काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगो लगाउने जिम्मेवारी पाएको कार्यदलले विवाद समाधानको खाका तयार पारेको छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले समाधानको खाका तयार पारेको हो।
कार्यदलले उक्त खाकालाई अन्तिम रुप दिएर आज अरान्ह सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ। समितिका सदस्य लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको खाका शनिबार साँझ नै टुंग्याइएको र आज सभापति देउवालाई प्रतिवेदन बुझाउने बताए।
'धेरै विवादित क्रियाशील सदस्यता पहिले नै हामीले समाधान निकालेका थियौं। दुई/तीन ठाउँको विवाद मिलाएर हामीले प्रतिवेदन बुझाउन लागेका छौं। यसमा थप निर्णय पदाधिकारी बैठकले गर्छ,' उनले भने।
कांग्रेस केन्द्रीय समिति बैठकले भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी कार्यदललाई दिएको थियो। कार्यदलले तोकिएको समयभन्दा चार दिन ढिला गरी प्रतिवेदन बुझाउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।