काठमाडौं– नेकपा माओवादी केन्द्रले विभिन्न विभागका प्रमुख, प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको छ।
शनिबारदेखि बसेको स्थायी समितिको बैठकले विभिन्न विभाग प्रमुख, प्रदेशका पदाधिकारी र जिल्ला सम्वन्वयन समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको हो।
माओवादी नेता नारायाणकाजी श्रेष्ठका अनुसार २ दिनसम्म बसेको बैठकले पुस ११ देखि सुरु हुने केन्द्रीय सम्मेलानलाई लक्षित गरि सबैलाई जिम्मेबारी तोक्ने निर्णय गरेको हो।
केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको श्रेष्ठले बताए। जिल्ला संयोजक प्रदेश कमिटीले तोक्ने गरी अधिकार दिएको पनि श्रेष्ठले जानकारी दिए।
सबै केन्द्रीय समिति सदस्यहरुलाई जिम्मेबारी दिइएको र प्रदेश कमिटीका सदस्यलाई पनि जिम्मेवारी दिइएको श्रेष्ठले जानकारी दिए।
राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै पालिका र वडा अधिवेशन तथा त्यसपछि प्रदेश अधिवेशन गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए। पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तथा निर्देशिका तयार गरेको र त्यसलाई छिट्टै अन्तिम रुप दिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।