• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
१४ जना सांसद्‍माथिकाे कारबाही विचाराधीन भन्दै सचिवालयद्वारा पत्र, निर्वाचन आयोगले सनाखत गर्न मिल्छ कि मिल्दैन?
64x64
किशोर दहाल बुधबार, भदौ ९, २०७८  ०९:२३
1140x725

काठमाडौं- संसद् सचिवालयले नेकपा एमालेको संसदीय दलका सदस्यहरुको सूची निर्वाचन आयोगलाई पठाएको छ। आयोगले भदौ ४ गते नै सचिवालयलाई पत्र पठाएको भए पनि बीचमा बिदा परेका कारण मंगलबार मात्रै पत्र सचिवालयमा दर्ता भएको थियो।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, निर्वाचन आयोगले दल विभाजन गरी नयाँ दल दर्ताका लागि परेको निवेदनमा सनाखत गराउनुअघि विवरण मागेर पत्र लेखेको थियो। आयोगको पत्र अनुसार संसद सचिवालयले मंगलबार नै सांसदहरुको सूची बनाएर पठाएको हो।

संसद् सचिवालयले एमालेका संघीय संसद्का १५४ जनाको सूची पठाएको छ। जसमा १२१ जना प्रतिनिधि सभाका र ३३ जना राष्ट्रिय सभाका सदस्य छन्। राष्ट्रिय सभा सदस्यमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा राष्ट्रपतिबाट मनोनित वामदेव गौतम र विमला राई पौडेल पनि समावेश गरिएका छन्।

भदौ १ गते नेकपा एमालेले आफ्ना १४ सांसद्लाई कारबाही गरेको भन्दै पदमुक्त गर्न सचिवालयलाई जानकारी पठाएको थियो। तर, सभामुख अग्निप्रसाद सापकोटाले परामर्श जारी रहेको भन्दै सूचना टाँस गर्न ढिलाइ गरेका थिए। सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएसँगै सूचना टाँस गर्नु वा नगर्नुको औचित्य सकिएको संसद् सचिवालयका एक अधिकारीले बताए। 'हामीले पठाएको सूची अनुसार निर्वाचन आयोगले सनाखत गर्नेछ। अब आयोगलाई पनि काम गर्न सहज भएको छ', उनले भने।

एमालेको निरन्तर दबाब
भदौ १ गते नै एमालेले निष्काशन गरेको जानकारी गराउँदै संसद् सचिवालयमा पत्र पठाएको थियो। उसले निष्काशन गरेका सांसद्हरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी छन्।

तर सभामुखबाट तत्काल सूचना टाँस नभएपछि एमालेले सभामुखलाई दबाब दिँदै आएको थियो। भदौ ३ गते सभामुखको कार्यकक्षमै पुगेर एमाले सांसद्हरुले तत्काल सूचना टाँस गर्न भन्दै धम्की दिएका थिए। उनीहरुले कार्यकक्षमै धर्ना दिनेदेखि बल प्रयोग गर्नेसम्मका चेतावनी दिएका थिए। साथै, भदौ २ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुखलाई विभिन्न लाञ्छना लगाएका थिए।

मंगलबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि सभामुखले सभामुखको जस्तो भूमिका नखेलेको बताएका थिए। 'उहाँले जे गर्नुभएको छ, संविधानको बर्खिलाप गर्नुभएको छ। संसदीय अभ्यासको बर्खिलाप गर्नुभएको छ। एउटा पार्टीलाई लक्षित गरेर पूर्वाग्रहपूर्ण र कानुनले नचिन्ने र नामान्ने खालका क्रियाकलाप गर्नुभएको छ', ज्ञवालीको भनाइ थियो।

संसद् सचिवालयले भने कारबाहीको विषय विचराधीन भएको भन्दै एमालेका सबै सांसद्हरुको सूची पठाएको हो। 'मिति २०७८/०५/०१ मा दल त्यागसम्बन्धी सूचनाको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको एवम् बोधार्थ तहाँ आयोगलाई समेत दिइएको र उक्त विषय नियमानुसार विचाराधीन रहेको,' सचिवालयले आयोगलाई पठाएको पत्रमा भनिएको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सचिवालयले पठाएको पत्रमा १४ जनालाई कारबाही गरिएको विषय विचराधीन रहेको उल्लेख भएकाले उनीहरुको सनाखत नहुने बताउँछन्। 'कारबाही विचराधीन रहेको जानकारी आयोगलाई प्राप्त भएपछि निर्वाचन आयोगले ती सम्बन्धित १४ जनाको हकमा सनाखत गर्न मिल्दैन,' नेपाल लाइभसँगको कुराकानीमा उनले भने।

निर्वाचन आयोगमा प्रवक्ता राजकुमार श्रेष्ठले भने संसद् सचिवालयबाट त्यस्तो जवाफ सहित आएको पत्रमा के गरिन्छ भनेर आफूले भन्न नसक्ने बताए। 'आयुक्तहरुको बैठकबाट निर्णय होला,' उनले भने।

आयोगले आज सनाखत गर्दै
निर्वाचन आयोगले अलग्गै दल दर्ताका लागि निवेदन दिएका एमालेका सांसद् तथा केन्द्रीय सदस्यहरुलाई आज निर्वाचन आयोगमा सनाखत गर्ने भएको छ। उनीहरुलाई बुधबार ११ बजेदेखि २ बजेसम्म आयोगको कार्यालयमा आउन भनिएको छ।

माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन परेको थियो। उनले ९५ जना केन्द्रीय सदस्यहरुको सूची निर्वाचन आयोगमा उपलब्ध गराएका छन्। तर, एमालेको केन्द्रीय सदस्यको सूचीमा रहेका झलनाथ खनाल उपचारका क्रममा नयाँ दिल्लीमा रहेकाले सनाखतका लागि उपस्थित हुन सक्ने छैनन्। उनले दिल्लीबाटै सनाखतको व्यवस्था मिलाउन दिएको निवेदन पनि आयोगले अस्वीकार गरेको छ। साथै, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा देवी भट्ट तथा राजन राईले आफूहरु एकीकृत समाजवादीतिर लागेकाले सनाखत गराइयोस् भनेर दिएको निवेदन पनि आयोगले अस्वीकार गरेको छ।

नेपाल नेतृत्वको पार्टीमा लाग्नेहरु भदौ ७ गतेदेखि नै चन्द्रागिरिमा भेला गरिरहेका छन्। त्यहाँ झन्डै १०० जना नेताहरु रहेको नेताहरुको भनाइ छ। सहभागी एक सांसद्को अनुसार यतिबेला त्यहाँ ३२ जना सांसद्हरु छन्। जसमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका ९ जना छन्।
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध शनिबार, असार २१, २०८२
एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्