भने, ‘नाइट क्लब काण्डमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङलाई १३ डिसेम्बर २०१९ देखि एन्फाले निलम्बन गरेको थियो। यो कारबाहीचाँहि के को आधारमा गरियो?’

उनले नियम कानुनको अभाव देखाएर प्रशिक्षकलाई कारबाही नगरे गलत नजिर बस्ने बताए। ‘हामीसँग आर्थिक नियमावली नहुँदा पनि त कारोबार गरेकै थियौं। उक्त कारोबार गर्दा नियम कानुन नचाहिने। अहिले कारबाही गर्दा नियम कानुन चाहिने?,’ उनले भने, ‘हामीसँग भएन भने राखेपसँग होला या कुनै आधार होला। त्यसलाई टेकेर कारबाही त गर्नुपर्छ नि। आज प्रशिक्षकले लेख्यो भोलि खेलाडीले लेख्ला, सबैले लेख्दै गए भोलि के होला? यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो। दोषीलाई उन्मुक्ति दिनुहुन्न।’

विवादको शृंखला

साउन ७ : मुख्य प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीबीच विवाद

साउन १० : मुख्य प्रशिक्षक अलमुताइरीद्वारा सामाजिक सञ्जालमा स्टेटस लेख्दै राजीनामाको घोषणा। एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिनुपर्ने उल्लेख।

साउन ११ : एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङद्वारा आफूलाई लगाइएको आरोपको छानबिन गर्न एन्फामा पत्र पेस।

साउन १३ : प्रशिक्षक-नेम्वाङबीचको विवाद र साफ च्याम्पियनसिपबारे छलफल गर्न एन्फाद्वारा साउन १५ गते आकस्मिक बैठक बस्न आह्वान।

साउन १४ : मुख्य प्रशिक्षक अलमुताइरीद्वारा दुई सञ्चारकर्मीले आफूलाई लगाएको आरोपबारे छानबिन गर्न एन्फामा पत्र पेस। सरकारीस्तरबाट छानबिन गर्न माग। साउन २६ गतेसम्म अनुसन्धान प्रक्रिया पूरा नभए राजीनामा दिएर देश छाड्ने धम्की।

साउन १५ : वरिष्ठ उपाध्यक्ष नेम्वाङ र अलमुताइरीको विवादको विषयमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने एन्फाको आकस्मिक बैठकको निर्णय।

साउन १६ : मुख्य प्रशिक्षक अलमुताइरी बन्द प्रशिक्षणमा रहेका खेलाडीबीचको आन्तरिक मैत्रीपूर्ण खेलमा सहभागी। दोस्रो हाफमा खेले पनि उनी प्रशिक्षणमा भने सहभागी भएनन्।

साउन १७ : एन्फाद्वारा मुख्य प्रशिक्षक अलमुताइरीलाई अर्को सूचना नआउँदासम्मका लागि फुटबल टिमको प्रशिक्षण नगराउन पत्राचार।

साउन १७ : एन्फा सहायक महासचिव वसन्तराज अर्यालद्वारा राजीनामा।

साउन १८ : युवा तथा खेलकुद मन्त्रालयद्वारा राखेपलाई राजीनामा प्रकरणबारे यथाशीघ्र छानबिन गर्न निर्देशन।

साउन १८ : एन्फा प्रवक्ताबाट किरण राईको राजीनामा, ‘अर्ली इलेक्सन’को माग।

साउन १९ : राखेपद्वारा बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय विवाद छानबिन समिति गठन गरी एक हप्तामा काम सक्न निर्देशन।

साउन १९ : एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच भेट।

साउन २० : एन्फा विवादमाथि राखेपको छानबिन समितिद्वारा काम सुरू।

साउन २४ : छानबिन समितिले एन्फा अध्यक्षलगायत सम्बन्धित विभिन्न व्यक्तिलाई बयानका लागि पत्राचार।

साउन २६ : छानबिन समितिद्वारा एन्फा अध्यक्ष शेर्पा, एन्फा पूर्वप्रवक्ता राई र राखेपअन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान।

साउन २८ : वरिष्ठ उपाध्यक्ष नेम्वाङ, दुई सञ्चारकर्मी, कप्तान चेम्जोङ, प्रशिक्षक अलमुताइरी र एक्‍वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारसँग बयान, आफू छानबिन प्रक्रियाबाट सन्तुष्ट रहेको अलमुताइरीको अभिव्यक्ति।

साउन ३२ : प्रतिवेदन तयार, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाउने योजना।

भदौ ३ : पुन: विवाद मिलाउने प्रयास, तर असफल।

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
मेसीको इन्टर मियामी क्लब विश्वकप फुटबलबाट बाहिरियो जाओ नेभासले गरेको दुई गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रव... सोमबार, असार १६, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ । आइतबार, असार १५, २०८२
पहिलो हाफमा लाओसविरुद्ध नेपाल २–० ले अगाडि नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ। नेपालका लागि १२ मिनेटमा पहिलो गोल अनिता बस्नेतले ग... आइतबार, असार १५, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्