काठमाडौं– सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको छ ।
बार काउन्सिलले खुला विश्वविद्यालयका विद्यार्थीले लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने गरी सूचना निकालेको थियो ।
अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय २१ असारसम्म छ । फाराम भर्न नपाएपछि विद्यार्थीहरू सर्वोच्च अदालत गएका थिए ।
न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले फाराम भर्न र परीक्षामा सहभागी हुनबाट वञ्चित नगर्न आदेश गरेको हो ।
यसअघि विद्यार्थीहरूले खुला विश्वविद्यालयका कुलपति एवं शिक्षामन्त्री रघुजी पन्त लगायत सबै निकायमा पुगेर ध्यानकर्षण गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।