काठमाडौं– विभिन्न समयमा विभाजित भएर पुन: एकीकृत भएका माओवादी घटकहरुको एकता प्रक्रिया टुंग्याउन ३ सदस्यीय कार्यदल गठन भएको छ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले एकता पक्रिया टुंग्याउन ३ सदस्यीय कार्यदल गठन गरेको हो।
२०७३ सालमा विभिन्न माओवादी घटकबीच एकता भएपछि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी 'माओवादी केन्द्र' भएको थियो। तर, ५ वर्षपछि आइतबारको स्थायी समिति बैठकले एकता प्रकिया टुंग्याउन ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो।
एकता पक्रिया टुंग्याउन गठित कार्यदलमा वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य छन्। २०७३ सालमा माओवादी घटकबीच भएको एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै २०७५ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो।
एकीकरण हुँदादेखि नै अवरुद्ध रहेको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न भनेर एकता कार्यदल गठन गरिएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।